गाउँमै स्वरोजगार बन्दै युवा

मुख्य खबर समाज

घोराही, २० मंसिर । गाउँमा कुनै रोजगारी छैन भनेर सहर पस्ने जमातको कमि छैन । सुन्दर भविष्य खोज्दै शहर पस्ने गरेको युवाको तुलानामा हिजोआज गाउँमै राम्रो रोजगारीको वातावरण मिलाउन थालेका छन् युवाहरू ।
आफूले सिकेको सीप किन नहोस् वा खाली खेतबारी नै किन नहोस् । पछिल्लो समयमा युवाहरू यसरी नै गाउँमा नै स्वरोजगार बन्दै गएका छन् ।चाहे बाह्रैमास तरकारी खेती गरेर होस् वा कुखुरा, माछा तथा बंगुर पालेर होस् ।
राम्रो आम्दानी गर्न थालेका छन् । लमही नगरपालिकाका बनकट्टाका रमित चौधरीका हातमा खाना पकाउने ग्याँस मर्मतदेखि कुखुरा पाल्ने सिप छ । त्यो सीपलाई उनले गाउँमै सदुपयोग गरेर राम्रो आम्दानी गरीरहेका छन् ।
शहरका मानिसहरू लोकल भालेका परिकार, माछाका फ्राई खोज्न उनलाई भ्याई नभ्याई भएको छ । आफ्नो व्यवसाय सञ्चालन गर्न । ‘सुनसान गाउँ थियो, धेरै मानिसको आवतजावत त्यति थिएन्’ चौधरीले शुरूमा आफूले व्यवसाय सञ्चालन गर्दाको क्षणलाई सम्झदै भने ‘यही सानो पसल गरेर लोकल माछा तथा भालेका परिकारको बनाउँछु ।’ शुरू–शुरूमा उनले सोचे जस्तो व्यवसाय भएन् । ‘एकै पटक हुँदो रहेनछ, आत्तिनु हुँदो रहेनछ’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।
शुरूमा केही ग्राहक भए त्यसपछि उनको परिकारले अन्य ग्राहक पनि थपिए । त्यसपछि व्यवसाय फस्टाउँदै गयो । उनलाई व्यवसाय सञ्चालन गर्नको लागि न कुनै सरकारको सहयोग मागे न कुनै युवा स्वरोजगारमा नै पुगे । गाउँमै ऋण लिएर आफ्नो व्यवसाय गरे ।
जसले गाउँमै भविष्य देखे । ५० हजारको लगानीबाट व्यवसाय शुरू गरेका चौधरीले अहिले लाखौँको लगानी गरेका छन् । उनी पैसा कमाउनकै लागि विदेश पनि नगएका होइनन् ।
उनले विदेशमा सोचेजस्तो कमाउन सकेनन् । कहिले विदेश नजाने र आफ्नै गाउँमा केही गर्ने कसम खाएर उनी स्वदेश फर्किए । ‘आफनो हातमा सीप भएपछि गाउँमा नै राम्रो आम्दानी हुँदोरहेछ’ उनले भने । चौधरीको होटलमा शहरको जस्तो सुविधा सम्पन्न छैन् । सामान्य काठका फर्निचर छन् तर त्यस्तैमा बसेर खानको लागि लोकल माछा तथा कुखुराको स्वाद लिनको लागि आउने गर्छन् ग्राहकहरू ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १६ का प्रकाश नेपाली पनि गाउँमै बंगुर व्यवसाय गरेर राम्रो आम्दानी गर्न थालेका छन् । शुरूमा त उनी पनि घोराही बजारमा कहिले होटल त कहिले किराना पसल खोलेर गुजारा चलाए ।
त्यहाँ राम्रो आम्दानी नभएपछि गाउँमै गएर खाली जग्गामा बंगुर पाल्ने योजना बनाए । ‘हामी गाउँमा पनि आत्मनिर्भरको लागि धेरै सम्भावना छ भन्ने कुरा बुझेकै रहेनछौँ’ उनले भने ‘गाउँमा प्रशस्त श्रोत साधनहरू छन् जो हामी प्रयोग गर्न जान्दैनौ ।’
गाउँमै दुई कठ्ठा रहेको खाली जग्गा जो प्रशस्त सिंचाईको सुविधा छैन् । त्यो जग्गालाई उनले बंगुर पालेर प्रयोगमा ल्याएका छन् । शुरूमा नेपालीले दुई÷दुई हजारको एउटा बंगुरको पाठा र पाठी किनेर व्यवसाय सञ्चालन गरे । अहिले उनले १३ वटा बंगुर र २५ वटा पाठापाठी पालेर राम्रो आम्दानी गरिरहेका छन् महिनामा नै उनले एक लाख बढी आम्दानी गर्ने गरेको उनले बताए ।
त्यस्तै धारपानी मन्दिर नजिकै धारपानी रोडमा घोराहीका केशवराज पाण्डेयले मस्रूम रेस्टुरेण्ट एण्ड कटेज सञ्चालन गरेर राम्रो आम्दानी गरेका छन् । उनले सञ्चालन गरेको त्यो कटेज अहिले प्रख्यात भएको छ ।
उनले गाउँमा नै उत्पादन भएको च्याउबाट विभिन्न परिकार पकाएर ग्राहकरूलाई खुवाउने गरेका छन् । ‘गाउँमा जति सुविधा दिए पनि आम्दानी हुँदैन की भन्ने चिन्ता थियो’ उनले भने ‘अहिले सोचेभन्दा राम्रो आम्दानी हँुदै गएको छ ।’
उनले च्याउको मःमः, पकौडा, सुप लगायतका विभिन्न परिकारको व्यवस्था गरेका छन् भने लोकल कुखुरा, बढिया भाले, खसी तथा माछाका परिकारको पनि व्यवस्था गरेका छन् । गाउँमा पनि राम्रो व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।
यि रमित, प्रकाश र केशव मात्रै होइन् पछिल्लो समयमा गाउँमै पनि विभिन्न व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । शान्त र परम्परात परिकार तथा स्थानीय उत्पादनमा पछिल्लो समयमा ग्राहकरूको पनि रूचि बढ्दै गएको छ । जसकारण गाउँमा नै युवाहरू व्यवसाय गरेर स्वरोजगार हुँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *