- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरघुम्ती शिविर

घुम्ती शिविर

- Advertisement -spot_img

मसुरीया (दाङ), ६ भदौ । राप्ती गाउँपालिका पशु सेवा शाखाको आयोजनामा वडा नम्बर ५ को पहरुवा, कालापानी, सिङ्गे र कमल रोडमा पशु स्वास्थ्य घुम्ती शिविर मंगलबार भएको छ । पशु स्वास्थ्य घुम्ती शिविरमा पशुहरुको स्वास्थ्य परिक्षण, भित्री तथा बाहिरी परिजीविविरुद्ध औषधि वितरण, बोका बन्ध्याकरण गर्ने कार्य गरिएको राप्ती गाउँपालिका पशु सेवा शाखाका शेरबहादुर हमालले जानकारी दिए । वडागत रुपमा पशु सेवा शाखाले सेवा दिने उद्देश्यका साथ पहिलो चरणमा गाउँ–गाउँमा गएर कार्य सुरु गरिएको छ । पशु स्वास्थ्य घुम्ती शिविरमा ४ सय ६४ पशुमा भित्री तथा बाहिरी परिजीविविरुद्ध औषधि वितरण गरिएको छ । साथै ५८ वटा बोकाको बन्ध्याकरण तथा १० पशुको स्वास्थ्य चेक जाँच गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here