गणतन्त्र दैनिक १२औँ वर्षमा

मुख्य खबर

घोराही, १७ पुस । दाङबाट प्रकाशन शुरू भएको गणतन्त्र दैनिक १२औँ वर्षमा प्रवेश गरेको छ । १२औँ वार्षिकोत्सवको अवसरमा पत्रिकाले घोराहीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दे प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ६ महिनापछि कसैले पनि सरकारलाई गाली गर्न नपाउने बताएका छन् । सरकारले केही पनि काम गरेन भनेर गाली गर्ने र विरोध गर्नको लागि ६ महिना मात्रै बाँकी रहेको बताए । ‘अहिले तपाईले सरकारले केही पनि गर्न सकेन भनेर विरोध गरिरहनुभएको छ’ उनले भने ‘६ महिनापछि विकासका सूचक हेरेर तपाई नै स्वीकार्नु हुन्छ ।’ यही वर्षभित्र पूर्व–पश्चिम रेलमार्ग, एकको ठाउँमा चारवटा अन्तर्राष्ट्रिय विमानस्थल, विद्युतीय बस सञ्चालन हुने हुँदा विकासका सूचकहरू आफै बोल्ने बताएका थिए । विद्युतीय बस प्रदेश नम्बर ५ मा पनि चलाउने योजना रहेको सुनाउँदै उनले दाङको सडक र पुल निर्माण कार्य ढिलाइ भईरहेकाले योजना अनुरूप नहुने बताए । दाङका खोलाहरूमा पुल र सडकहरू समयमा नबन्दा समस्या भईरहेको बताए । ‘विद्युत बस सञ्चालनमा हाम्रो एउटा कमजोरी छ, निर्माण व्यवसायीले पनि समयमै काम नसक्दा समस्या व्यहोरिरहेका छौँ’ उनले भने ।
पहिले दुईवटा पुल हुँदा पनि केही काम गर्न सकेन् भनेर नकारात्मक प्रचार गर्ने, अहिले दुई दर्जन पुल निर्माण कार्य भईरहदा पनि नकारात्मक प्ररचार भईरहन्छ’ उनले भने ‘जसले गर्दा जनतामा निराशा छाउँछ । दाङमा विकास भईरहेको छ, प्रगति भईरहेको छ भनेर प्रचारप्रसार गर्न अनुरोध गरे । सञ्चारमाध्यमहरू विज्ञापन एजेन्सीको प्रभावमा चलेको बताए । सञ्चार माध्यमहरू आफै सक्षम भई नसकेको अवस्था रहेको उनले बताए । गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक सविन प्रियासनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पत्रिकाका संवाददाता, पूर्व संवाददाता, उद्योगी व्यवसायीलगायतलाई सम्मान गरिएको थियो । त्यस अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । त्यस्तै घोराही उपमहानरपालिका–१३ मा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको थियो । वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान
गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *