गोदावरी स्कुलमा वक्तृत्वकला

मुख्य खबर

घोराही, १७ भदौ । घोराही उपमहानगरपालिका–१३ बडहरामा रहेको गोदावरी इङ्लिस मिडियम स्कुलले प्रावि र माविस्तरीय छुट्टाछुट्टै वक्तृत्वकला प्रतियोगिता शुक्रबार आयोजना गरेको थियो । विद्या नै सबैभन्दा ठूलो धन हो भन्ने विषयमा प्राविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । जसमा कक्षा ४ का छात्रा करुणा केसी प्रथम, ५ का संरचना जिएम द्वितीय, कक्षा ५ कै यात्रा गिरी तृतीय स्थान हासिल गरेका थिए । यस्तै योगाको महत्व विषयक अङ्गे्रजी भाषामा भएको माविस्तरीय प्रतियोगितामा कक्षा ८ का छात्रा सुष्मा गिरी प्रथम, कक्षा ९ का मनिषा जिएम द्वितीय, र कक्षा ७ का कृतिनुर थापा तृतीय भएका थिए । कक्षा १० का छात्रा दुवि पुरीको अध्यक्षातामा भएको प्रतियोगिताको निर्णायकमा शिक्षकहरु गोविन्द नेपाली, देवराज खनाल, समीक्षा सुवेदी र अनिता चलाउने रहेका थिए । कार्यक्रमको सहजीकरण कक्षा १० मा अध्ययनरत छात्रा दीक्षा जिएमले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *