- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरखोला उत्खनन्मा स्थानीय चासो

खोला उत्खनन्मा स्थानीय चासो

- Advertisement -spot_img

जलुके (दाङ), १३ चैत । दाङका खोलाहरुमा हुने नदीजन्य वस्तुको उत्खनन्मा स्थानीयहरुले चासो दिन थालेका छन् । नियमन गर्ने निकायले उत्खनन्मा चासो नदिएको भन्दै स्थानीयहरु उत्खनन्मा चासो दिन लागेका हुन् । यसैबीच नदीजन्य वस्तुको उत्खनन्को विषयमा बबई गाउँपालिकाका विवाद भएको छ । स्थानीयहरुले उत्खनन्मा चासो दिदा विवाद देखिएको हो ।
दाङको बबई गाँउपालिका–५ जलुकेको बबई नदी किनारामा नदीजन्य पदार्थ अवैध उत्खनन् हुने गरेको भन्दै स्थानीय आन्दोलित भएपछि जिल्ला अनुगमन तथा समन्वय समितिले नदीजन्य पदार्थ उत्खनन् तत्काललाई रोक लगाएको छ ।
समितिले मंगलबार उत्खनन् भईरहेको तीन ठाउँको अनुगमनपछि अवैध उत्खनन् भएको निष्कर्ष निकाल्दै अर्को आदेश नभएसम्मका रोक लगाइएको जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिए ।
‘बबई गाँउपालिकाले यहाँको नदीजन्य पदार्थ उत्खनन् गर्नेबारे कुुनै जानकारी दिएको छैन्, अर्को निर्णय नभएसम्मका लागि रोक लगाएका छौँ’ उनले भने, समितिले नदीजन्य पदार्थ उत्खनन् गर्दा डोजरको प्रयोग भएको, वनक्षेत्रमा उत्खनन् भएको, उत्खनन् गर्दा कुनै पनि मापदण्ड पूरा नगरेको पाइएकाले रोक लगाइएको छ ।
जनप्रतिनिधि गाउँको विकासभन्दा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न भएको स्थानीय बलबहादुर बुढाले आरोप लगाए । उनले भने ‘सडक धुलाम्मे भएको छ, जनप्रतिनिधिको ध्यान भने नदीजन्य पदार्थतिर छ’ उनले भने ।
जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख नेपालीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे, डिभिजन वनका सहायक वन अधिकृत धरणीधर चौधरीसहितको अनुगमन टोलीले मंगलबार उत्खनन् क्षेत्रको अनुगमन गरेको छ ।

जेसिवी टिप्पर नियन्त्रमा

जलुके क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् अवैध भएको भन्दै स्थानीय आइतबारदेखि आन्दोलित भएपछि अनुगमन तथा समन्वय समितिले अनुगमन पछि अवैध ठहर गरेपछि प्रहरीले मंगलबार उत्खनन्मा प्रयोग गरिएका तीनवटा जेसिवी र पाँचवटा टिप्पर नियन्त्रणमा लिएको छ ।
अनुगमनपछि अवैध उत्खनन् प्रयोग गरिएका ना १ ख ६३१३, ना १ क ४१२५, रा १ क ३५९ नम्बरको जेसिवी र ना १ क ५६२, रा १ ख १४०३, ना.अ.प.फा ६८०, ना.अ.प.फा ६८१ नम्बरको टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले जानकारी दिए ।

अनुगमनमा आएनन्

जलुके क्षेत्रमा भएको नदीजन्य पदार्थ उत्खनन्को अनुगमनमा मंगलबार बबई गाउँपालिकाका जनप्रतिनिधि सहभागी भएनन् । अनुगमन प्रमुख नेपालीले भने ‘उत्खनन् अवैध भएपछि गाउँपालिकाले न प्राविधिक पठायो, न गाउँपालिकाका कुुनै जनप्रतिनिधि सहभागी भए ।’
बबई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भने नदीजन्य पदार्थ गाउँपालिकाको विकासमा लगाएको भन्दै गाउँपालिकाको अनुमतिमा उत्खनन् भएको बताए । कामको व्यस्तताले मंगलबारको अनुगमनमा सहभागी हुन नसकेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here