- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरगायत्री परिवारको अन्तरक्रिया

गायत्री परिवारको अन्तरक्रिया

- Advertisement -spot_img

तुलसीपुर, ३१ साउन । संस्कृतिको प्रभाव मानवीय जीवनमा महत्वपूर्ण हुने भन्दै गायत्री परिवारले जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
बिहीबार तुलसीपुरमा सम्पन्न उक्त कार्यक्रमले सनातन हिन्दू संस्कृति मानवीय जीवनमा व्यवहारिक रुपले लागू भएमात्र यस्ता विभिन्न चाडपर्व मनाउनुको महत्व एवं सार्थकता हुने विषयमा छलफलसमेत गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुरमा भएको उक्त अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले हिन्दू सनातन धर्मसँग जोडिएका साँस्कृतिक चाडपर्वले मानवीय जीवनमा सकारात्मक परिवर्तन आउने बताए ।
उनीहरुले धर्म , संस्कृति र परम्पराले मानवमा देवत्व तथा धर्तीमा स्वर्ण अवतरणको उद्देश्य अनुरुप संस्कारयुक्त परिवार, राष्ट्र र विश्व शान्ति तथा समृद्ध विश्व निर्माणको परिकल्पनालाई साकार बनाउन मद्दत पुग्ने बताए ।
गायत्री परिवार नेपाल दाङ नेपाल तुलसीपुर शाखाको सल्लाहकार तथा वडा नं. ७ का वडा अध्यक्ष टोप बहादुर केसीको अध्यक्षता तथा अखिल गायत्री परिवार शान्तिकुञ्जका नेपाल निर्देशक ओइन्द्र सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अवसरमा उनीहरुले यस्तो बताएका हुन् ।
उक्त अवसरमा बोल्दै गायत्री परिवार नेपाल दाङका कोषाध्यक्ष श्रीराम दहितले दिन प्रतिदिन गाउँ, समाज, राष्ट्र हत्या, हिंसा र अशान्तिमा गुज्रिएको बताउँदै यसको न्यूनीकरणमा गायत्री परिवारले विभिन्न किसिमका प्रयासहरु गरेको बताए ।
यसका लागि समाजमा रहेका विभिन्न सरोकारवालाहरुले सनातन हिन्दू संस्कृतिको महत्वलाई आम नागरिकको पहुँचमा पु¥याउन जोडिदिन आग्रह गरे ।
उक्त अवसरमा गायत्री परिवार तुलसीपुरका गायत्री साधक रुद्र प्रसाद बस्यालले संस्थाको वार्षिक गतिविधि र आगामी योजना प्रस्तुत गर्दै गायत्री परिवारको स्थापनासँगै धार्मिक, साँस्कृतिक र आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
यसैबीच गायत्री परिवारले जनैपूर्णिमा र रक्षाबन्धनको धार्मिक महत्वको बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो । प्रत्येक श्रावण शुक्ल पूर्णिमा तिथिका अवसरमा मनाईने यस पर्वले मानसिकको व्यवहार, चिन्तन र मननलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्ने धार्मिक र वैज्ञानिक मान्यता रहेको छ ।
उक्त अवसरमा जनैपूर्णिमाका दिन लगाईने जनैले यज्ञोपवित गर्नुको साथै वर्षभरको आत्मसमीक्षा, रक्षा शुत्र बाँध्नु व्रतमा संकल्पित गर्ने बताईएको थियो ।
यस दिन रक्षाबन्धन तथा जनै विधिपूर्वक सप्तऋषिको पूजाआजा गरी लगाउने गरिन्छ । यस्तै दश स्नानअन्र्तगत गोमूत्र, गोबर, दूध, दही, गोघृत, मह, भष्म, बेसार, जाँैतील, अपामार्ग, जललगायतका बस्तुले स्नान तथा पूजाआजा गरी मन्त्र पाठ गरि लगाउने जनै तथा रक्षाबन्धनले मानिसको नकारात्मक र कुविचारको अन्त्य गरी असल र संस्कायुक्त बनाउन मद्दत गर्ने धार्मिक विश्वाससमेत रहेको छ ।
कार्यक्रमका अध्यक्ष प्रमुख अतिथि केसीले गायत्री परिवारको मानवमा देवत्व तथा धर्तीमा स्वर्ण अवतरणको उद्देश्य संस्कारयुक्त परिवार, राष्ट्र र विश्व शान्ति तथा समृद्ध विश्व निर्माणको परिकल्पनालाई साकार बनाउन वडा कार्यालय तथा व्यक्तिगत रुपमा तन, मन र धनले समर्पित रहने बताए ।
उक्त कार्यक्रमका अवसरमा विशिष्ट अतिथि प्राध्यापक बनवारी सैनी तथा अतिथिहरु गायत्री साधक बालरोग बिषेशज्ञ डा. विजय प्रधान, समाजसेवी दुर्गा भण्डारी, पञ्जली योग नेपालका वरिष्ठ योग प्रशिक्षक दिपक बस्याल, भगवत सेवा समितिका मान भुसाल, समाजसेवी
ओमबहादुर वलीले धर्म संस्कृति मानवीय जीवनका लागि निकै महत्वपूर्ण भएकाले यसमा सबैको तन, मन र चिन्तनलाई समर्पित गर्न आवश्यक रहेको बताएका थिए । उक्त अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण गायत्री परिवार तुलसीपुर–७ कि अध्यक्ष तथा गायत्री साधक रुपा जिसीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here