Thursday, April 25, 2024
Homeमुख्य खबरघरेलुमा साढे दुई करोड राजस्व

घरेलुमा साढे दुई करोड राजस्व

- Advertisement -spot_img

घोराही, ३१ असार । घरेलु तथा साना उद्योग कार्यालय दाङले आर्थिक वर्ष ०७५÷७६ मा साढे दुई करोड राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्षको अन्त्यमा कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यालयको गतिविधिको समेत जानकारी गराएको छ ।
कार्यालयले विभिन्न शीर्षकबाट २ करोड ५२ लाख ६९ हजार ७ सय ५६ रुपैयाँ राजस्व संकलन गरेकोे कार्यालय प्रमुख बासुदेव रिजालले बताए । उद्योग प्रशासनमार्फत १ करोड ३ लाख ७९ हजार ५ सय ५ रुपैयाँ, वाणिज्य प्रशासनबाट १ करोड ४३ लाख ६९ हजार ६ सय ६० रुपैयाँ, उत्पादित सामान बिक्रीबाट ४ लाख ९६ हजार ५ सय ९१ रुपैयाँ, बेरुजु दाखिला १ हजार, टेण्डर बिक्री २३ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख रिजालले बताए ।
कार्यालयले चालु आर्थिक वर्ष जिल्लामा १ हजार ७२ वटा उद्योग थपिएको बताएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराहीमा चालु आर्थिक वर्ष ०७५÷७६ मा १ हजार ७२ वटा उद्योग दर्ता भएका छन् ।
यो संख्या गत आर्थिक वर्षको भन्दा बढी रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बासुदेव रिजालले जानकारी दिए । जिल्लामा गत आर्थिक वर्षमा १ हजार २ वटा उद्योग दर्ता भएका थिए । यसरी दर्ता भएका उद्योगमा १ हजार ६७ जना पुरुष र २ सय ५० जना उद्यमी बन्नेका छन् भने ३ हजार ८ सय ६४ जना पुरुषले रोजगार प्राप्त गरेका छन् ।
त्यसैगरेर १ सय ४५ जना महिलाले रोजगार प्राप्त गरेका छन् । यसरी थपिएका उद्योगमा १ अर्ब ३८ करोड ५ लाख २९ हजार ४७ रुपैयाँ लगानी भएको प्रमुख रिजालले बताए । जसबाट १ करोड ३ लाख ७९ हजार ५ सय ५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
एक वर्षको अवधिमा ७ सय ८२ वटा उद्योगको नवीकरण गरिएका छन् । दुईवटाको अन्य संशोधन गरिएको, १ सय ५५ वटाको लगत कट्टा गरिएको कार्यालय प्रमुख रिजालले बताए । पछिल्लो समयमा जिल्लामा उद्योगहरुको संख्या वृद्धि हुँदै गएको उनले बताए ।
कार्यालयले गरेका कार्यबाट सिपमूलक तालिम प्रदान गरी लघु उद्यमीको संख्या थप भएको, बेरोजगारीलाई रोजगारी प्रदान गर्ने कार्यक्रम आकर्षण बन्दै गएको, प्रविधि हस्तान्तरण गरी न्यून आय भएका उद्यमीलाई थप हौसला प्रदान भएको, कच्चा पदार्थको उपयोग गर्ने सकिने उद्योग स्थापना गर्न प्रोत्साहन गरेको प्रमुख रिजालले बताए ।
यसैबीच घरेलु तथा साना उद्योग कार्यालयले एक कार्यक्रमको आयोजना गरी वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण उद्योग अधिकृत उमबहादुर वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here