- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरगर्मीले बढे दाङमा बिरामी

गर्मीले बढे दाङमा बिरामी

- Advertisement -spot_img

प्रकाश डाँगी (तुलसीपुर)
जितसागर जि.एम. (घोराही)
प्रियास्मृति गजमेर (देउखुरी)


दाङ, २ जेठ ।
गर्मी बढेसँगै दाङका अस्पतालहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ । जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालमा बिरामीको संख्या गर्मीसँगै बढेको देखिएको छ । मुख्य बजार क्षेत्रमा रहेका र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य संस्थाहरुमा र निजी स्वास्थ्य क्लिनिकहरुमा समेत गर्मी बढेसँगै बिरामीको संख्यामा वृद्धि भएको हो ।
जिल्लामा रहेका विभिन्न सरकारी अस्पताल र निजी क्षेत्रबाट सञ्चालनमा आएका अस्पताल तथा निजी स्वास्थ्य क्लिनिकहरुमा समेत बिरामी भर्नाको दर उच्च रहेका संस्थाहरुले जनाएका छन् । सरकारी तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका प्रायः अस्पतालहरुमा बिरामीको चाप उस्तै यस्तै रहेको छ । गर्मीसँगै विभिन्न समस्या देखिन थालेपछि चिकित्सकहरुले विभिन्न सल्लाहसमेत दिने गरेका छन् । उनीहरुले आम नागरिकहरुलाई पानी धेरै खान, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान सुझाव दिएका छन् । जाडो समयभन्दा गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने हुँदा आफ्नो स्वास्थ्यप्रति सचेत रहन समेत चिकित्सकहरुले सल्लाह दिइरहेका छन् ।

झाडापखाला, आउँजस्ता महामारी सरसफाईको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिङ्गा र अन्य किरा–फट्याङ्ग्राको प्रकोप भएको ठाउँमा बढी देखिने भएकाले सफा पानी र स्वस्थ खानेकुरामा ध्यान दिनेतर्फ सबै सहज रहनुपर्ने बताए ।


जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्ररेले दाङका विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा गर्मी समयमा फैलने महामारीका रोगहरु नदेखिएको भएपनि सामान्य बिरामी बढिरहेको जानकारी दिए । उनले जिल्लामा हुनसक्ने महामारीको लागि आफूहरु तयारी अवस्थामा रहेको भन्दै झाडापखालाबाट फैलने महामारीबाट बच्नको लागि सरसफाईमा ध्यान दिन सबैलाई आग्रह समेत गरे ।
झाडापखाला, आउँजस्ता महामारी सरसफाईको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिङ्गा र अन्य किरा–फट्याङ्ग्राको प्रकोप भएको ठाउँमा बढी देखिने भएकाले सफा पानी र स्वस्थ खानेकुरामा ध्यान दिनेतर्फ सबै सहज रहनुपर्ने बताए । जिल्लाका विभिन्न क्षेत्रमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अवस्था के छ भनेर विभिन्न क्षेत्रमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग बुझ्ने प्रयास यहाँ गरिएको छ ।


तुलसीपुर

तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुर र तुलसीपुरमा रहेका निजी अस्पताल र क्लिनिकहरुमा गर्मी बढेसँगै उपचारको लागि अस्पताल आउने बिरामीको संख्या दोब्बरजस्तै भएको छ । राप्ती अञ्चल अस्पतालका अनुसार गर्मीसँगै ज्वरो, झाडापखाला, टाउको र पेट दुख्ने, रिङ्गाटा लाग्ने, बान्ता आउने लगायतका बिरामीको संख्या बिस्तारै बढ्न थालेका छन् ।
अहिले अस्पताल ७० बेड क्षमतामा सञ्चालन भइरहेको अस्पतालका प्रशासन फाँटका नासु नवेन्द्र गिरीले बताए । उनका अनुसार ह्वातै बिरामीको चाप नबढे पनि बिस्तारै गर्मीको कारण अस्पताल आउने विभिन्न रोगका संक्रमित बिरामीहरुको संख्या बढ्न थालेको छ । उनले दैनिक दुई सयको हाराहारीमा बिरामी अञ्चल अस्पतालमा आउने गरेको बताए ।
त्यस्तै गर्मी बढेसँगै तुलसीपुरमा रहेको राप्ती लाइफकेयर हस्पिटलमा पनि बिरामीको संख्या बढ्न थालेको अस्पतालका प्रशासन शाखाका प्रमुख जीवन भण्डारीले बताए । ७० शैÀया बेड क्षमता रहेको अस्पतालमा गर्मी बढेसँगै दैनिक ६० देखि ७० जना बिरामीहरु अस्पताल आउने गरेको बताए ।

तुलसीपुर सिटी हस्पिटलमा पनि गर्मी बढेसँगै बिरामी बढेको छ । विभिन्न समस्या लिएर अस्पताल आउने बिरामीहरुको संख्या बढेर गएको अस्पताल प्रशासनले बताएको छ । दैनिक ७० बढी बिरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालका प्रशासन शाखाका हेमराज बस्नेतले जानकारी दिए । उनका अनुसार अन्य समयभन्दा बिरामीहरु धेरै अस्पतालमा आएपनि रोगको प्रकोप भने अझै नदेखिएको बस्नेतले बताए । चिनारी अस्पताल तुलसीपुरका पनि बिरामी बढिरहेको अस्पतालले जनाएको छ । तुलसीपुर क्षेत्रमा रहेका विभिन्न निजी अस्पतालहरुमा पनि बिरामीहरु अन्य समयभन्दा केही बढेका छन् । अस्पतालमा छालासम्बन्धीका रोग, एलर्जी, रुघाखोकी, झाडापखाला र ज्वरोका बिरामीहरु बढेका छन् । अन्य समयको तुलनामा ५० प्रतिशतले बढेको पाइएको छ । दाङको पश्चिम क्षेत्रमा रहेका विभिन्न स्वास्थ्य संस्था र निजी क्लिनिकहरुमा समेत गर्मी बढेसँगै बिरामीहरुको चाप बढ्न थालेको त्यस क्षेत्रका स्वास्थ्य संस्थाहरुले बताएका छन् ।


घोराही

उपक्षेत्रीय अस्पतालमा अहिले दैनिक करिब चारसय बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक तीनसय ७५ जना भन्दा बढी अस्पतालमा उपचार गराउन आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जनार्दन पन्थीले बताए ।

गर्मी बढेसँगै उपक्षेत्रीय अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी आउने गरेको उनले बताए । मौसममा आएको परिवर्तनले विभिन्न रोगहरु देखापरे पनि अवस्था सामान्य रहेको उनको भनाइ छ । उता गर्मी समयमा छाला सुख्खा हुने हुँदा छालासम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डाक्टर प्रताप पोख्रेलले बताए । अस्पतालमा दैनिक एकसय ७५ बढी छालाका बिरामी आउने गरेको उनले जानकारी दिए । घोराहीमा सञ्चालन भएका अन्य निजी अस्पतालहरुमा पनि बिरामीहरु बढिरहेको पाइएको छ ।


देउखुरी

देउखुरी क्षेत्रमा पनि गर्मीसँगै बिरामी बढेका छन् । सरकारी तथा निजी अस्पतालहरुको तथ्याङ्कलाई हेर्दा विगतभन्दा गर्मी समयमा बिरामी उच्च रहेको देखिएको छ । लमही अस्पतालमा दैनिक एकसय पचास बढी बिरामी आउने गरेका छन् । अस्पताल प्रशासनका अनुसार सामन्वय भन्दा यो बिरामीको संख्या बढी हो । लमही अस्पतालमा बिरामीको चाप अत्याधिक भएको अस्पतालले जनाएको छ । दैनिक जसो ९० देखि एकसय ५० सम्म बिरामी आउने गरेको लमही अस्पतालका मेडिकल अधिकृत डाक्टर विमलेश गुप्ताले बताए ।

अस्पतालमा अहिलेसम्म टाइफाईड, पखाला, ज्वरोलगायतका बिरामी बढी आउने गरेका छन् । फ्लोरेन्स अस्पतालका श्रीजन पौडेलले अस्पतालमा ५० जना बिरामी उपचारका लागि आउने गरेको बताए । उनले अस्पतालमा पेट दुख्ने, पखाला लागेको, ज्वरो आएका बिरामीहरु आउने गरेको बताए । लमही मै रहेको वीपी पोलिक्लिनिकमा पनि दैनिक ५० देखि एकसयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here