- Advertisement -spot_img
Friday, April 16, 2021
Homeविचारगाठी न गुठी, जर–जरी उठी

गाठी न गुठी, जर–जरी उठी

- Advertisement -spot_img

सामान्य जनजिब्रोमा गाउँले भाषामा प्रयोग हुने पदावली हो ‘गाठा र गुठी जर–जरी उठी’ भन्ने । यो निकै महत्वपूर्ण टुक्का पनि हो । यो कुन प्रसंगमा प्रयोग हुन्छ भने ‘मानिसले आफ्नो औकातभन्दा माथिको कुरा गरेर व्यक्ति, समूह वा समाजका अगाडि ठूलो हुने र ठूलो बन्ने कोसिस वा अभ्यास ग¥यो भने यस्तो टुक्काको प्रयोग गरिन्छ । ठाँगी भनेको धन पैसा हो भने गुठी भनेको श्री सम्पत्ति हो ।]\
धन पनि छैन र श्री सम्पत्ति पनि छैन भने किन जर–जरी उठ्नु प¥यो ? किन ठूलो सपना देख्नु प¥यो ? किन आफ्नो हैसियत माथि उठाउनु प¥यो ? सबथोक चल्ने र बल्ने त धन सम्पत्ति नै हो नि ? यो कुरा त व्यक्तिका लागि मात्र लागू हुँदैन ।
यो कुरा त व्यक्ति, परिवार, समाज र सिंगो मुलुकका लागि लागू हुने कुरा हो । व्यक्तिको गाठागुठी छैन भने त्यस्तो परिवारको पनि समृद्धि हुन सक्दैन । यदि सिंगो मुलुकको नै गाठागुठीको कुरा छैन भने त्यस्तो मुलुकको पनि समृद्धि हुन सक्दैन । अहिले हाम्रो मुलुकमा पछिल्लो समयमा उठेको कुरा पनि यही हो । अर्थात् गुठीको कुरा गुठी भनेको सिंगो देशको साझा सम्पत्ति हो । यो जति बढ्दै जान्छ ।
उति देश समृद्ध हुँदै जान्छ । कुनै जातजाति, धर्म तथा सम्प्रदाय विशेष गुठी भए पनि त्यो सिंगो देशको साझा गुठी हो । त्यसको संरक्षण र सम्वद्र्धनका लागि सम्पूर्ण व्यक्ति, शक्ति तथा सरकार एक ढिक्का भएर लाग्नु पर्दछ ।
गुठी त यो देशको संस्कृति र संस्कारलाई चलाउने साधन र स्रोत हो । संस्कार हरायो भने, भोलि के हुने ? संस्कृति हरायो भने, भोलि कहाँ जाने ? सभ्यता हरायो भने भोलि के बन्ने ? परम्परा हरायो भने, भोलि कहाँ भाग्ने ? सबैलाई बाँधेर राख्ने र जोगाएर र राख्ने गुठी किन आज विवादिन बन्दैछ ? गुठीलाई चलाउन खोजिएको किन हो ? गुठीलाई हेर्न खोजेको किन हो ? गुठीलाई तौलन खोजेको किन हो ?
गुठीलाई नाप्न खोजेको किन हो ? गुठी कति छ र कति थियो भन्ने कुरा सम्बन्धित निकाय तथा सञ्चालकले यथार्थ विवरण दिन सक्दैनन् । यदि आफ्नो मातहतमा भएको गुठी यति र उति भनेर विवरण दिन सक्दैनन् भने सम्बन्धित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन किन नसक्ने ? अन्य हराएको थाहा हुँदैन । लत्ताकपडा हराएको थाहा हुँदैन । धन पैसा हराएको थाहा हुँदैन ।
तर जग्गा जमिन हराएको पनि थाहा नहुने कुनै दुनियाँमा छ र र? जमिन त आजभन्दा सयौं वर्ष अघिको कोही कसैले अवैध तरिकाले भोगचलन गरेको रहेछ भने पनि त थहा त अवश्य हुन्छ नि ? यस्तो सजिलै थाहा हुने र सजिलै पत्ता लाग्ने ।
न त बोक्न मिल्ने । न त सार्न मिल्ने । न त मास्न मिल्ने । न त लुकाउन मिल्ने । न त बुकाउन मिल्ने । न त निल्ने मिल्ने । न त पिउन मिल्ने । अजर–अमर सम्पत्तिलाई पनि किन यो नाटक र अभिनय गरेको हो ?
आज पनि कुन संघसंस्था वा मठमन्दिरको जग्गा कहाँ र कसरी प्रयोग भएको छ ? भनेर निष्पक्ष र पारदर्शी आँखाले हेर्न र देख्न चाहने हो भने त स्पष्ट देखिन्छ नि ? त्यहीबाट थाहा हुन्छ कि ‘गुठीको जग्गाले मोटायो र को दुब्लायो ?
यदि आजको सरकारको चासो गुठीको जग्गाबाट अवैध मानिस मोटाए र खोजतलास गर्नोस् । तुरुन्त पत्ता लाग्नेछ । प्यूठानको स्वर्गद्वारामा जानोस् र त्यहाँको सम्पत्ति सोधखोज गर्नोस् । स्वर्गद्वारी गुठीका नाममा भएको जग्गा कहाँ–कहाँ कति कति हो ? र त्यहाँ अहिले क–कसले भोगचलन के कसरी भएको छ ? पत्ता लगाउनुस् । यदि वैध तरिकाले प्रयोग भएको छ भने ठीक छ भन्नोस् ।
यदि अवैध तरिकाले प्रयोग भएको छ भने स्वामित्व कायम गराउनोस् । यस्तैगरी दाङको चौघेरामा जानोस् र त्यहाँको जग्गा जमिनका बारेमा सोधखोज तथा अनुसन्धान गर्नोस् ।

आज जसरी गुठी बसेको छ र बचेको छ, त्यसलाई थप व्यवस्थित गरी दुरुपयोग हुनबाट जोगाउने र वास्तविक गुठीको स्वामित्व हस्तान्तरण गर्ने नै आजको टड्कारो आवश्यकता हो । गुठी विधेयक आउनु र फिर्ता हुनु गौण कुरा हो । समग्र गुठीको संरक्षण र सम्वद्र्धन गर्नु ठूलो कुरा हो । यदि हामीले सिंगो देशको संरक्षण र सम्वद्र्धन गर्नु ठूलो कुरा हो । यदि हामीले सिंगो देशको गुठीलाई जोगाएर राख्न सक्यौं भने सबैको जित भयो अन्यथा यो आजको विधेयक आउनु र जानुले कुनै ठूलो अर्थ राख्दैन र जित तथा हारको पनि मापन गर्न सक्दैन ।

त्यो गुठीको जग्गाबाट वैद्य व्यक्तिलाई लाभ पुगेको छकि अवैध व्यक्तिलाई पत्ता लगाउनुहोस् । यदि अवैध व्यक्ति मोटाएका छन् भने आजसम्मको उब्जनी भराउ गराई कारवाही चलाउनुहोस् र जग्गाको स्वामित्व हस्तान्तरण गर्नुहोस् । जसले न्यायसंगत ढंगले जोतभोग र चलन गर्न पाउनुपर्ने हो त्यसले निर्वाध ढंगले भोगचलन गर्न पाउनु प¥यो । यसमा कसैको पनि आपत्ति र दुईमत छैन ।
यो अभियानमा सबैले सहयोग गर्नेछन् । कुरा गर्ने जमिनका, काम गर्ने तोरीको गेडा खोज्ने ? कहाँबाट मिल्छ कुरा ? सरकारले तोरीको गेडा वनमा खसे झै खोज्न चाहन्छ र अभियान चलाउन चाहन्छ ।
जुन कुरा जरुरत नै छैन । कुनै पनि धार्मिक स्थलको जग्गा सोधखोज गर्न कुनै गाह्रो छैन । यदि कसैको संरक्षण र सम्वद्र्धनको चासोका साथ अघि बढ्ने हो भने गुठीको जग्गा वर्षौपिच्छे हराएको छ, त्यसैले हराएको खोज्नलाई आयोग चाहियो, भनेर सरकार भन्छ भने त्यो गलत हो । जग्गा हराउन सक्दैन र हराएको जग्गा नभेटिन पनि सक्दैन । चासो र चाहना हुनुप¥यो । वास्तविकको नाममा जग्गाको स्वामित्व जानुप¥यो । गुठीको जग्गा जम्मा भयो कसरी ?
गुठीको जग्गा दियो कसरी ? गुठीको जग्गा यिो कसरी ? कुनै व्यक्ति विशेषको जग्गा गुठीमा परिणत भयो कसरी ? यो पनि बुझ्न नितान्त जरुरी छ । हिजो जग्गा प्रशस्त हुने समयमा कसैले धार्मिकस्थलका नाममा जग्गा दियो ।
आज त्यही दाता खान नपाता बन्यो । उसैले आज त्यो जग्गा आफ्नो नाममा पार्न खोजेको अभ्यास र कसरत पनि छ । यस्तो अवस्थामा न्यायीक कुरा के हो श्र हिजो १०० रुपैयाँ विगाह हुने बेलामा दिएको जग्गा आज करोड र अबर पुग्न लाग्यो भनेर फिर्ता माग्न सुहाउँछ ? यस्तो अवस्थामा जग्गाको स्वामित्व हस्तातन्तरण गर्न सकिन्छ ? सस्तो हुनेबेला दिने र महंगो हुने बेला फिर्ता लिने पनि दान र दाता हुन्छ ।
गुठीमा यस्ता कुरा पनि चल्छन् भनेको सुन्न पाइन्छ । अर्कोतिर के कुरा हो भने जसले हिजोदेखि आजसम्म जोतभोग ग¥यो त्यस्तो सामान्य वर्ग र सामान्य हैसियतका किसानलाई कुनै पनि सम्बोधन नगर्ने र विचौलियाले धन्दाको रुपमा जग्गा खरिद बिक्री गरी रहने यो पनि सुनेकै कुरा हो ।
जग्गादाता र विचौलियाको चलखेलबाट गुठीलाई बचाउने कोसिस गर्नैपर्छ । अन्यथा गुठीमाथि ठूलो घेराबन्दी नै चाहिन्छ भन्ने होइन । यसको नियन्त्रण र नियमन दरो तरिकाले हुन सक्ने हो भने केन्द्रीयस्तरबाटै मात्र पन ियसको नियन्त्रण गर्न सकिन्छ । प्रादेशिक र स्थानीयसम्म आउनु पनि पर्दैन । यहाँ गुठी भन्ने बित्तिकै जो कोहीले बुझ्दैनन् । यसलाई जसरी सञ्चालन गरे पनि हुन्छ भन्ने सोंच नितान्त गतल हो ।
नबुझ्नेले कत्ति बुझेका छैनन् बुझ्नले कुनै पनि बाँकी राखेका छैनन । सर्वथोक थाहा छ र सर्वथोक जानकारी छ । प्यूठानबासीलाई स्वर्गद्वाराीको सम्पत्तिको बारेमा थाहा छैन । विल्कुलै थाहा छ र सबथोक थाहा छ । दंगालीबासीलाई चौघेरा गुठीको बारेमा थाहा छैन होला । सर्वथोक थाहा छ र सर्वथोक जानकारी छ । गुठीको सम्पत्ति आकाशबाट खसेको पनि होइन । धर्तीबाट उम्रेको पनि होइन, दाता पनि यही जनता हुन् । खाता पनि यही जनता हुन् । दाताले नदिएर त सम्पत्ति जम्मा भएन होला ।
दाताको तीनपुस्ते, छ पुस्ते, नौ पुस्ते जति भएपनि केही न कोही न कोही त छन् होला । त्यसैले जब दाताबाट जम्मा भएको सम्पत्ति जोगाउने कुरा चल्छ त्यसमा सरकार मात्र चनाखो हुनुपर्दैन । त्यसमा खर्च दाता, पाता र चलाता यी तिनै अवस्थाका व्यक्ति र शक्ति सचेत र सजग हुनुपर्छ । दाताले दिएँ, नाग गरे मेरो जिम्मेवारी सकियो भन्नु भएन । पाताले पाएँ, भेट्टाए भनेर मात्र भएन । जम्मा गरेर मात्र भएन । धेरै भयो । पुग्यो र नियन्त्रणभन्दा बाहिर गयो भन्नु भएन ।
त्यस्तै चलाता चलाउने वा भोगचलन गर्नेले पनि चलाएँ, भोगे र खाए भनेर सोच्नु भएन । यो सबैको साझा गुठी हो । जब व्यक्तिबाट संस्थामा गयो भने त्यो राष्ट्रको पुँजी बन्छ । सबैको सम्मान बन्दछ । यसले संरक्षण गर्ने उसले नगर्ने भन्ने नै हुँदैन । देशभरी नै विभिन्न नामले गुठी संस्थामा सक्रिय छन् र गुठीको सम्पत्ति मौजुदा छ ।
यस्तो परिस्थितिमा प्यूठान–दाङ र काठमाडौँका कुरा मात्र गरेर पुग्दैन । देशभरकै ७७ जिल्लामा रहेका निजी, सार्वजनिक, व्यक्तिगत तथा राज गुठीको पहिचान गरी जनतासम्मलाई पनि सचेत बनाउने अभियानमा लाग्नु पर्दछ । हरेक जिल्लाका नागरिकले आफ्नो यथा–यथा स्थानमा भएका यथा–यथा गुठीलाई पहिचान गरेर त्यसको सम्पत्ति विवरण थाहा पाएर त्यसको सदुपयोग वा दुरुपयोग के भएको ? भन्ने बारेमा जानकारी राख्ने हैसियत स्थापित गर्नुपर्छ ।
देशभरकै गुठी बचाउमा लोभ र मोह लाग्ने छ र जाग्ने छ । जसका कारण गुठी बच्नुको सट्टा सिद्धिएर जानेछ वा सखापै हुनेछ । जब यो संरक्षण गर्न सकिने छैन । तब भन्ने बेला हुनेछ ‘गाठी नगुठी जर–जरी उठी’ देशको सम्पदा पनि छैन । सम्पत्ति पनि छैन । संस्कार पनि छैन । परम्परा पनि छैन । धर्म पनि छैन । रितिरिवाज पनि छैन । अनि के को चुरीफुरी ? के को लुरीखुरी ? विकास के हो ? समृद्धि के हो ? शान्ति के हो ? सुखी के हो ? खुसी के हो ? सबै बत्री बालेर खोज्नु पर्ने हुनेछ ।
गुठी बच्दासम्म मात्र यसलाई बचाउने मन लाग्नेछ । जब गुठी सम्माप्त भएरै जानेछ तब कसैलाई पनि फिर्ता गर्ने र फर्काउने आँट हिम्मत र साहस आउनेवाला छैन । आज जसरी गुठी बसेको छ र बचेको छ, त्यसलाई थप व्यवस्थित गरी दुरुपयोग हुनबाट जोगाउने र वास्तविक गुठीको स्वामित्व हस्तान्तरण गर्ने नै आजको टड्कारो आवश्यकता हो ।
गुठी विधेयक आउनु र फिर्ता हुनु गौण कुरा हो । समग्र गुठीको संरक्षण र सम्वद्र्धन गर्नु ठूलो कुरा हो । यदि हामीले सिंगो देशको संरक्षण र सम्वद्र्धन गर्नु ठूलो कुरा हो । यदि हामीले सिंगो देशको गुठीलाई जोगाएर राख्न सक्यौं भने सबैको जित भयो अन्यथा यो आजको विधेयक आउनु र जानुले कुनै ठूलो अर्थ राख्दैन र जित तथा हारको पनि मापन गर्न सक्दैन । सबैमा चेतना भया ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here