- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरग्लोबल आइएमइको शाखा विस्तार

ग्लोबल आइएमइको शाखा विस्तार

- Advertisement -spot_img

सल्यान, ११ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार सल्यानको श्रीनगरमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन कर्णाली प्रदेशका अर्थ तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।
शाखाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले अहिलेको नयाँ युगमा बैंकहरु शहर केन्द्रित नभई गाउँ–गाउँमा पुग्नुपर्ने गाउँका नागरिकलाई बैंकले आफ्नो पहुँचमा ल्याउनुपर्ने बताए । उनले देशको अर्थतन्त्रसँगै देशलाई समृद्धिमा उन्मुखमा लैजानुमा बैंकिङ क्षेत्रको महङ्खवपूर्ण भूमिका रहनुपर्ने बताए ।
सल्यान जिल्ला विशेषगरी पर्यटन, फलफुलले आत्मनिर्भरतर्फ लैजाँदै गरेको अवस्थामा यि क्षेत्रमा पनि बैंकले लगानी गर्नुपर्ने बताए । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी दिदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको समेत बताए ।
उनले बैंकको केही मुनाफा सल्यान जिल्लाकै कुनै क्षेत्रमा लगानी लगाउने प्रष्ट पारे । जिल्लाको प्रमुख ब्यापारी केन्द्र श्रीनगर बजारमा पछिल्लो समयमा दर्जन बढी बैंकको भिडमा आईतबार ग्लोबल आईएमई बैंकको उद्घाटन समारोहमा स्थानीय तहका जनप्रनिधि, जिल्लाका प्रमुख ब्यक्तित्वलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here