- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरगलतलाई संरक्षण गर्दा संगठन ध्वस्तः चैतु

गलतलाई संरक्षण गर्दा संगठन ध्वस्तः चैतु

- Advertisement -spot_img

तुलसीपुर, १६ मंसिर । काँग्रेसका पुराना नेता पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति तिर्थराज ज्ञवाली (चैतु)ले काँग्रेसमा गलतलाई संरक्षण गर्ने परिपाटीले संगठन ध्यवस्त हुँदै गएको बताएका छन् । नेतृत्वले गलत ब्यक्ति र नेतालाई संरक्षण गर्दा संगठन ध्वस्त भयो, चैतुले भने, अब सोचलाई परिवर्तन गरेमात्रै संगठनलाई बचाउन सकिन्छ । नत्र चौपटै हुन्छ । विपक्षीसँग लड्नुको साटो पार्टी भित्रै गुट उपगुट निर्माण गर्ने र लडाई गरेर पार्टी र संगठन पूर्णरुपमा ध्वस्त भइसकेको उनले बताए । नेतृत्वकै कारण कार्यकर्ता विभाजन समेत भएको चैतुले आरोप लगाए ।
तुलसीपुर उद्योगी ब्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशनलाई शनिबार सम्बोधन गरेका नेता चैतुले काँग्रेसका नेताहरु आफू–आफू गुट बनाएर हिड्ने संगठन विस्तारमा चासो नदिने र घात अन्तरघातमा लाग्दा कार्यकर्ताहरु पनि विभाजन हुँदै गएको पार्टी चिराचिरा परेको बताए । धेरैपछि सार्वजनिक कार्यक्रममा बोलेका चैतुले जिल्ला नेतृत्वले समेत कुनै पनि कार्यकर्ता र संगठन संरक्षणमा चासो नदिएको गुनासो गरे । म नेतृत्वलाई पार्टी सुधारका लागि आग्रह गर्छु, उनले भने, हामीले खुन–पसिना एक गरेर निर्माण गरेको संगठन र पार्टीलाई ध्वस्त बनाउन पाइदैन । उनले ‘नेता खुमबहादुर खड्काको निधनपछि नेतृत्वको होडबाजी चलेको भन्दै उहाँको स्थान कसैले लिन नसक्ने बताए ।’ चैतुले अब नेतृत्व गर्नेहरुले खुमबहादुरको बाटो र दिशामा हिड्न सक्नुपर्ने बताए ।
अहिले त घात अन्तरघात भइरहेको देख्छु, उनले भने, जिल्लामै अहिले मैले १४ वटा त गुट नै देखिरहेको छु । घात अन्तरघातलाई अन्त्य गरेर पार्टी एक बनाएर जाने समय आएको भन्दै पार्टीमा पुनःजागरण आवश्यक रहेको बताए । उनले ब्यवसायीहरु एक भएर जान सक्नुपर्ने बताए । जिल्ला नेतृत्वप्रति खरोरुपले आलोचनामा उत्रिएका चैतुले जिल्ला कार्यसमितिलाई पूर्णता दिन नसक्नु वर्तमान नेतृत्व लाजमर्दाे भएको टिप्पणी गरे ।

घात अन्तरघातलाई अन्त्य गरेर पार्टी एक बनाएर जाने समय आएको भन्दै पार्टीमा पुनःजागरण आवश्यक रहेको बताए । जिल्ला नेतृत्वप्रति खरोरुपले आलोचनामा उत्रिएका चैतुले जिल्ला कार्यसमितिलाई पूर्णता दिन नसक्नु वर्तमान नेतृत्व लाजमर्दाे भएको टिप्पणी गरे ।


पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्रको एकता अनिवार्य भएको बताए । जिल्लाका सबै नेता कार्यकर्ताहरु पार्टी र संगठनका लागि लाग्नुपर्ने भन्दै गुट–उपगुटले काँग्रेसलाई राम्रो बाटोमा नलैजाने बताए । उनले बामपन्थीको दम्भ मेटाउन गुट–उपगुट त्यागेर सबै एक हुनुपर्ने बताए । गिरीले वर्तमान सरकार फ्लप भइसकेको बताए । सरकार फ्लप भएपछि प्रधानमन्त्री ओली निरास बनिसकेको दाबी उनले गरे । ‘ओली नेतृत्वको बहुमतको सरकार फ्लप भइसकेको छ, अब यो सरकारबाट कुनै आशा गर्नु बेकार छ । प्रधानमन्त्रीले आफ्नो तस्विर टाँसेर नयाँ युगको सुरुवात भयो भन्नु जग हसाउने काम भएको बताए ।
नेता गिरीले ओली सरकारले समाजमा शान्ति सुरक्षा कायम गर्न नसकेको, निर्मलाको हत्यारालाई संरक्षण गरेको, सुनकाण्ड भित्रका ठूला मान्छेलाई जोगाएको, जनताको ढाड सेकिने गरी कर असुली बढाएको बताए । कुनै काम गर्नु नपर्ने, तर झुट्टा गफको ढोङले सत्ता सञ्चालन गर्न खोज्ने प्रवृतिको काँग्रेस खिलापमा उत्रने उनले बताए । प्रदेश सांसद् तथा पूर्व राज्यमन्त्री डिल्ली बहादुर चौधरीले निर्वाचन र संगठनलाई बलियो बनाउन सकेमात्रै पार्टी बलियो हुने बताए । उनले काँग्रेस बलियो भयो भने मात्रै प्रजातन्त्र बलियो हुने भन्दै प्रजातन्त्र बलियो बनाउनतर्फ लाग्नु पर्ने बताए । संगठन बनाउँदा घर बस्ने पछि उपलब्धि खोजेर नपाइने भन्दै उनले संगठन निर्माणमा नेतृत्व जुट्नु पर्ने बताए । बाली लगाउन नजाने तर भित्र्याउन तम्सिने परम्परा काँग्रेसमा भएको ब्यङ्ग्य गर्दै चौधरीले अब बाली पनि लगाउने र भित्र्याउने गरी पनि जानुपर्ने बताए । चौधरीले बर्तमान सरकारले शान्ति सुरक्षा र विकासमा एउटा सिन्को पनि नभाचेको आरोप लगाए । कार्यक्रममा बोल्ने ब्यवसायी तथा राजनीतिज्ञले जिल्लामा ब्यवसाय गर्ने उद्योग कलकारखाना सञ्चालन गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताए । उनीहरुले ब्यवसायी सुरक्षा नहुँदा ब्यवसाय सञ्चालनमा समस्या आइरहेको भन्दै सुरक्षाको प्रत्याभूति राज्यबाट हुनुपर्ने बताए । संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सभापति कीर्ति बहादुर खडका, पूर्व सभापति घनश्याम रेग्मी, पूर्व सांसद् गेहेन्द्र गिरी, बुुद्धिराम भण्डारी, पूर्व सभापति विरकेशरी गौतम, नेता तेजबहादुर बस्नेत, कृष्ण गिरी तरुण दलका अध्यक्ष टिका घर्ती, नेविसंघका सचिव ऋषिश्वर न्यौपाने, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीका अध्यक्ष सुरेश हमाललगायतले बोलेका थिए । संघका उपाधयक्ष गोकर्ण गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेत्रलाल वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here