- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरग्रेडिङ प्रणालीमा कक्षा १२ को परीक्षाफल

ग्रेडिङ प्रणालीमा कक्षा १२ को परीक्षाफल

- Advertisement -spot_img

दाङ, १७ साउन ।
पहिलो पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल ग्रेड प्रणालीबाट प्रकाशन गरेको छ । बैशाखमा लिएको परीक्षाको पहिलो पटक ग्रेडिङ प्रणालीबाट परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरेको हो । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६ सय ७५ परीक्षार्थी सहभागी भएकोमा एक हजार १ सय ६९ ले ३ दशमलब ६१ देखि ४ जिपिए ल्याएका छन् । परीक्षा बोर्डका अनुसार, ११ हजार २ सय २१ ले ३ दशमलब २१ देखि ३ दशमलब ६०, २७ हजार ६ सय ४३ ले २ दशमलब ८१ देखि ३ दशमलब २० जिपिए ल्याएका छन् ।
त्यसैगरी, २ दशमलब ४१ देखि २ दशमलब ८० जिपिए ल्याउनेको संख्या ५८ हजार ३ सय ४५ रहेको छ । बोर्डका अनुसार, ९० हजार २ सय ९९ ले २ दशमलब १ देखि २ दशमलब ४०, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ अंक हासिल गरेका छन् । २२ हजार ७३४ ले १ दशमलब २१ देखि १ दशमलब ६० ल्याएका छन् भने ० दशमलब ८१ देखि १ दशमलब २० ल्याउने चार हजार ४ सय ८७ छन् ।
त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४ सय १४ परीक्षार्थी सहभागी रहेकोमा ४१ हजार ३ सय २५ अर्थात् ३५ दशमलब २ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा बोर्डले जानकारी दिएको छ । त्यस्तै राष्ट्रिय परिक्षा बोर्ड दाङले जिल्लागत रुपमा परीक्षाफल प्राप्त हुन नसकेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख रामजलम चौधरीका अनुसार राप्तीका पाँच जिल्लाबाट नियमित र आंशिक गरी १९ हजार एक सय ५२ परीक्षार्थी सहभागी भएका थिए । दाङबाट नियमिततर्फ छ हजार सात ३३, प्यूठानबाट तीन सय ४८, रोल्पाबाट नौँ सय ८७, सल्यानबाट दुई हजार पाँच र रुकुमबाट दुई हजार ६ सय ५२ सहभागी भएका थिए । यस्तै आंशिकतर्फ दुई हजार दुई सय ६२, प्यूठानबाट ६ सय ५३, रोल्पाबाट ८ सय ६१, सल्यानबाट ६ सय ५० र रुकुमबाट एक हजार एकजना परीक्षार्थीले परीक्षा दिएको निमित्त कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here