गढवामा बिउ वितरण

मुख्य खबर समाज

गढवा, ९ कात्तिक । गढवा गाउँपालिकाको कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा आएको तोरी, मसुरो, टिपिएस आलु, कम्पोजिट तरकारीको बिउ वितरण कार्य सम्पन्न गरेको छ । गाउँपालिकाले किसानको लागि गहुँको बिउ वितरणको काम बिहीबारदेखि सुरु गरेको कृषि शाखाका संयोजक प्रविण चौधरीले जानकारी दिए ।
उन्नत जातका बिउबिजनहरु कुल मुल्यको ५० प्रतिशत छुट गरेर वितरण गरिएको र गाउँपालिकामा प्रकाशित सूचना बमोजिम बिउ माग गर्ने कृषि समूहहरु तथा किसानहरुको निवेदनका आधारमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसअनुसार उन्नत जातको तोरी ५ सय किलोको ७० को दरले ४५ वटा कृषक समूहहरुलाई वितरण गरिएको र खजुरा–२ प्रजातिको मसुरोको बिउ प्रतिकिलो ८७ रुपियाँ पचास पैसाको दरले २ क्विन्टल १६ वटा समूहहरुलाई र कम्पोजिट तरकारीको बिउ एकहजार दुईसय पचास पाकेट कृषि समूह तथा किसानहरुलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ । यसैगरी टिपिएस आलु सानो साइज र मध्यम साइज गरी कुल ८ सय किलो क्रमशः एकसय पन्ध्र र १ सयका दरले ४६ वटा कृषक समुहहरुलाई वितरण गरिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *