हामी सबैलाई थाहा भएको कुरा कि, नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक देश भएको छ । जानेर होस् वा नजानेर । बुझेर होस् वा नबुझेर । चिनेर होस् नचिनेर । थाहा पाएर होस् वा थाहा नपाएर । पढेर होस् वा नपढेर ।
देखेर होस् वा नदेखेर । चित्त बुझेर होस् वा चित्त नबुझेर । ज्ञानले होस् वा अज्ञानले । नेताको बलले होस् वा जनताको बलले । जो, जसले जे जसरी भएपनि नेपाल गणतन्त्रमय देश भएको छ ।
गणतन्त्रको शाब्दिक परिभाषा सबै नेपालीलाई थाहा होला वा नहोला, त्यो आफ्नै ठाउँमा छ । तर नेपालका राजनेताले के गर्नुपथ्र्यो भने गणतन्त्र नेपालमा आइसकेपछि राजकीय शब्द, संरचना, मूर्ति, सालिक, चौक, गल्ली,
संघसंस्था आदि इत्यादिका नाममा यति साह्रो र यति चाँडो उत्ताउलो पारा देखाउनु पथ्र्यो । गणतन्त्र घोषणा हुनु समयको चक्रिय प्रणाली हो । जुनसुकै तन्त्रमा पनि नेपालको शासक वर्ग अत्यन्त लोकप्रिय हुन नितान्त जरुरी छ ।
देशको अवस्था र व्यवस्थाको कुरा गर्दा त्यसको कार्यशैलीमा भरपर्छ । नामभन्दा काम ठूलो हो । कर्म र निर्वाह गरेको धर्मका आधारमा समर्थन र विमतिका कुरा उठ्ने गर्छन् । खाली बाहिरी आवरण, बाहिरी रुप, बाहिरी रङ, बाहिरी लिपपोतले मात्र नेपालको राज्य व्यवस्था चल्न सकेको छैन ।
नेपालमा गणतन्त्र किन, कसका लागि के का लागि ? त्यसको अर्थ र औचित्य पुष्टि हुनुपर्दछ । हिजो जनताले रुचाएको कुरा सदैव चलिरहन्छ भन्ने केही ग्यारेन्टी छैन । हिजो जनताले नरुचाएको कुरा आजीवन छायाँ र ओझेलमा पर्छ भन्ने कुनै शास्त्रीय मान्यता छैन ।
समयमा चक्रव्यूहमा जनताका अगाडि जो पनि शक्तिको स्रोत बन्न सक्छ । यदि यो देशको असली लोकतन्त्र हो भने सबै जनताले चाहेको र रुचाएको काम मात्र शासक वर्गले गर्नुपर्ने हुन्छ ।
नेपालमा जसरी लोकतन्त्र घोषणा भयो त्यसरी नै नेपालका दलीय शक्तिले हिजोको राजतन्त्रको (रा) र (ज) भन्ने अक्षर नै नचाहेको नाटक गरेर राजाका फोटा, तस्विर, सालिक, नाम, शब्द पाटी पौवा, सत्तल, मार्ग, जंगल सबैको नाम फेर्ने र भूतको दृष्टिले हेर्ने गर्न थाले ।
यति सारो र यति गारो किसिमको कुकर्म नगरेको भए पनि दलीय आचरणको लागि ज्यादै राम्रो हुने थियो । एउटा फोटो, एउटा तस्विर, एउटा सालिक र एउटा शब्दसँग यति भयवित र यति सशंकित हुने दलीय नेताले कसरी इतिहासको गौरवलाई बचाउन सक्छन् ?
यो निकै गम्भीर प्रश्न हो । सबैलाई थाहा भएको कुरा के हो ? भने ‘इतिहासलाई पुरेर वर्तमान सजाउन सकिन्न । वर्तमानको अध्ययनको लागि हिजोको इतिहास ज्यूँदो साक्षी हुनुपर्छ र वर्तमान सजाउनको लागि भविष्यको ऐना हेरेर योजना बनाउनु पर्दछ ।’
शासक वर्गका लागि हिजोको (भूत) जति महत्व छ त्यति नै भोलिको (भविष्य) त्यति नै महत्व छ । भूका वा बितेका कुरा साक्षी राखिएन भनेर कसरी दाँज्ने ? कसरी परीक्षण गर्ने ? कसरी अवलोकन गर्ने ? कसरी समीक्षा गर्ने र कसरी मूल्यांकन गर्ने ?
वर्तमान राजनीतकि व्यवस्थाको मूल्यांकन गर्ने आधार खै ? वर्तमान सरकारको कसी लगाउने तेजाव खै ? वर्तमान सरकारको रुपरङ दाँज्ने हिजो ऐतिहासिक तस्विर खै ? सरकारले त सबै मास्न चाह्यो । सबै नास्त थाह्यो । सबै फाल्न चाह्यो । सबै मिल्काउन चाह्यो ।
सबै भत्काउन चाह्यो । सबै बिगार्न चाह्यो । सबै मेट्न चाह्यो । के यो सबै कर्म सकारात्मक थियो र छ ? नेपालमा सय वर्ष गणतन्त्र चलेपनि यो देशमा कुनै समयमा राजाको निर्दलीय व्यवस्था हावी थियो भन्ने कुरा इतिहासले संरक्षण गर्नुको सट्टा ध्वस्त बनाउनुले जनता नेपालको गणतन्त्रप्रति सशंकित छन् ।
यो कुरा चाहेर पनि नचाहेर पनि गर्नुपर्ने बेला भएको छ । किनभने नेपालको सरकार नै पूर्व राजाबाट भयवित भएको आभाष पाइन्छ । यदि नेपालको संविधान घोषणा भइसकेको अवस्था छ र त्यसमा पनि स्पष्ट भाषामा नेपाल गणतन्त्रात्म संघीय मुलुक हो भनेर लेखिएको छ भने,
किन पूर्वराजाको बारेमा बढी खण्डन र मण्डन गरिरहनु प¥यो ? यदि नेपालको संविधान–२०७२ मा लेखिएको शब्द, वाक्य र भाषा नै स्पष्ट छ भने त्यसलाई बारम्बार पुष्टि गर्न खोज्नुको रहस्य के ?
संविधानमा लेखिएको कुरा जनताको अभिमत हो भने जनता बुझ्दैनन् । किन भन्नुप¥यो यो र त्यो ? जसरी वर्तमान सरकार पूर्वराजाबाट तर्सिएको, भड्किएको, झुस्किएको र आत्तिएको देखिन्छ ।
त्यसरी नै यो गणतन्त्र सशंकित बन्दै जान्छ । जनता जान्न र बुझ्न चाहन्छन् । नेपालको गणतन्त्र सशर्त आएको होकि निःशर्त ? किन भने सबै कुरा जनतालाई थाहा छैन नि ? नेपालका कैयौं राजनीतकि सन्धि र सम्झौताहरु जनताबाट लुकेका छन् । छिपेका छन् ।
ढाकिएका छन् । ओढीका छन् । तोपिएका छन् र छोपिएका छन् । नेपालमा लोकतन्त्र भनेता पनि असली लोकको तन्त्र अभ्यास भएको छैन । किनभने नेपाली ‘लोक’ निकै सिधा, सरल र सामान्य ढंगका छन् ।
त्यसैले पनि नेपाली राजनीतिका शक्ति र व्यक्तिहरु आफ्ना जनतालाई निरीहको रुपमा व्यवहार गर्दछन् । जनताले सेवा पाउने ठाउँमा आफू सबेका छन् । आफूले संघर्ष गर्नुपर्ने ठाउँमा जनतालाई उभ्याएका छन् ।
भाषण गर्न चतुर हाम्रा नेताहरु रासन दिन निकै चुतिया छन् । आफूले जापान, जर्मन, अमेरिका, थाइल्याण्ड, हङकङ, क्यानडा आदि जस्ता शक्तिशाली र सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्दा र गराउँदा नेपाली जनताले सिटामोल नपाएको कुरा देख्न, लेख्न, भन्न, सुन्न, जान्न र बुझ्न चाहन्नन् । लोकतन्त्रमा निकै विकृति र खराबी भरिसकेका कुरा स्वीकार्न समेत चाहन्नन् ।
सामान्य नेपाली नागरिक र देशको पूर्व शासकका हैसियतले कुनै कुरा बोल्दा र नेपालका कुनै भू–भागमा भ्रमण गर्दा अर्थात् पूर्वराजा ज्ञानेन्द्रले जुनसुकै क्रियाकलाप गर्दा समेत वर्तमान सरकारको कुर्सी हल्लिन थाल्दछ ।
आफूले संघर्ष गर्नुपर्ने ठाउँमा जनतालाई उभ्याएका छन् । भाषण गर्न चतुर हाम्रा नेताहरु रासन दिन निकै चुतिया छन् । आफूले जापान, जर्मन, अमेरिका, थाइल्याण्ड, हङकङ, क्यानडा आदि जस्ता शक्तिशाली र सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्दा र गराउँदा नेपाली जनताले सिटामोल नपाएको कुरा देख्न, लेख्न, भन्न, सुन्न, जान्न र बुझ्न चाहन्नन् । लोकतन्त्रमा निकै विकृति र खराबी भरिसकेका कुरा स्वीकार्न समेत चाहन्नन् ।
सायद यसो हुनुमा वर्तमान सरकार त्यतिबेला को ज्ञानेन्द्र सरकार जत्तिको पनि हुन सकेन भनेर आत्मग्लानी पाखेको अवस्था त होइन ? यदि यसो होइन भने किन यसरी तर्सिनु । राजाका नाममा फाल्नु पर्ने र त्याग्नुपर्ने त सबै फालिसकेका छन् र त्यागी सकेका छन् ।
अझै पनि के अवशेष बाँकी रह्यो र त्यसले सपनीमा तर्साइरहेको छ ? बडो गज्जब र आश्चर्यलाग्दो रहस्यमय दृश्य सुन्न र पढ्न पाइदा के भन्न मन लाग्छ भने ‘आम मिडियाकर्मी तथा पाठकहरु एउटा कुरा टिप्पणी गरी राख्नुहोला ,
त्यो कुरा के हो भने नेपालमा आएको गणतन्त्र निःशर्त अवश्य होइन । कुनै न कुनै दिनको घटनाले पुष्टि गर्नेछ कि यो गणतन्त्र सशर्त नै हो ।
यदि यस्तो नहुँदो हो त यतिका विधि चर्तिकला देखाउनुपर्ने कुनै अर्थ र औचित्य नै थिइन ।
जब स्वयम् राजा र राज संस्था नफ्याँकी सकेपछि सालिक फाल्नुको अर्थ के ? जो मूर्त वस्तु हो र जो चलाएमान हो त्यो र त्यस्ताखाले शब्दजाललाई तोड्न र मोड्न खोज्नुको अर्थक के ? सशर्त भएको कुरालाई निशर्त पुष्टि गर्न चालिएको प्रपञ्च र जाल हो ?
होइन भने इतिहासदेखि हामीलाई किन घृणा ? एउटा अमुक व्यक्ति गल्ती तथा कमजोरी हुँदैमा सारा त्यसका सन्तान तथा सन्तानलाई देखिखान नसक्ने हो भने, अहिलेको राज्य व्यवस्थामा पनि त्यस्ता गल्ती र कमजोरी भएका व्यक्ति छन् कि छैनन् ?
ति गल्ती तथा कमजोरी व्यक्तिका नाममा सम्बन्धित दल र शक्तिमाथि प्रहार गर्ने हो भने वर्तमान सरकार टिक्न सक्छ ? दुश्मनलाई काट्ने हतियारले आफूलाई काट्दैन ? विपक्षीलाई हान्ने गोलीले आफूलाई छोड्दैन ? परचक्रीलाई ध्वस्त पार्ने विधिले आफूलाई विक्षत पार्दैन ?
अरुमाथिको निशानीले आफूलाई पनि ताक्दैन ? खै त ? यस्ता कुरा त जाने जस्तो लागेन ? आफू जे जस्तो भएपनि बाहिरी खोल ओढ्दा राम्रो । अरु राम्रो भएपनि बाहिरी खोल ओढाउँदा नराम्रो हुन्छ ?
आवरण जे जुकै र जस्तोसुकै होस् तर गनध, स्वाद र प्रियता सधैं लोकप्रिय हुनुप¥यो कि परेन ? देश र जनताप्रति सदासर्वदा उत्तरदायी र बफादारी हुनुप¥यो कि परेन ?
यदि कोही कसैले सत्यतथ्यलाई मान्दैन भने, त्यसलाई के भन्ने ? के हो संज्ञा दिने ? हिजोको इतिहासलाई नमान्ने र हिजोको इतिहासलाई नस्वीकार्ने हो भने यो देश बन्छ ?
नेपाल कसले बनाएको ? आजका कोही व्यक्ति, शक्ति, दल र बलले छाती खोलेर, उभिएर र गर्वका साथ भन्न सक्छ, ‘मैले बनाएको हुँ भनेर ।’ तिरस्कार गर्न जान्नेले पुरस्कार दिन पनि जान्नु पर्दछ ।
सराप दिन जान्नेले आशीर्वाद दिन पनि जान्नु्पर्दछ । कुभलो चिताउन जान्नेले भलो चिताउन पनि जान्नु पर्दछ । विनास गर्न जान्नेले विकास गर्न पनि जान्नु पर्दछ । ध्वस्त पार्न जान्नेले सिर्जना गर्न पनि जान्नु पर्दछ ।
अशान्ति मच्चाउन जान्नेले शान्ति स्थापना गर्न पनि जान्नु पर्दछ । एउटा मानवमा देव गुण पनि हुनुप¥यो र राक्षस गुण पनि हुनुप¥यो । समयको गति र समयको माग अनुसार देवगुण चाहियो भने देवतुल्य बन्न सक्नुप¥यो र राक्षस गुण चाहियो भने राक्षसतुल्य बन्न सक्नुप¥यो ।
तब मात्र शासक वर्ग र व्यक्तिको भूमिका स्पष्ट हुन जान्छ । एकोहोरो राक्षसमात्र बनि रहनै तर देवता कहिल्यै बन्न नसक्ने हो भने समयले फेरी कोल्टो फेर्न सक्छ । समय हामी कसैको वशमा छौँ न बरु हामी सबै समयको बशमा छौं ।
त्यसैले समयको भाव र समयको मागलाई बुझेर इतिहासलाई सम्मान गर्दै वर्तमानलाई सजाउने काम गर्नु आजको आवश्यकता हो । म आज जनताको प्रतिनिधि भएर वर्तमान सरकारलाई एउटा कुरा ध्यानाकर्षण गराउन चाहन्छु । ‘गणतन्त्रात्मक देशमा हाम्रा नेताहरुलाई राजनीय सम्मान किन चाहिएको हो ?
राजाको (र) र राजाको (ज) पनि ध्वस्त पार्न खोज्नेलाई सम्मान चाहिँ किन राजकीय नै चाहियो ? यो राजकीय सम्मानका ठाउँमा अन्य शब्द किन हाम्रा नेतालाई फरे र जुरेन ? राजकीय शब्द हटाउन सकिन्छ किन सकिन्न ।
सम्मानमा राजकीय चाहिने तर व्यवस्थामा गणतन्त्र चाहिने कहाँको पद्धति र प्रणाली हो ? राजकीय सम्मान ग्रहण गर्न, राजकीय सेवा, सुविधा प्राप्त गर्न र राजकीय भ्रमण गर्न यति प्यारो लाग्ने शक्ति समूहलाई राजको तस्विर र सालिक तर्साउने भूत किन बन्यो ?
यसैले आज सबैको मनभित्र घण्टी बजिरहेको छ ? आफू आजको समयमा नक्कली राजा बनेर राजकीय सेवा सुविधा लिन चाहने तर हिजोका सक्कली राजालाई यिनी कुनै समयका नेपाली राजा हुन् भनेर नाम दिन नचाहनेले समयको गाम्भीर्यतालाई बुझेर काम गर्न सक्लान् ?
राजाको सानो भन्दा सानो शब्द र अवशेष राख्न नचाहनेले सम्मानमा किन राजकीय जोड्नुप¥यो र गाँस्नु प¥यो ? उत्रर दिने किन नदिने ? यदि लोकतन्त्रमा जनता बलियो हुन्छन् र जनताकै सार्वभौम सम्पन्न हुन् भने जनताको यो जिज्ञासा मेटाउने कि नमेटाउने ?
गणतन्त्रमा देशका शासक वर्गले राजकीय सेवा सुविधा प्राप्त गर्नेछन् भनेर नेपालको संविधान २०७२ को कुन धारा, कुन उपधारा, कुन खण्ड र कुन परिच्छेदमा उल्लेख छ ? देश गणतन्त्र भइरहने ।
जनता जनार्दन भइरहने र नेता राजकीय भइरहने । यो कुन देशको मोडेल हो ? यो कुन समाजको आदर्श र सिद्धान्त हो ? यो कुन संविधानको भावना हो ?