घरमै पुगेर जेष्ठ नागरिकलाई परिचय पत्र

फिचर मुख्य खबर समाज

मसुरीया (दाङ), २३ साउन ।
राप्ती गाउँपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई परिचय पत्र घरघरमा गएर वितरण गर्ने कार्यको सुरुवात गरेको छ । परिचय पत्र वितरण कार्यक्रमको सुरुवात वडा नम्बर ६ बाट सुरु गरिएको छ । ६० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुको हक अधिकारको सम्मान स्वरुप राज्यले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले राप्ती गाउँपालिकाले ६० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई जनप्रतिनिधिहरु घर–घरमै गएर परिचय पत्र वितरण सुरु गरेको छन् । बुधबार वडा नम्बर ६ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गर्दे राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हाम्रो राप्ती गाउँपालिकाका हरेक उमेर पुगेका नागरिकको हकहित तथा सेवा सम्मानका लागि गाउँपालिकाले विविध कार्यक्रम ल्याउन लागेको र उमेरले पाका नागरिकको सुरक्षाको लागि घरबाटै संरक्षण गर्नुगर्ने भावनाको समेत विकास गर्न स्थानीय सरकार लागि परेको जानकारी दिए । वडा नम्बर ६ बाट सुरु गरिएको जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम सबै वडामा क्रमशः सञ्चालन गर्दै जाने र वितरण गर्न लागिएको परिचय पत्र नेपाली तथा अंग्रेजी दुबै भाषामा रहेकोले अन्तर्राष्ट्रियस्तरमा पनि प्रयोग र उपयोगी हुने कार्यक्रमका विशिष्ठ अतिथि तथा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए । वडा नम्बर ६ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष वेदप्रसाद चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आतिथ्यता, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल एवं सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता विद्याशरण चौधरीको विशिष्ठ आतिथ्यतामा सम्पन्न गरिएको छ । वडा नम्बर ६ का ३ सय २३ जेष्ठ नागरिकलाई परिचय पत्र वितरण सुरु गरिएको र ६० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई जनप्रतिनिधिहरु घर–घरमै गएर हात–हातमै परिचय पत्र वितरण गरिने कार्यक्रम रहेको वडा सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए ।

वडाको वार्षिक समीक्षा

यसैबीच राप्ती गाउँपालिका वडा नम्बर ७ को गत आर्थिक वर्ष २०७४÷०७५ मा वडामा भएका विकास निर्माणसम्बन्धी गतिविधि तथा कार्यालयले प्रदान गरेका सेवाहरु र चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरु सम्बन्धी गतिविधिहरु पारदर्शी गराई वैधानिकता ग्रहण गर्न तथा जनताले सुसूचित हुन पाउने हकलाई प्रत्याभूत गराउन वडा नम्बर ७ को गत वर्षको वार्षिक समीक्षा तथा आगामी कार्यक्रम, योजना सार्वजनिक कार्यक्रम बुधवार सम्पन्न गरिएको छ । नागरिकले स्थानीय सरकारको हरेक काम कारवाहीलाई खबरदारी, सल्लाह, सुझाव गर्नु अति आवश्यक रहेकोले नागरिकहरुको रचनात्मक सल्लाह, सुझावको अपेक्षा गरेको हुँदा खुलेर प्रतिक्रिया राखी दिन वडा अध्यक्ष विद्याशरण चौधरीले कार्यक्रममा सहभागी वडाबासीलाई आग्रह गरे । कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको विशिष्ठ आतिथ्यता तथा वडा नम्बर ७ का नागरिकहरुको सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट आएका जिज्ञासा तथा प्रश्नको जवाफ वडा अध्यक्ष विद्याशरण चौधरी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले दिएका थिए । वडा सदस्य भिमलाल चौधरीको स्वागत तथा वडा सदस्य नित्यान्द शर्माको धन्यवाद ज्ञापन रहेको समीक्षा तथा सार्वजनिक कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ७ को आर्थिक वर्ष २०७४÷०७५ को आय विवरण तथा पञ्जिकाको विवरण जानकारी वडा सचिव डम्वर चौधरीले गराएका थिए । कार्यक्रमको सहजीकरण सञ्चार संयोजक तिर्थराज ज्ञवालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *