Saturday, April 20, 2024
Homeफिचरगुरु र चेलाको दिन

गुरु र चेलाको दिन

- Advertisement -spot_img

दाङ, ११ साउन ।
किताब, कापी बोकेरे हिड्ने विद्यार्थीहरुको हातमा फुलका गुच्छा, प्याक गरिएका मिठाई अनि अबिरमा देखिए । अन्य दिनको तुलनामा विद्यार्थीहरुले आफ्नो विद्यालयको पोशाकको निकै सफा मिलाएर लगाएका । साथमा विभिन्न उपहार पनि थियो । विद्यार्थीहरुको अनुहारमा छुट्टै खालको खुशी कारण थियो शुक्रबार परेको गुरु पूर्णिमा । गुरु पूर्णिमा अर्थात् गुरु चेलाको दिनको रुपमा शिक्षक र छात्रछात्राहरुले मनाएका छन् । विद्यार्थीहरुको शिक्षकहरुलाई गुरु पूर्णिमाको अवसर पारेर फुलमाला लगाएर उपहार दिए । त्यस्तै शिक्षहरुको पनि विद्यार्थीहरुलाई आशीर्वाद दिएर एकअर्काप्रति सद्भाव साटासाट गरेर गुरु पूर्णिमा मनाए । शिक्षकहरुसँग बोल्न, नजिक हुन डराउने विद्यार्थीहरुको सद्भाव झनै नजिक भयो ।
त्यति मात्र होइन् विद्यालयमा शिक्षकहरुसँग आशीर्वाद लिदै गुरु पूर्णिमा मनाएर सेल्फी हान्नसमेत भ्याए । गुरु पूर्णिमाको दिन विद्यार्थीहरुको शिक्षकहरुलाई सम्झिए, खेलकुद क्षेत्रका चेलाहरुले पनि आफ्नो गुरुहरुलाई, नृत्य तथा गायन कलाका चेलाहरुले आफ्ना गुरु, पत्रकारहरुले पनि आफ्नो गुरुलाई सम्झिए । कतिले त गुरु पूर्णिमा भन्दापनि गुरु पूणिमालाई सेल्फी पूर्णिमाको आभास गराएको देखिएको छ ।
त्यस्तै पद्मोदय क्याम्पस घोराहीले गुरु पूर्णिमाको अवसर पारेर एक कार्यक्रमको आयोजना गरेको छ । गुरु भनेका देवता हुन् जो राम्रो नराम्रो बाटो कस्तो भनी चिनाउने गर्दछन् गुरुको सधै सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ शिक्षक विद्यार्थी समन्वय समिति घोराही दाङको आयोजनामा गुरु पूर्णिमा विशेष एक औपचारिक कार्यक्रमको आयोजना गरेर मनाएको हो । कार्यक्रममा गुरुहरुले आशीर्वादको मन्तव्य रह्यो भने विद्यार्थीहरुले गुरु सम्मान मन्तव्य राखेका थिए । सोही कार्यक्रममा क्याम्पसका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । निर्मल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रतिक गोराथोकी र चाँदनी केसीले गरेका थिए ।
यसैगरी हिन्दू विद्यापीठ नेपाल घोराही दाङले पनि गुरु पूर्णिमाका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका सह–प्राचार्य मधुसुदन पन्तको सभापतित्व एवं प्राचार्य डा भोलानाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि योगीले गुरु पूर्णिमाका बारेमा प्रवचन दिएका थिए भने विद्यालयका शिक्षक पिताम्बर रिजाल, खड्ग शर्मा, भोलेन्टियर बन्दना थापा, विद्यार्थीहरु सीमा चौधरी, श्रवण नेपालीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पिताम्बर रिजालले गरेका थिए ।
यसैगरी घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी मिलेर वृक्षारोपण गरेका छन् । विद्यालयको बार्षिक कार्यक्रम अनुसार शिक्षक र विद्यार्थी मिलेर तीन सय बढी बिरुवा रोपिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिएका थिए । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले गुरु पूर्णिमाको अवसरका घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुरस्थित स्यालीपानी सामुदायिक वन क्षेत्रको खाली जग्गामा टीक, चिउरी, सिमल, लाकुरी, मसलालगायतका रुख प्रजातिका बिरुवा रोपिएको छ । वृक्षारोपणका लागि आवश्यक पर्ने बिरुवा जिल्ला वन कार्यालय दाङले उपलब्ध गराएको थियो । पढाइसँगै विद्यार्थीहरुलाई अतिरिक्त सामाजिक कार्यमा संलग्न गराउने उद्देश्य अनुसार वृक्षारोपणको योजना वार्षिक कार्यक्रममा राखिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई प्रत्यक्ष संलग्न गराएर वृक्षारोपण गरिदा उनीहरुले वन तथा वातावरणका बारेमा थाहा पाउनुका साथै अहिले भइरहेको जलवायु परिवर्तन र त्यसको न्यूनीकरणका लागि विद्यार्थीहरुले खेल्न सक्ने भूमिकाका बारेमा जानकारी हुने प्रिन्सिपल अधिकारीले जानकारी दिएका थिए । वृक्षारोपण कार्यक्रममा विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थी र सामुदायिक वन समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here