- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरगुणस्तर सुधारमा शिक्षक समस्या

गुणस्तर सुधारमा शिक्षक समस्या

- Advertisement -spot_img

तुलसीपुर, २८ बैशाख । शिक्षकको अभाव हुँदा सामुदायिक विद्यालयको शैक्षिक सुधारमा चुनौती देखिएको सरोकारवालाले बताएका छन् । तुलसीपुर उपमहानगरको शिक्षा महाशाखाले शुक्रबार तुलसीपुरमा गरेको कार्यक्रममा विद्यालयमा पर्याप्त शिक्षक नहुँदा शिक्षाको गुणस्तर आउन नसकेको सहभागीले बताएका हुन् ।
नगर शिक्षा समितिका सल्लाहकार शिशिर खनालले तुलसीपुर उपमहानगरका अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी, विज्ञान र गणित विषयमा कमजोर देखिने गरेको बताए ।
उनले तुलसीपुर क्षेत्रका १ सय ४८ निजी तथा सामुदायिक विद्यालयहरुमा ३ सय ३५ शिक्षकहरुको अभाव देखिएको जानकारी दिए । प्रावि तहको विद्यालयहरुमा दुईजना शिक्षकहरु मात्र रहेको अनुगमनमा भेटिएको उनले बताए ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको भन्दै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको आयोजनामा पहिलो पटक सार्वजनिक शिक्षा सुधार सम्बन्धी पेशागत शिक्षक नेतृत्वसँगको छलफल तथा सुझाव संकलन कार्यक्रम गरेको हो ।
शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतमको संयोजकत्वमा भएको छलफलले शिक्षामा निजी र सामुदायिक विद्यालयमा समानता ल्याउन सकिने विषयमा सुझाव संकलन तथा छलफल गरेको हो ।
छलफलले शिक्षक दरबन्दी, विद्यार्थी नियमितता, शिक्षण सिकाइ, पाठ्यक्रम निर्माण र अनुगमन, अभिभावक, परिवार, विद्यालय र विद्यार्थीहरुसँगको आपसी समन्वय लगायतका २४ वटा शिक्षा सुधारका आधार बनाएको छ ।
वर्तमान समयमा नेपालको शैक्षिक अवस्था शिक्षक र अभिभावहरुकै कारणले मात्र नभई सरकारले सामुदायिक विद्यालयप्रति गर्ने वेवास्ता कारणले भएको उपमहानगरपालिकास्तरीय स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिए ।
उच्चस्तरीय भौतिक पूर्वाधार, प्रविधि, शिक्षा कार्यनीति, आवश्यक उपकरण, छात्रावास, विद्यार्थीमैत्री विद्यालयको अवधारणाहरु ल्याए पनि पूर्णरुपमा लागू हुन नसक्दा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको अवस्था दयनीय बन्दै गएको नेपाल शिक्षक संघीय कार्यसमिति निर्वतमान अध्यक्ष सुशीला सुवेदीले बताईन् ।
सरकार, विद्यालय र अभिभावकसंग एकआपसमा प्रत्यक्ष समन्वयकारी नहुँदा अहिले सामुदायिक विद्यालयहरु मर्ज हुने, विद्यार्थीबिहीन अनि शिक्षकबिहीन बन्न पुगेको सरोकारवालाले बताए ।
विद्यालयको संरचना, भौतिक पूर्वाधार र प्राविधिक पक्षलाई मात्र नभई विद्यार्थीहरुको पारिवारीक अवस्था र आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै जाने हो भने सामुदायिक विद्यालयको अवस्था पनि बलियो बन्ने सहभागीहरुले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here