- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeखेलकुदगढवामा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता

गढवामा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता

- Advertisement -spot_img

गढवा, १९ भदौ । देउखुरीको गढवामा हालसम्मको सर्वाधिक पौने एकलाख बढी पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगिता बुधबार उद्घाटन भएको छ ।
राइजिङ युवा क्लव गढवाको आयोजनामा बुधबारदेखि सुरु भएको खुल्ला टि–२० क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र बलिङ गरेर गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य र क्याचिङ गरेर वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकुरी हमालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
खेलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले खेल मानव स्वास्थ्यका साथै विकास र समृद्धिका लागि समेत टेवा पु¥याउने भन्दै अनुशासित र मर्यादित ढंगले खेल सञ्चालन गर्न आव्हान गरे ।
खेलको प्रायोजन हरिप्रसाद भण्डारी, प्रशान्त सिंह डिसी, खिमबहादुुर बुढामगर र सन्दीप अधिकारीले गरेको र गढवा क्षेत्रमा हालसम्मको सर्वाधिक पुरस्कार राशीको पुरस्कार रहेको आयोजकले जनाएको छ । जसमा प्रथम पुुरस्कार ५१ हजार र दोस्रो पुरस्कार २५ हजार ५ सय शिल्ड कप र प्रमाणपत्र रहेको बताइएको छ ।
यसैगरी म्यान अफ द सिरिजलाई ३ हजार ५ सय तथा उत्कृष्ट फिल्डर र बलरलाई पनि पुरस्कार, प्रमाणपत्र र कप प्रदान गरिने राइजिङ युवा क्लवका कार्यबाहक अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिए ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकुरी हमाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्र नं. १ (क) का संयोजक रामप्रसाद गैरे, पार्टीका गढवा अध्यक्ष कालिराम चौधरी, समाजवादी फोरम नेपालका जगतराम यादव, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, संस्थापक अध्यक्ष युवराज पोखे्रल,
नेपाली काँगे्रसका मनोज सिंह ठकुरी, शिक्षक रामसुरत यादव र गढवा खानेपानी संस्थाका अध्यक्ष लेखबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रायोजक सन्दिप अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुुखहरण यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here