- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरगाँजा नियन्त्रणमा प्रहरी

गाँजा नियन्त्रणमा प्रहरी

- Advertisement -spot_img

तुलसीपुर, ८ जेठ । दाङमा प्रहरीले गाँजा फडानी गरेको छ । घोराही उपमहानगरपालिका–५ का विभिन्न स्थानमा अवैधरुपमा फैलिएको गाँजाको विरुवा फडानी गरेको हो ।
गाँजा लागूऔषधजन्य पदार्थ भएको भन्दै प्रहरीले गाँजा नियन्त्रण अभियानमा लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए । जिल्लाका विभिन्न स्थानमा फैलिएको गाँजा प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा नियन्त्रण गर्ने अभियानमा लागेका छौँ उनले भने ।
प्रहरीले बुधबार घोराही–५ का विभिन्न स्थानमा करिब २२ सय विरुवा फडानी गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहालसहित स्थानीयको सक्रियतामा अवैधरुपमा फैलिएको गाँजाका विरुवाहरु नियन्त्रणमा ल्याएको प्रहरी प्रवक्ता शाहले बताए । गाँजाबाट चरेसजस्तो लागूपदार्थ बन्ने भएकाले पनि गाँजा नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
गाउँमा अवैधरुपमा फैलिएको गाँजाका कारण युवाहरु सेवनमा संलग्न हुने र समाज विकृती बढ्दै जाने हुँदा गाँजाका विरुवाहरु नियन्त्रण गरिएको वडा अध्यक्ष दाहालले बताए । गाँजाको बोट नियन्त्रणमा स्थानीयले पनि सक्रियता जनाएका छन् ।
दाङमा गाँजाको खेती नगरिए पनि अवैधरुपमा गाँजा फैलिन थालेपछि प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले सक्रियता देखाएका छन् । जिल्लाका दशवटै स्थानीय तहमा गाँजा नियन्त्रण गरिने प्रहरीले जनाएको छ । अवैधरुपमा फैलिएको गाँजाले बढ्दो लागूऔषध दुव्र्यसनीलाई थप सहयोग पुग्ने नियन्त्रणमा लागेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here