गौरिकालाई तीन स्वर्ण

खेलकुद प्रदेश फिचर मुख्य खबर

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका लागि गौरिका सिंहले एउटै संस्करणको सागमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी छन् ।
यसअघि कुनै पनि नेपाली खेलाडीले एउटै चरणको सागमा लगातार तीन स्वर्ण जितेको थिएन । सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा आइतबार भएको चार सय मिटर फ्रि–स्टाइलमा उनले स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् । यही संस्करणमा उनले यसअघि दुई स्वर्ण जितिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *