Thursday, April 11, 2024
Homeसम्पादकीयगलत राजनीति

गलत राजनीति

- Advertisement -spot_img

राजनीति एउटा सेवामूलक काम हो । राजनीतिका माध्यमबाट मुलुक परिवर्तन भएका उदाहरणहरु छन् तर पछिल्लो समय राजनीतिलाई गलतरुपमा लैजाँदा नागरिकको राजनैतिक नेतृत्वमाथि नै वितृष्णा जाग्न थालेको छ ।
राजनीति गर्ने नाममा पछिल्लो समय विभिन्न गतिविधि हुने गरेका छन् । जनतामाझ राम्रा काम गरेर राजनीतिक छवि राम्रो बनाउनुको सट्टा राजनैतिक दलका नेतृत्वहरु एकअर्कालाई आरोप प्रत्यारोप गरेर विकास कामलाई ओझेलमा पार्ने गरेका छन् ।
अझ त्यतिमात्र नभएर विद्यालयदेखि विभिन्न विकास निर्माणका काममा राजनीति घुस्दा नागरिकले अहिले पनि हैरानी खेप्नुपरेको छ । कुनै पनि संघसंस्थामा नेतृत्व गर्ने जुन राजनैतिक पार्टीको छ, उसले सम्पूर्ण जनशक्ति आफ्नो पाटीतर्फ लैजान खोजेको देखिन्छ ।
सोमबार पनि यस्तै भएको छ । नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै दाङको दंगीशरण गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकले विद्यालय नै बन्द गरेर शिक्षक तथा विद्यार्थीलाई विजयउत्सवमा सहभागी हुन आदेश जारी गरे । विद्यालय बन्द भएपछि विद्यार्थीको पठनपाठन अवरुद्ध भयो ।
विद्यालयका प्रधानाध्यापक ज्योतिप्रसाद चौधरी नेकपा निकट हुन् । उनले नेकपाले आयोजना गरेको उत्सव ¥यालीमा सबै विद्यार्थीलाई जान हौस्याए । उनकै कारण सोमबार विद्यार्थीको अध्ययन–अध्यापनमा समस्या भयो । अर्कोतर्फ विद्यार्थीमा पनि राजनीतिप्रति गलत नजिर बस्यो ।
विद्यालयका प्रधानाध्यापकले नै विद्यालयको समयमा राजनीति गर्न हौस्याएपछि आम नागरिकमा राम्रो सन्देश गएको छैन् । विद्यार्थीको पढाइमाथि नै असर पुग्ने गरी शिक्षा नियमावलीविरुद्ध विद्यालय बन्द गर्ने प्रधानाध्यापकलाई कारवाही हुन्छ कि हुँदैन् ? आउने समयले बताउला तर विद्यालय बन्द गरेरै विद्यार्थी तथा शिक्षकलाई एउटा पार्टीको कार्यक्रममा लैजानु गलत हो ।
सोमबार दंगिशरण–३ पदमपुरमा रहेको सरस्वती आधारभूत विद्यालयमा भएको यो घटनामा सम्बन्धित निकायको समयमै ध्यान पुग्न जरुरी छ । विद्यालय नै बन्द गरेर राजनीतिक पार्टीको कार्यक्रममा सहभागी हुन आदेश गर्ने विद्यालयका प्रधानाध्यापकलाई कारवाही हुन सकेन भने फेरि पनि यस्ता बेथिति मौलाउँदै जाने देखिन्छ ।
स्थानीय सरकारमा शिक्षाको सम्पूर्ण अधिकार आउँदा पनि स्थानीय सरकारले यस्ता कुरामा नियमन गर्न सकेको देखिदैन । अहिले पनि विद्यालयमा विभिन्न समयमा यस्ता समस्यादेखि नै रहेका छन् । शिक्षा नियमावलीमा शिक्षकले राजनीति गर्न हुँदैन् भनेर व्यवस्था गरेपनि अधिकांश विद्यालयमा शिक्षकले राजनीति गरिरहेको पाइन्छ ।
शिक्षक पनि नागरिक हुन् राजनीति गर्न पाउलान् तर विद्यालय समयबाहेक अन्य समयमा भनेर भनिएपनि व्यवहारिकरुपमा कार्यान्वयन आउन सकेको छैन् । यस्तै कारण राजनीतिलाई नागरिकले फोहोरी खेलका रुपमा लिने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here