- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरगर्मी बढेपछि विद्यालय धमाधम बन्द हुँदै

गर्मी बढेपछि विद्यालय धमाधम बन्द हुँदै

- Advertisement -spot_img

तुलसीपुर, १६ जेठ । दाङमा गर्मी बढ्दै जान थालेपछि विद्यालय केही दिनका लागि बन्द भएका छन् । गर्मीका कारण विद्यालय बन्द भएपछि विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ ।
बढ्दो गर्मीले विद्यालयमा विद्यार्थी बिरामी पर्ने गरेको, खानेपानीको अभाव देखिएको लगायतका कारण विद्यालय बन्द गर्नुपरेको स्थानीय सरकारले जनाएका छन् ।
गर्मीका कारण देखाउँदै केही दिन अघि दाङमा सञ्चालित निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले आइतबार जेठ १७ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् ।
त्यसलगत्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकाले पनि केही दिनका लागि विद्यालय बन्द गरेका छन्  । तुलसीपुरका सामुदायिक विद्यालयहरु जेठ १५ देखि जेठ २० गतेसम्म बन्द गरिएको
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए । ‘गर्मी बढेपछि विद्यार्थीको पढाइमा असर पर्न थाल्यो, विद्यार्थी आउनै छोडे, अब केहि दिनका लागि विद्यालय बन्द गरेका छौँ’ उनले भने ।
यस्तै घोराही उपमहानगरले गर्मीका कारण पढाइमा असर परेको भन्दै पाँच दिनका लागि विद्यालय गरेको छ । गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिति पनि न्यून हुँदै गएपछि जेठ १६ देखि २१ गतेसम्म पाँच दिन विद्यालय बन्द गरेको घोराही
उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । गर्मी बढ्दै जाँदा पढाइ प्रभावित भएका सूचनाहरु आएपछि बर्षे बिदा कटाउने गरी पाँच दिन सरकारी विद्यालयहरु बन्द गरिएको उनले बताए ।
त्यसैगरी गर्मि बढेपछि शान्तिनगर गाँउपालिकाका निजी तथा सामुदायिक विद्यालय एक हप्ता बन्द हुने भएका छन् । गाउँपालिकाको शिक्षा शाखाले वर्षे बिदा कटौति गर्ने गरी आजदेखि एक हप्तासम्म संस्थागत तथा निजी विद्यालय बन्द गर्ने भएको हो ।
गर्मीले विद्यालयमा खानेपानीको अभाव भएको, विद्यार्थीहरु बिरामी पर्न थालेकोलगायतका समस्या देखिएको भन्दै शिक्षा शाखाले आजदेखि एकहप्तासम्म गाउँपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको गाउँपालिकाका प्रमुख कमानसिंह डाँगीले बताए ।
‘गर्मीले विद्यालयमा आउने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ भने आउने विद्यार्थीको पढाइ पनि प्रभावित हुन पुगेकाले एक हप्ता विद्यालय बन्द गरिएको छ’ उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here