- Advertisement -spot_img
Monday, April 19, 2021
Homeसमाजगोरखाका अभिभावकसँग अन्तरक्रिया

गोरखाका अभिभावकसँग अन्तरक्रिया

- Advertisement -spot_img

तुलसीपुर, ३ चैत  । दाङको शिक्षा क्षेत्रमा महङ्खवपूर्ण स्थान ओकटेको गोरखा एजुकेशनल ग्रुपले अभिभावकहरुका लागि बालबालिकाको मनोविज्ञानसम्बन्धी ज्ञान दिएको छ ।
तुलसीपुरको गोर्खा माध्यमिक विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभावक शिक्षा कार्यक्रम गरेको हो । विद्यालयले आफ्ना विद्यार्थीहरुको समस्या समाधानका लागि विद्यार्थी तथा अभिभावकहरुसँग बालमनोविज्ञान शिक्षा कार्यक्रमको गरेपछि बालबालिका र अभियानको सम्बन्धको बारेमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा विद्यालयका एक हजार तीन सयभन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न अभिभावकहरुले आफ्ना छोराछोरीहरुको विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए ।
अभिभावहरुले बालबालिकाहरु गृहकार्य गर्न नमान्ने, मोबाइल लत, हुँदा मोबाइल बढी चलाउन खोज्ने खालका समस्या भएको भन्दै समाधानको उपाय खोजेका थिए । समस्याहरुको समाधानका लागि मनोविद् डा सुशील कँडेलले अभिभावकहरुको अनुहार हेरेर ति बालबालिकाहरुका लागि विभिन्न समाधानका उपायहरु सुझाएका थिए ।
कार्यक्रममा कँडेलले विद्यालयले विद्यार्थीहरुलाई गृहकार्य दिन नहुने कुरा बताए । विद्यार्थीहरुलाई गृहकार्यभन्दा प्रयोगात्मक विधि अपनाएर विद्यार्थीहरुको ज्ञान वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले आफूले पिएचडि गर्दासम्म कहिले पनि गृहकार्य नगरेको र कहिले पनि दोस्रो नभएको कुरा बताए । गृहकार्य गरेर मात्र केही नहुने भन्दै विद्यार्थीहरुले सिकाइलाई केन्द्रित गर्नुपर्ने उनले बताए ।
उनले परीक्षाको अंकभन्दा उसले कति जान्यो भन्ने कुरा महङ्खवपूर्ण रहेको भन्दै उपलब्धिलाई सिकाइसँग जोड्नुपर्ने सुझाएका थिए । उनले बालबालिकाहरुलाई मोबाइलबाट टाढा राख्न सुझाव दिए ।
उनले बालबालिकालाई हप्काउनु, पिट्नुभन्दा त्यसो गर्दा के गल्ती हुन्छ ? भनेर अभिभावकले प्रयोगात्क विधिबाट सिकाएमा ब्यवहारमा सुधार आउने बताए । उनले विद्यार्थी र अभिभावकको दूरीलाई नजिक बनाउन पनि यो कार्यक्रमले भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रमले अभिभावकको मनोभावनालाई सुधार गरी बच्चाहरुप्रति गर्ने व्यवहार परिवर्तन गर्ने विश्वास विद्यालयले लिएको विद्यालयका सिइओ दुर्गा केसीले बताए । गोरखा ग्रुपले यस अघि लमहीमा पनि यस्तो कार्यक्रम गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here