ग्याँस बिक्रेता संघको अध्यक्षमा श्रेष्ठ

फिचर मुख्य खबर समाज

घोराही, २६ फागुन । दाङ देउखुरी ग्याँस बिक्रेता संघको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् । संघको शनिबार घोराहीमा भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमीति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा लालमणि आचार्य, सचिवमा यादव श्रेष्ठ, कोषाध्यक्षमा तिलक रोका क्षेत्री, सहसचिवमा लोकबहादुर वली चयन भएका छन् । त्यस्तै संघको सदस्यहरुमा कोमलराज पाण्डे, शेषमणि खनाल, माया बेल्वासे, ईश्वरा लम्साल, गोपालप्रसाद आचार्य र रमेश चौधरी चयन भएका छन् । संघको फागुन ११ गते भएको अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्न नसकेपछि शनिबार चुनाव हुने भनिएको थियो तर सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघमा ९३ जना व्यवसायी आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *