गुणस्तरहीन विकासको अनुगमन

फिचर मुख्य खबर समाज

तुलसीपुर, २ साउन । नेपाली कांग्रेसले पश्चिम दाङमा स्थानीयबाट गुनासो आएका विकास निर्माण योजनाको अनुगमन शुरु गरेको छ । नेपाली कांग्रेस साविक छेत्र नम्बर ४ का क्षेत्रीय सभापति जगत बहादुर खड्काको नेतृत्वको कांग्रेसको टोलीले बिहीबार दंशीशरण गाउँपालिका वडा नम्बर १ बाँकी रहरपुरस्थित गाउँपालिकाको ७ लाख बजेटमा सम्पन्न भएको कनरिया खोला सडक स्तरोन्नति योजनाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बजेट उडाउने र झारा टार्ने विकास गरेको भन्दै स्थानीयहरुसहित कांग्रेस नेताहरुले आपत्ति जनाएका थिए । तीनवटा सडक संरक्षण वालमध्ये एउटा ढलेर उठाएको अवस्थामा,
र अरु दुईवटा जीर्ण अवस्थामा पुगी ढल्ने तयारी अवस्थामा रहेको पाइएको कांग्रेस क्षेत्रीय सभापति जगत बहादुर खड्काले जानकारी दिए । क्षेत्रीय सभापति खड्काका अनुसार वडा अध्यक्ष श्रीप्रसाद चौधरीको आँगनसँगै रहेको वालसमेत नाजुक अवस्थामा रहेको छ ।
वडा अध्यक्षको घर अगाडिको बाटो संरक्षण गर्न बनाइएको वालबाटै वडा र गाउँपालिकाको विकास गुणस्तरहिन छ भन्ने पुष्टि भएको अनुगमन टोली र स्थानीयहरुले बताएका थिए ।

गुणस्तरहीन काम तत्काल रोकि गुणस्तरीय काम गर्न गाउँपालिकालाई आग्रह गर्दै जनताबाट लिइएको कर हिनामिना गर्ने अधिकार गाउँपालिकालाई नरहेको भन्दै आर्थिक पारदर्शीता र गुणस्तरीय विकासमा ध्यान नदिए कांग्रेस अनियमितता र गलत कामको भण्डाफोर गर्न बाध्य हुनेसमेत चेतावनी दिइएको छ ।
बजेट फोरफारक नहुँदै भत्किने विकास गरेर जनताको आँखामा छारो हाल्ने काम नगर्न समेत कांग्रेस नेता शम्भु गिरिले चेतावनी दिए । आर्थिक बर्ष ०७५÷७६ को योजना महिना दिन नपुग्दै भत्किन शुरु भएको हो ।
अनुगमन टोलीमा क्षेत्रीय सभापति खड्का, साबिक क्षेत्र नम्बर ५ का सचिव चूडामणि ढकाल, कांग्रेस नेताहरु शम्भु गिरी, यज्ञबहादुर विष्ट, एकराज डाँगीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *