ग्यास चुलो अनुदान

फिचर मुख्य खबर समाज

लमही, ४ साउन ।
बिहानैदेखि स्थानीयहरु हसिला खुसिला देखिन्थे । राजपुर गाउँपालिका–५ का वडा बासीहरुको आफ्नो घरमा नभएको चिज पहिलो पटक घरमा आउँदै थियो । गाउँमा पहिलो पटक सबैका घरमा एलपी ग्यास र चुलो भित्रिने भएपछि यहाँका स्थानीयहरु औधी खुसी थिए । वडा कार्यालयले चुलोसहितको ग्यास सहयोग गरेपछि गाउँलेहरुले खुसीसमेत ब्यक्त गरेका छन् । बाँड्दै गर्दा त्यहाँका स्थानीयहरुले दाउराको युगबाट आफूहरुको अन्त्य भएको प्रक्रिया सुरु भएको टिप्पणी गरेका थिए । राजपुर गाउँपालिका वडा नम्बर ५ ले आर्थिक वर्ष २०७४÷७५ को बजेटअन्तर्गत विनियोजन भएको २६ लाख ३२ हजार ८४ रुपैयाँको लागतमा ५ सय घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको छ ।
चंगुवा, नयाँबस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्दाले ग्यास चुलो पाएका हुन् । धुँवामुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिण्डिरसहित चुलो वितरण गरिएको वडा अध्यक्ष नरेन्द्रसिंह भण्डारीले बताए । एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । जंग्रहवामा कार्यक्रम गरेर ग्यास चुलो वितरण गरिएको हो । वडा अध्यक्ष नरेन्द्रसिंह भण्डारीको अध्यक्षता, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष धनपति यादव र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यमा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ ।
कार्यक्रममा उपाध्यक्ष धनपति यादव, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नम्वर ६ का अध्यक्ष श्यामबहादुर रोका, पूर्व गाविस अध्यक्ष जगतपाल योगीलगायतका वक्ताहरुले मन्तब्य व्यक्त गरेको थिए । वडा सदस्य त्रिलोचन यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख ऋषिराज अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *