गणतन्त्र दिवसमा बजार सरसफाई

मुख्य खबर

सल्यान, १६ जेठ । १२औँ गणतन्त्र दिवसको अवसरमा बजार सरसफाई अभियान सञ्चालन गरिएको छ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका आयोजनामा बनगाड कुपिण्डे नगरपालिका मुख्य व्यापारी केन्द्र वडा नम्बर १ को सल्लीबजार देवस्थलमा सरसफाई गरिएको छ ।
‘घरआँगन सफा गराँै नगरलाई स्वच्छ बनौँ’ भने मुल उद्देश्यका साथ नगरपालिकाको आयोजनामा नगर प्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मञ्जु यरि, वडा अध्यक्ष, बनगाड कुपिण्डे नगरपालिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, पत्रकार, व्यापारी, बुद्धिजीवि, समाजसेवीलगायतको सरसफाई कार्यक्रम उपस्तिथि रहेको थियो ।
सरसफाई कार्यक्रम नगरप्रमुख गोविन्द कुमार पुनले सम्पूर्ण व्यापारी स्थानीयले आ–आफ्नो घरआँगनको सरसफाई गरी नगरपालिका स्वच्छ सफा बनाएर सहयोग गरिदिन सबैमा अनुरोध गरे ।
नगरपालिका मुख्य व्यापारी केन्द्र सल्लीबजारमा वर्षौदेखि सरसफाइ नहुँदा फोहोर भएर दुर्गन्धित हुँदै गएको थियो । जनप्रतिनिधि आएसँगै बजार सरसफाई हुँदै जाँदा केही हदसम्म फोहोर व्यवस्थापन भएको छ ।
साथै १२औँ गणतन्त्र दिवसको अवसरमा बनगाड कुपिण्डे नगरपालिका ४ र ५ नम्बर वडा कार्यालयको संयुक्त आयोजना ४ नम्बर वडाको गर्चे बजार र ५ नम्बर वडाको च्युराबजार सरसफाई गरिने ४ नम्बर वडा अध्यक्ष मोमत रोकाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *