‘खोसियो कि बेचियो’

साहित्य

हिरा गौतम ‘हिरू’

हिजो साँझ खाना खाएर सुत्ने बेलामा
म नेपाली थिए तर बिहान उठ्दा मेरो
पहिचान हराएको छ ?
ऊ छिमेकी हो तर मित्र हो कि शत्रु
उसले ललाइ फकाइ ग¥यो या जबरजस्ती
आखिर दुई तिहाइको दम्व देखाउने
सरकार किन मौन छ ?
अब मेरो परिचय कसरी दिने मैले
नेपाली नागरिकता देखाएर वा
नयाँ बन्छ मेरो परिचयपत्र !
वीर पूर्खाको रगत र पसिनाले सिन्चेको
त्यो नालापानी कालापानी लिपुलेक
लिम्पिया दुरालाई अधिकार छैन
नेपालीको पहिचान दिन ?
किन हुँदैन पहल चुनाव प्रचार प्रसारमा
ठूलो–ठूलो स्वरमा भाषण दिनसक्ने
नेताका आवाज किन बन्द छन् ?
यसको अर्थ आम नेपाली
जनताले के बुझ्ने ?
आफ्नै आँखा अगाडि अफ्नो
आमालाई कोही पराइले लुटेको
कस्तो लाचारी सन्तानले मौन
स्वीकृति दिन सक्छ !
मेरो पहिचान हराएको छ
फिर्ता चाहियो ?
बुझ्न जरूरी छ मेरो देश
र मेरो पहिचान खोसियो कि बेचियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *