गुणस्तरीय सेवाका लागि एकीकरण अनिवार्य

मुख्य खबर

घोराही, २२ चैत । सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सहकारी संस्थाहरु एकीकरण हुनैपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । बिहीबार घोराहीमा भएको सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) र सहकारी संघसंस्था एकीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
जक्ताहरुले स–साना टुक्रे सहकारीका माध्यमबाट समृद्धि सम्भव नहुने भन्दै एकीकरणमार्फत विशाल सहकारी संस्था निर्माण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सदस्यको आवश्यकता पूरा हुने गरी सेवा प्रदान गर्न एकीकरण अनिवार्य भएको बताए ।
उनले सहकारी संघ र संस्थाहरुलाई दिगो बनाउन सहकारी तथा गरिवी निवारण सूचना प्रणालीको व्यवस्थापन र सहकारीको एकीकरणलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । सहकारी संस्थाहरु संख्यामा बढी भएपनि गुणस्तरीय सेवामा कमजोर भएको भन्दै अब जिल्लामा सहकारीको एकीकरण गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महा प्रवन्धक बावुल खनालले फजुल सञ्चालन खर्च कम गर्न, दोहोरो सदस्यता अन्त्य गर्न, आवश्यक भन्दा बढी संस्था हुन नदिन, सांगठनिक तथा व्यवसायीक क्षमता बृद्धि गर्न सहकारी एकीकरण अनिवार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *