- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरगढवामा बाल विवाह न्यूनीकरण कार्यशाला

गढवामा बाल विवाह न्यूनीकरण कार्यशाला

- Advertisement -spot_img

गढवा, २ जेठ ।
गढवा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बुधबार बाल विवाह न्यूनीकरणसम्बन्धी एकदिने अभिमुखीकरण भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा चार विद्यालयका शिक्षक, अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सानो उमेरमा गरेको विवाहले पारिवारिक सम्बन्ध जोड्नुभन्दा विच्छेद गराउने भन्दै बालविवाह न्यूनीकरणका कार्यक्रम कोठामा मात्र होइन फिल्डमै पुगेर अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं. ५ का अध्यक्ष केपि घिमिरेले विहेवारी २० बर्ष पारी भन्ने नेपाल सरकारको नारा बमोजम उमेर नपुगी विहे गरेमा पारिवारिक र शारिरीक दुबै अवस्थालाई वेफाइदा हुने बताए । सरकारले वालविवाह न्यूनीकरण गर्न पाँचवर्षे रणनीति अपनाउन थालेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले अहिलेको कानून अनुसार २० वर्ष यता भएको विवाहलाई सरकारले वैधानिकता नदिने भएकोले कतिपय समुदायमा सानो उमेरमा विवाह गर्ने र गरिदिने संस्कारलाई हटाउनु पर्ने आवश्यकता औंल्याइन् ।
शान्ति चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन महिला विकास शाखाका प्रमुख जीवन कुमारी जिसीले गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत विश्वमणी जोशी, गढवा शाखाका प्रमुख जीवन जिसी र सहायक प्रमुख चन्द्रा वली खड्काले प्रशिक्षण दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here