- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयगुणस्तरहीन कालोपत्रे

गुणस्तरहीन कालोपत्रे

- Advertisement -spot_img

सरकारी निकायबाट हुने गरेका कतिपय कामहरु गुणस्तरहीन भएको भन्दै बेला बखत चर्चा हुने गरेको छ । अहिले नेपालभरी नै निर्माणाधिन पुल, सडक र केही निर्माण कम्पनीको विषय गुणस्तर र जिम्मेवारीको बहस चलिरहेको छ । दाङमा पनि यस्ता गुणस्तरहीन कामहरु भएको सार्वजनिक भएको छ । स्थानीय तहले गरेका काम हुन या अन्य निकायबाट भएका काम हुन्, त्यस्ता कामहरुमा गुणस्तरियताको सवाल उठिरहेको छ । पछिल्लो समय स्थानीय तहले जिल्लामा गरेको सडक कालोपत्रे गर्ने र बर्षौदेखि रोकिएको तर एक महिना अघि केही काम भएको फोरलेन सडकको गुणस्तरहीन काम भएको भन्दै नागरिकस्तरबाट सर्वत्र अहिले विरोध देखिन्छ । सरकारी तथा गैर सरकारी निकायबाट हुने सबै प्रकारका कामहरुमा गुणस्तरियता हुनुपर्छ । विकासको पूर्वाधार र आधार भने अहिले सडक सञ्जाल नै हो । सडकको सुधार र विकास भएपनि त्यसलाई विकसितको संज्ञा दिने गरिन्छ । त्यही विकासको आधार गुणस्तरहीन हुन थालेपछि विकासले स्थायित्व पाउने की पुरानै अवस्थातर्फ फर्कने भन्ने देखाउँछ । जिल्लामा स्थानीय निकाय हुँदादेखि नै स्थानीय तहले योजना ल्याउँदासम्म सडक पूर्वाधारलाई प्राथमिकता दिदै आएका छन् । तर जिल्लामा यसरी प्राथमिकतामा राखेका सडक र कालोपत्रे गरेको सडकमा समस्यै समस्या देखिन थालेका छन् । कतिपय कालोपत्रे सडक निर्माण भएको महिनामै कालोपत्रे उम्किएको र सडकभरी खाल्डा परेको सार्वजनिक भइरहनुले सडक योजना पूर्वाधार गुणस्तरहीन देखिदै आएको छ । मुख्य तथा सहायक सडकहरुमा यो अवस्था देखिएको छ । घोराही र तुलसीपुरको फोरलेन सडक त बन्दा बन्दै खाल्डाले भरिभराउ भएका छन् । दाङका अधिकांश सडकहरुमा यो अवस्था छ । यसलाई सम्बन्धित निकायले ध्यान र चासो दिएर सुधार गर्नु पर्ने देखिन्छ । सडक सञ्चालनलाई बढवा दिएर मात्रै हुँदैन । त्यसको कामप्रति पनि ध्यान दिन सकेमा समय–समयमा आउने विभिन्न समस्याहरु सहजै समाधान हुने छन् । विकास मात्रै गर्नेभन्दा पनि त्यसलाई गुणस्तर बनाउनेतर्फ सरोकारवाला निकायहरु लाग्नुपर्छ । गुणस्तरहीन कार्य गर्नेलाई कारवाही गर्दै यसबाट गुणस्तरियताको ग्यारेन्टी लिनेतर्फ लाग्नु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here