- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारगौंमुखी पर्यटनको गन्तब्य

गौंमुखी पर्यटनको गन्तब्य

- Advertisement -spot_img

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भिÏयाउने लक्ष्य राखेको छ । पर्यटकहरुलाई नयाँ गन्तव्यमा पु¥याउन देशभित्र एक सय स्थललाई नयाँ पर्यटकीयस्थल तोकेको छ ।
प्यूठान जिल्लामा स्वर्गद्वारी, रक गार्डेन, ओखरकोट डाडा र झिमरुकसमेत एक सय स्थान भित्र परेको छ । जुन कारणले पछिल्ला समय प्यूठानमा पर्यटन गतिविधिहरु बढ्न थालेको छ ।
स्वर्गद्वारीपछि गौमुखी पर्यटनको लागि अर्को गन्तब्य हो । पर्यटनको विकासको लागि दाङको भालुवाङ, प्यूठानको बाग्दुला हुँदै बाग्लुङको भिमगिठे जोडने सडक निर्माण गर्न संघीय सरकारले २ सय करोडको टेण्डर गरिसकेको छ ।
ढोरपाटन क्षेत्रसँग जोडिएको गौमुखी, सडक निर्माणसँगै पोखरासँग जोडिने भएकाले गौमुखी पर्यटनको गन्तब्य भएको छ । गौमुखी क्षेत्र प्राचीन कालदेखि नै पवित्र, धार्मिक र प्राकृतिक दृष्टिले महङ्खवपूर्ण स्थान हो ।
गौमुखी, प्रागऐतिहासिक महङ्खवको तुषाराको इश्नाको थान र त्यहाँको मेला, लिवाङको दियाल्नाचौ, बाइसे÷चौबिसे राज्यहरुभन्दा पहिलेका भुरेटाकुरे राजाहरुको सदरमुकाम रहेको स्थान हो । यो क्षेत्रमा पुराताङ्खिवक र ऐतिहासिक महङ्खवको ओखरकोट र बाँदिकोटका बीचमा रहेको कोट तथा प्राकृतिक दृष्टिले ओखरकोट सुन्दर स्थानमा पर्दछ ।
प्युठानमा धार्मिक पर्यटकीय स्थलहरु धेरै रहेका छन् । प्यूठान जिल्लाको दक्षिण अर्घाखाँचीसँग सीमा रहेको अर्थात् झिमरुक र माडी खोलाको संगमस्थल ऐरावती र हंसपुरको ऐतिहासिक स्थल, त्यसैगरी कालिका मन्दिर, मल्ल रानी, भित्रीकोट, झाँक्रीस्थान,
बिजुलीकोट, बरौलाकोट, जावुने दह, त्रिवेणीजस्ता पर्यटकीय महङ्खवका स्थलहरु पनि गौमुखी पुग्ने पर्यटकहरुले आफ्नो यात्राको समय बढाउन सके ती स्थलहरुको भ्रमण गर्न सक्ने छन् । प्यूठान प्राकृतिक सुन्दरता बोकेको जिल्ला हो ।
हराभरा पहाड हुन वा समथर बेशी, पहाडका टाकुराहरुबाट छङ्छङ गर्दै झर्ने झरना, बेसीका फाँटहरुमा हरियाली सिँचाउँदै बग्ने झिमरुक नदीले हराभरा बनाएको समतल फाँटदेखि लिएर प्राकृतिक रुपमा रहेका ठूलो नागिनी र स्यानी नागिनी लेक र मदाने लेकले गौमुखी पुग्ने पर्यटकहरुलाई थप आकर्षण गन्तब्य हुन् ।
साँस्कृतिक, पर्यटन तथा जैविक विविधताका लागि उपयुक्त मानिएको मदाने लेकको जंगललाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । सरकारले गुल्मी, बाग्लुङ र प्यूठानसमेत ओगटेको मदानेको १३ हजार ७ सय हेक्टर जंगललाई संरक्षण गरेपछि आजभोलि जंगलमा दुर्लभ जनावर र चराहरुसमेत देखिन थालेको छ ।
गौरुमुखी संरक्षित वनमा डाफेरु मुनाल, हाब्रेरु, चराचुरुङ्गी, घोरल, कस्तुरी मृग, रेडपाण्डा, भालुलगायतका वन्यजन्तुहरुको बासस्थान भएको छ । मदाने लेक जानका लागि रुपन्देहीको सालझण्डी, अर्घाखाँचीको मैदान, पाली, वांगला, सन्धिखर्क, अर्घा, बागी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुरकोट दह, वाझकटेरी, सोइरेलेक हुँदै पनि पुग्न सकिन्छ ।
मदाने लेकबाट गुल्मी जिल्लाको रेसुङ्गा लेक, थाप्लेको लेक, लुम्पेकको लेक, वामिको लेक, अग्लुङको लेक, पौदिको लेक, रानीबन, सिद्धबाबाको डाँडाजस्ता अग्ला–अग्ला पहाडहरु अवलोकन गर्न सकिन्छ ।
घुमघामको समय लम्बाउन सके पर्यटकहरु मदानेको लेकबाट बागलुङको बुर्तिबाङ, बोबाङ हुँदै ढोरपाटन पनि पुग्न सक्दछन् । पैदल यात्रामा रमाउने पर्यटकहरुको लागि प्यूठानमा अहिले झिमरुक गाउँपालिकाको दिहाल्नाबाट पूजा, रजवारा,
अर्घा, गौमुखी हँुदै बाग्लुङको ढोरपाटन जाने पदमार्ग निर्माण भएको छ । त्यसैगरी गौमुखीको मुहानबाट गुल्मी जिल्लाको अग्लुङ प्युठानको ओखरकोट, खुङ, नारीकोट, बादीकोट हँुदै मच्छीसम्म पनि पर्यटकहरुलाई पदमार्ग बनेको छ ।
त्यसैगरी स्वर्गद्वारी आउने पर्यटकहरुलाई गौमुखीसम्म जानको लागि पनि स्वर्गद्वारी, बेलवास, जुम्लीकाँडा, लिस्ने, माझकोट, झुलेनी, लुक्लुङ, बाहने हुँदै दिहाल्ना भएर गौमुखी पदमार्गमा पुग्न सकिन्छ ।
पदमार्गमा यात्रा गर्ने पर्यटकहरुले तीनदेखि चार दिनको प्याकेज बनाउन पर्दछ । पद यात्रामा मच्छीको ढाड हुदै स्नाथान र दिहाल्नामा रहेका विभिन्न मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ । यात्रामा पहिलो दिन वाग्लीवाङको होमस्टेमा रात बिताउन सकिन्छ ।

प्यूठान जिल्लामा ऐतिहासिक, पुरातात्तिक तथा धार्मिक महत्व बोकेका ग्रामीण पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । ग्रामीण पर्यटकीय सम्भावना भएका क्षेत्रमा सरकारले लगानी बढाउन नसकेका कारण र सो ठाउँमा पर्यटकको सेवा सुविधा अपर्याप्त भएकै कारण ग्रामीण पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।

त्यसपछि अर्को दिन बिहान तामाखानी पुग्न सकिन्छ । जुन खानी १ सय वर्षसम्म उत्खनन् गरेर राजा त्रिभुवनका पालामा रोक लगाइएको थियो । तामा खानीको अवलोकन पछि रजवारामा रहेको धार्मिकस्थल झाँक्रीढुंगा पुगिन्छ ।
जवाराको जंगलको उच्च स्थानमा रहेको दह, पारिपट्टी कोठीभिरको दृश्यावलोकन, तिखाचुली लेकको फेदि हुँदै लेखछहरा होमस्टेमा पुग्न सकिन्छ । त्यसैगरी अर्को दिन बाइस मूलको झरनामा आनन्द लिन सकिन्छ ।
पदमार्गमा फरक भेषभूषा, संस्कृति भएका मगरहरु, जिल्लामा अल्पसंख्यक तर नेपालको साँस्कृतिक रुपमा धनी तामाङ, गुरुङ, केही घर थकाली, दलितहरुको बस्तीले फरक–फरक संस्कृति झल्किने ऐतिहासिक साँस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्न सकिन्छ ।
यहाको देवाली, ल्होसार, दशैं, तिहारजस्ता पर्वमा घाटु नाच, सोरठी, मारुनी, द्यौसी भैलो, भजन कीर्तनले पदयात्रामा जाने पर्यटकहरुलाई रमाइलो बनाइ दिन्छ ।
गौमुखी पुग्ने पर्यटकहरुले पुग्नै पर्ने अर्को स्थान हो ओखरकोट । ओखरकोट वामपन्थी आन्दोलनको इतिहास आदिबारे पुस्तक, लेख, उपन्यास, गीत, खण्डकाव्य, डकुमेन्ट्री, फोटोग्राफी आदि रुचि भएका आन्तरिक पर्यटकहरुको लागि पुग्नै पर्ने स्थान हो ।
पछिल्लो समय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखरकोटमा ग्रामीण पर्यटनको विकास गर्न थालिएको छ । ओखरकोटमा आन्तरिक पर्यटकहरुको लागि होमस्टे सञ्चालन हुन लागेको छ । अग्ला पहाडी श्रृंखला, बान्की परेका पहाडका चुली,
माडी झिमरुक र अन्य दर्जनौं खोलाहरु, उब्जाउ धर्मावतीको फाँट, आदिले प्राकृतिक दृष्टिले अत्यन्त रमणीय ओखरकोट बनेको छ । ओखरकोट, बाँदिकोट, नारिकोट, खुङ, अर्खा, रजवारा, पूजा, लिवाङ, तुषारा र बांगेमरोठा ओखरकोट र मच्छि क्षेत्रका सबै गाउँहरुले ग्रामीण पर्यटनको विकासका लागि योजना बनाएका छन् ।
ओखरकोट गाउँमा एकातिर नागवेली आकारमा झिमरुक नदी बग्दछ भने गाउँको बीचमा गर्तङ खोला बग्दछ । दुबै नदीहरुका बीचमा रहेको ओखरकोट गाउँ अत्यन्त सुन्दर र रमणीय छ ।
ओखरकोटको फेंदी मच्छीमा झिमरुक र गर्तङको बीचमा मच्छिको फाँट छ । झिमरुक नदीको पारिपट्टि तुषाराको पिडाल्ने फाँट फैलिएको छ । ओखरकोटको गाउँको माथि अर्थात् शिरमा ओखरकोटको कोट छ । त्यो कोट ओखरकोट र बादिकोट गाउँको बीचमा रहेको छ ।
त्यो ऐतिहासिक र पुराताङ्खिवक महङ्खवको स्थान हो । त्यहाँ पहिले भूरे टाकुरे राजाहरु बस्ने गरेको इतिहास छ । उनीहरुका दरबार वा सभाकक्षका अवशेषहरु अहिले पनि त्यहाँ पाइन्छन् ।
तिनीहरुको अनुसन्धान, उत्खनन् वा अध्ययन गरेमा जिल्लाको मध्यकालिन इतिहासको अध्ययन गर्न सकिन्छ । ओखरकोटको कोटबाट चारैतिर गोलाकार रुपमा फैलिएका अग्ला पर्वतका शिखरहरु देखिन्छन् ।
त्यसरी देखिने पर्वतका शिखरहरुमा बाग्लुङ, गुल्मी, अर्घाखाँची, मच्छी क्षेत्रका विभिन्न गाउँहरु पर्दछन् । ओखरकोटको कोट ती सबै पर्वत श्रृंखलाका केन्द्रमा बसेजस्तो देखिन्छ ।
प्यूठान जिल्लाको अर्खा, रजवारा र गौमुखीबाट उद्गम भएको झिमरुकमा मच्छीकोटबाट बग्दै आउने गर्तुङखोला, र तल स्याउलीवाङ लिया डाम्रीबाट आउने लुङखोला बाटुले भन्ने स्थानमा मिसिए पछि झिमरुकखोलाको नाममा परिवर्तन हुन्छ ।
त्यसपछि धर्मावती अर्थात् झिमरुकको नामबाट बग्दै आएको खोला मात्र नभएर वाग्दुला नजिक खप्रङ्खखोला, मरन्थाना नजिक चुवेदीखोला र विजुवार नजिक जुम्रीखोलासमेत मिसिएपछि विशाल झिमरुक खोला बन्दै विशाल फाँटमा सिंचाई पु¥याएको छ ।
झिमरुककै पानीले चेरनेटामा जलविद्युतसमेत उत्पादन भएको छ । भिमरुक खोला किनार दायाँ बायाँमा धेरै खेतीयाग्य उर्वर फाँटहरु रहेका छन् । मरन्ठाना फाँट, बाग्दुला, विजुवार दाखा फाँट, चुनाफाँट, खैरा फाँट, बरौला फाँट, अर्गलीफाट, चिसावाङ फाँट, रातटारी फाँट, गर्तङ फाँट आदि रहेका छन् ।
रिजाल थर भएकाहरुको कुल पुजाको प्रख्यात मानिने प्यूठान जिल्लाको लुङ महङ्खवपूर्ण धार्मिकस्थल मानिन्छ । प्रत्येक ५ बर्षको मंसिर महिनाको पञ्चमी तिथिबाट सुरु भएर अष्टमीको दिन कुलपूजाको समापन हुने गर्दछ ।
कुलपूजामा महङ्खवपूर्ण मानिने लुङ्कको रिजाल बन्धुहरुको कुलपूजामा समावेशी भेला हुने गर्दछ । कुलदेवतालाई आफ्नो समस्याको बारेमा भाकल गर्ने र भाकल पूरा भएपछि कुलपूजाको बर्षमा बोकाको वली चढाउनुको साथै सुन, घिउ,
पञ्चवाजाको सेट, चौरी गाईको चवर, घण्ट, शंख, ध्वजाजस्ता बस्तुहरु आफ्नो भाकल अनुसार चढाउने प्रचलन छ ।
नेवार सम्प्रदायमा सदरमुकाम खलंगामा घण्टाकर्ण ऋषितर्पणी पूर्णिमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा लाग्दछ ।
यी जात्राहरु सदरमुकाममा मनाउने हुँदा प्यूठानका अतिरिक्त छिमेकी जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाचमा पुरुसुङगे नाच, मारुनी नाच, माडीखोले नाच र अन्य लोकनृत्यले सबैलाई रमाइलो बनाएको हुन्छ ।
यसरी विभिन्न धर्म संस्कृतिका जातजाति बसोबास भएको प्यूठान जिल्ला लोक संस्कृतिको अपार भण्डार रहेको छ । नेवारका अलग्गै चाड पनि छन् । मुसलमानका पनि इस्लाम धर्म अनुसारका चाड पर्व इद, वकरइद, र रमजान जस्ता पर्व पनि मनाईन्छ ।
प्यूठान जिल्लामा ऐतिहासिक, पुराताङ्खितक तथा धार्मिक महङ्खव बोकेका ग्रामीण पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ ।
ग्रामीण पर्यटकीय सम्भावना भएका क्षेत्रमा सरकारले लगानी बढाउन नसकेका कारण र सो ठाउँमा पर्यटकको सेवा सुविधा अपर्याप्त भएकै कारण ग्रामीण पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here