गे्रट अरनिकोमा विद्यार्थीलाई स्वागत

फिचर मुख्य खबर समाज

तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई शनिबार स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।
विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद देवकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले विद्यार्थीको शैक्षिक गन्तव्यको सफलताको कामना गरे ।
उनले मेहनत र लगनशीलताले मात्रै उचाइमा पुग्न सकिने भन्दै शिक्षाको उज्यालो भविष्यका लागि मेहनत गर्न आग्रह गरे । कार्यक्रममा राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्मा,
विद्यालयका संस्थापक अध्यक्ष महेशप्रसाद आचार्य, पूर्व अध्यक्ष श्रीधर शर्मा, विद्यालय सञ्चालक समितिका अध्यक्ष मानबहादुर बस्नेत, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोधकुमार डाँगी, प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगी, पूर्व विद्यार्थी तेजबहादुर डाँगी, कक्षा १२ का विद्यार्थी भूपेन्द्र वली लगायतले नवआगन्तुक विद्यार्थीको स्वागत गर्ने संस्कार नै शिक्षाको एक आधार भएको बताएका छन् ।
विद्यालयका फाइनान्स डाइरेक्टर नवराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उनीहरुले शिक्षक विद्यार्थी र विद्यालयको त्रिकोणात्मक सम्बन्धका लागि स्वागत कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
त्यस अवसरमा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सुनिता डाँगी र विष्णु मगर लगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न सांगीतिक नृत्यका साथै गीत प्रस्तुत गरिएको छ । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *