घोराहीमा कक्षा ८ को परीक्षा चैत ३ गतेदेखि

समाज

घोराही, ३० फागुन । घोराही उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत शिक्षा परीक्षा आगामी चैत्र ३ गते देखी सञ्चालन गर्ने भएको छ । परीक्षाको जानकारी र केन्द्राध्यक्षहरुलाई बुधबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाले चैत्र ३ गतेदेखि सुरु हुने परीक्षा सञ्चालन गर्न ३१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ ।
सामुदायिक र निजी गरी ८३ विद्यालयका ४ हजार ८८ परीक्षार्थी परीक्षामा सहभागी हुने र तयारीहरु अन्तिम चरणमा पुगेको शाखा प्रमुख श्रीप्रसाद भटराईले जानकारी दिए । परीक्षालाई मर्यादितसँगै व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई दिएको जिम्मेवारी अनुसार आफूहरुले निगरानी गर्ने उनले बताए ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले परीक्षालाई शान्त र अनुशासित बनाउन केन्द्राध्यक्षसहित शाखालाई निर्देशन दिए । नगरको सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले विद्यार्थीहरुलाई उत्साहित र परीक्षालाई मर्यादित बनाउन निर्देशन दिए ।
नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले परीक्षालाई व्यवस्थित बनाउन आवश्यक तयारीलाई चुस्तदुरुस्त पार्न निर्देशन दिए । शाखा अधिकृत नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजस्करण विपना बर्तौलाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *