गढवामा सुविधायुक्त होटल

फिचर मुख्य खबर समाज

गढवा,
तीन तलाको घरमा दर्जन बढी अटैच बाथरुमसमेतका कोठाहरु छन् । बढीजसो कोठाहरुमा एयर कण्डिसनसमेतको जडान भएको छ । कतै खुमबहादुर खड्का निवास लेखिएको छ त कतै कृष्ण सेन ईच्छुक निवास लेखिएको छ । कुनै कोठामा मदन भण्डारी निवास लेखिएको छ भने कतै पासाङ लाम्हु शेर्पा निवास लेखिएको छ । होटलभित्र पस्दा साथ जो कोहिले पनि सजिलै नयाँपनको आभाष महसुस गर्न सक्छन् । दाङ देउखुरी र समग्र राष्ट्रको परिवर्तन, विकास र समृद्धिमा सपना बोकेर राष्ट्रमै इतिहास राख्न सफल ब्यक्तित्वहरुको स्मरणमा कोठाहरुको समेत नामाकरण गरिनु जिल्लाका लागि पनि नयाँ अभ्यास भएको स्थानीय समाजसेवीहरु बताउँछन् । अझ त्यसमा पनि होटल फ्रान्सकीना नामको बोर्ड लगाईएको छ । नाम नै काफी छ, नयाँ र युनिक स्थानीय बुद्धिजीवि गणेश कुमार कुमालले बताए । विकास र समृद्धि मागिरहेको दक्षिण देउखुरीको ब्यापारिक केन्द्र गढवामा शुक्रबार यस क्षेत्रको अहिलेसम्मकै आधुनिक र सुविधायुक्त होटलको सुरुवात गरिएको छ ।
यसअघि सरकारी तथा गैरसरकारी निकायका उच्च अहोदाका मानिसहरु गढवामा कुनै कार्यक्रम लिएर आउँदा बस्ने सुविधाका लागि घोराही र लमहीमा धाउने गर्दथे । कतिपय त भालुवाङमा पनि जाने गर्दथे । अब यो समस्या नहुने भएको होटलका सञ्चालक बाबुराम भण्डारीले बताए । होटलमा दर्जन बढी एसी र ननएसी कोठाहरु छन् । गोष्ठी सेमिनार र पार्टीका लागि हल पनि छ । रुम सर्भिसको ब्यवस्थाका लागि डिलक्स रुमहरु पनि छन् । रेष्टुरेण्ट तथा वारको ब्यवस्था पनि रहेको छ । ग्राहकवर्गको चाहना बमोजिमका अधिकांश परिकारहरु बनाइने छ । गोष्ठी, सेमिनार र कार्यक्रम तथा विवाह पार्टीका लागि पनि आवश्यक सेवा प्रवाह गरिने छ, होटलका प्रोप्राइटर बाबुराम भण्डारीले भने ।
यसैबीच गढवामा शुक्रबारदेखि सञ्चालनमा आएको होटल फ्रान्सकीना एण्ड लजको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल तथा संस्थाका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगरले संयुक्तरुपमा रिवन काटेर होटलको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पोखे्रलले बिकास र समृद्धिका लागि उद्योग ब्यवसायहरु पनि एक महङ्खवपूर्ण संवाहक भएकोले गढवामा आधुनिक र सुविधायुक्त होटलको आवश्यकताको सुरुवात भएको बताए । यस्ता किसिमका ब्यवसायीहरुलाई गढवा उद्योग वाणिज्य संघले प्रोत्साहन गर्नुपर्ने भन्दै प्रभावकारी सेवा प्रवाह गरेर दक्षिण देउखुरीको अस्तित्व राख्न होटल सञ्चालकलाई कार्यक्रमका सहभागी सबैले आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *