- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरगौतमको कृति विमोचन एवं समीक्षा

गौतमको कृति विमोचन एवं समीक्षा

- Advertisement -spot_img

घोराही, २८ भदौ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा साहित्यकार सुन्दर गौतमद्वारा लिखित जीवनयात्रा नामक निबन्ध संग्रहको शुक्रबार दाङ घोराहीमा विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मालगायतका अतिथिहरुले संयुक्तरुपमा विमोचन गरेका थिए ।
उक्त कृतिको समीक्षा प्राडा शिवकुमार सुवेदी र टीकाराम उदासीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, सल्लाहकार गिरिराज शर्मा, उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने,
प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष हेमराज बन्जाडे, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेत्रलाल स्मृति प्रतिष्ठान दाङका कोषाध्यक्ष शम्भु गौतमलगायतले शुभेच्छा प्रकट गरेका थिए ।
पुस्तकका लेखक सुन्दर गौतमले धन्यवाद दिएका थिए । प्रकाश खनालको स्वस्तीवाचन तथा सभा अध्यक्ष कमलमणि देवकोटाको स्वागत एवं विषय प्रवेशबाट शुरु भएको उक्त कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सचिव शारदा शर्माले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here