गाउँ–गाउँमा काँग्रेसको जनजागरण

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, ३ असोज । नेपाली काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियानअन्तर्गत बिहीबार पश्चिम दाङ क्षेत्र नम्वर ३ ‘ख’ स्थित साविक पंचकुलेको कटकुईयाँमा पुगेको छ । पार्टीको संगठन विस्तारसँगै नागरिकलाई सचेतना दिन काँग्रेसको जनजागर अभियान गाउँ–गाउँमा पुगेको हो ।
नेपाली काँग्रेस क्षेत्र नम्वर ३ ‘ख’ का सभापति खिमबहादुर वलीको सभापतित्व एवं केन्द्रीय प्रतिनिधि मोहन बरालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि वरालले सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्दै आगामी मंसिर १४ गते हुन लागेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन सशक्त भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्वर ३ का सभापति जगत बहादुर खड्का, काँग्रेस नेताहरु केशव आचार्य, खिमप्रसाद खराल, देविका नेपालीलगायतले कम्युनिष्ट सरकारको अन्यायका विरुद्ध सबै काँग्रेसहरु एक भएर पश्चिम दाङको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउने अभियानमा अहिलेदेखि नै इमान्दारीपूर्वक लाग्न आग्रह गरे ।
क्षेत्रीय कोषाध्यक्ष भद्र खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा साविक पंचकुलेका ईकाई सभापति रुद्रबहादुर डाँगीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चूडामणि ढकालले गरेका थिए । यस्तै दाङका अन्य प्रदेश क्षेत्रहरुमा पनि राष्ट्रिय जनजागरण अभियान अन्तर्गतका कार्यक्रम जारी रहेको नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले जानकारी दिए ।
यसैगरी काँग्रेसको दोस्रो जागरण अभियान राप्ती गाउँपालिका–८ पिपरीमा पनि बिहीबार भएको छ । नेपाली काँग्रेसले जनतालाई सचेतना दिन नेता कार्यकर्तालाई गोलवद्ध बनाउन दोस्रो चरणको जागरण अभियान बिहीबार पिपरीमा भएको हो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारासहित नेता कार्यकर्ता तथा नेपाली काँग्रेसमा आस्थावान सबैलाई उत्साहपूर्ण सन्देश दिन राष्ट्रब्यापी दोस्रो चरणको जागरण अभियानको थालनी गरेको नेपाली काँग्रेस केन्द्रीय प्रतिनिधि तथा ५ नं प्रदेशका प्रदेश सभा सदस्य भूवनेश्वर चौधरीले बताए ।
दाङ क्षेत्र नं १ ‘क’ का सभापति ताराबहादुर डिसीको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय प्रतिनिधि तथा ५ नं प्रदेशका प्रदेश सभा सदस्य भूवनेश्वर चौधरीको प्रमुख आतिथ्यतामा भएको जागरण अभियानमा साविक सिसहनिया हाल राप्ती गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
त्यस अवसरमा क्षेत्र नं १ का सभापति भेषराज पाण्डे, महासमिति सदस्य नुमानन्द सुवेदी, लाल महोम्मद मियाँ, पूर्व जिल्ला उपसभापति नारायण विसी, जिल्ला सदस्य भिमलाल चौधरी, हरि भुसाल, लालमटिया सिसहनिया इकाई सभापति दुर्याेधन पाण्डे, बेदप्रसाद चौधरी, महिला संघ सिसहनिया अध्यक्ष जगदम्वा कुमारी चौधरी, इकाई सल्लाहकार देव नारायण चौधरी, सचिव रेशम बहादुर रावत, कोषाध्यक्ष गोवद्र्धन रावत,
सिसहनिया वडा नं. १ संयोजक विद्याशरण चौधरी इकाई सचिव तीर्थराज ज्ञवालीलगायतले जागरण अभियान तथा विगत र वर्तमान अवस्थामा नेपाली काँग्रेसको अवस्था, चुनौति, अवसरका बारेमा उपस्थित सहभागीहरुलाई सन्देश, उत्साह र जानकारी दिए ।
नेपाली काँग्रेस राप्ती गाउँपालिका तथा क्षेत्र नं. १ ले असोज ३ गते दिउँसो र साँझ संविधान दिवसको सुखद अवसरमा भालुवाङलगायत १ नं क्षेत्रमा दिप प्रज्वलन तथा खुशीयाली साटासाट गर्ने कार्यक्रमको आयोजनासमेत गरिएको छ । दिप प्रज्वलन कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोधसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *