गरिबका सडक दुःख

सम्पादकीय

देशलाई समृद्धिको सपना बेलाबखत सार्वजनिक हुनेगर्छ । राजनीतिक नेतृत्वले समृद्धि भाषण गर्ने गर्दछन् । संघीय संरचना अनुसार स्थापना भएका तीन तहकै सरकारले त समृद्धिको नारा नै बनाएर छन् ।
जनप्रतिनिधिहरुको मुखमा सबैभन्दा पहिले आउने वाक्य पनि प्रायः समृद्धि नै हुन्छ । तर नारा र वचनले भने नयाँ व्यवस्था अनुसार जनप्रतिनिधि आएको दुई वर्ष बितिसक्दा पनि जनप्रतिनिधिहरुले त्यो व्यवहारमा पु¥याउन सकेका छैनन् ।
किसानका दुःख किसानसँगै छन्, व्यवसायीका दुःख व्यवसायीसँगै छन् अन्य पेशाकर्मीका दुःख उनीसँगै देखिन्छन् । गरिब नागरिक र श्रमिकका दुःख त झन बढ्दै पो गएका छन् ।
तर समृद्धिको सपना बोकेका जनप्रतिनिधि र सरकार भने असफल जस्तै बनेका छन् । समृद्धिका लागि स्थापना गर्नुपर्ने कुनै पनि आधार प्रष्टरूपमा कार्यान्वयनमा लिएको देखिदैन ।
सडकको छेउमा नाङ्लो र सडक व्यापार गर्ने गरिबका दुःखलाई जनप्रतिनिधिहरुले समृद्धिको भाषणले छुन सकेको छैन । त्यहि बाटो भएर जनप्रतिनिधिहरुकै कयौ समय गाडीहरु गुडे होलान्,
जनप्रतिनिधिबाट बोल्न सक्ने,पहुँच भएकाहरुले समृद्धिको बकवास गरेर फाइदासमेत लिन भ्याएका होलान तर सडकमा नाङ्लो र धुवासँग दैनिक संघर्ष गर्ने गरिव दुःखी, विपन्नको सडकका दुःख ज्यूँकात्यूँ छन ।
उल्टै स्थानीय सरकारले सडक व्यवस्थापनको नाममा दैनिकजसो दुःखसमेत दिने गरेको छ । सडकमा मकै पोलेर गुजारा चलाउने गरिब आमाहरुलाई, मौसमी फलफुल र साग बेच्ने, चटपटे बेन्ने र नाङ्लोमा दैनिक गुजाराका लागि केही सामान फिजेर बिक्री गर्ने गरिबका दुःख सडकमा देखिएका विषयमा सरकारले ध्यान दिन सरकारका सबै योजना सफल हुनसक्छन् ।
विपन्नलाई बुझेर सरकारले उचित व्यवस्थापन गर्नसकेमा मात्रै पनि उनीहरुको दुःखमा सरकारको साथ हुने देखिन्छ । सरकारले भन्ने समृद्धिको सपना सडकमा देखिने विपन्नहरुसँग पनि जोड्न सक्नुपर्छ ।
महलमा बसेको आँकलन गरेर नीति बनाएर देशमा समृद्धि आउन सक्दैन सडकमा रहेको गरिबका दुखीलाई पनि सम्बोधन गर्न सकेमा मात्रै यो सफल हुनसक्छ ।
सरकारले सबै नागरिकलाई श्रमता र दक्षता अनुसारको रोजगारको व्यवस्था गरिनुपर्छ । नागरिकले दक्षता अनुसार काम पाउन सक्यो भने विदेशीहरुको संख्या पनि घट्ने स्वरोजनगारको वातावरण बन्ने र देशको युवा शक्ति दशेकै लागि खटिने हुन्छ ।
तर भाषण र नीतिमा सबै पूरा गर्ने र व्यवहारमा सिन्को नभाँच्ने परिपाटीले नेपाल बिगारेको छ । अहिले स्थानीय सरकारहरु सडक व्यवस्थापनमा लागेका छन् । सडक ब्यवस्थापन गर्न सबैभन्दा बढी सडक व्यापारी नै समस्यामा परेका छन् ।
उनको रोजीरोटीसमेत खोसिने गरेको छ । त्यसकारण विपन्नको व्यवसायको लागि विकल्प खोजेर व्यवस्थापन लाग्नुपर्छ । गरिबका सडक दुःख हटाइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *