घोराही उपमहानगरको स्थापना दिवस आज

मुख्य खबर

घोराही, १५ माघ । घोराही उपमहानगरपालिकाले आज नगरको ४१औँ स्थापना दिवस मनाउँदै छ । नगर स्थापना भएको ४१औँ बर्ष पुगेको अवसरमा उपमहानगरले एक औपचारिक कार्यक्रमको आयोजना गरी मनाउन भएको हो ।
नगरको सभाकक्षमा बिहान ११ बजेदेखि सुरु हुने स्थापना दिवस कार्यक्रमको प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय भएको समेत नगर प्रमुख चौधरीले जानकारी दिए । साथै स्थापना दिवस कार्यक्रममा सहभागी भैदिन सबैलाई आग्रहसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *