खोई स्वतन्त्रता ?

फिचर समाज

छोरीहरुलाई सानै उमेरबाट शिक्षा दिन थालिन्छ कि धेरै डुल्नु, बोल्नु र हास्नु हुँदैन । छोरी मान्छे बाहिर कतै जानु हुँदैन । गईहाले पनि छिट्टै फर्कनुपर्छ, यस्तै–यस्तै पाठहरु छोरीहरुलाई आजको समयसम्म पनि सिकाईदै आएको छ । छोरीहरुलाई यस्ता साना–साना बन्धनले बाँधेको यो समाजसँग मार्च ८ अर्थात् फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस भन्दै आफ्नो अधिकार र हक खोजिरहेका छन् । यो बन्धनलाई तोडेर बाहिर आउँदै गरेका छोरीहरुले निकै चुनौति झेल्नु परेको छ ।
घोराहीकी सविता केसी एउटा प्राईभेट संस्थामा काम गर्छिन् । उनको कार्यालयको समय बिहान १० देखि ५ बजेसम्म हुन्छ । कार्यालयको बिदा सधै एउटै समयमा हुँदैन । कार्यालयको काम कहिले ढिला त कहिले चाँडै नै सकिन्छ  । अफिस वा प्रसनल कामले घरमा पुग्न ढिला भयो भने उनले केरकार खेप्नुपर्छ । ‘घरमा पुग्ने समयभन्दा केही समय ढिला पुगियो भने पहिले किन ढिला भयो ? भनेर केरकार हुन्छ अनि बल्ल घरभित्र छिर्न पाइन्छ’ उनले थपिन् ।
‘अफिसमा काम गर्ने केटी हुँ घरमा पुग्ने समय सधै एकनास पनि त हुँदैन कहिलेकाहिँ ढिला त हुन्छ नि ?’ उनले भनिन् घरमा सधै केरकार किन ? अलिकति ढिला भयो भने गाली सुन्न परिहाल्छ उनले भनिन् । घरमा दादा पनि छ । तर ऊ कही जान लाग्यो भने केही सोधिदैन र ढिला आउँदा पनि केही केरकार हुँदैन तर म भने छोरी भएकी नाताले केरकार गरिन्छ उनले भनिन् ।

हाम्रो समाजमा अझै गन्न नसक्ने संख्यामा यस्ता छोरी, बुहारी, श्रीमतीहरु छन् जुन परिवारको अनुमति विना आफूलाई सामान्य टाउको दुखेको औषधिसमेत किन्न सक्दैनन् । समाजमा यस्ता पनि नारी छन् जहाँ आफै परिवार र समाजको बन्धनमा बाँधिएर पनि स्वतन्त्रता खोजिरहेका छन् ।

घर आफूभन्दा ४ वर्ष कान्छो भाइ छ त्यसले समेत कहाँ जान लागेको ? किन ढिला आएको जस्ता प्रश्न गर्छ ? सञ्चार क्षेत्रमै काम गर्दै आएकी बिमला घर्तीले भनिन् । ‘मिडियाको काम यस्तै हो कहिले छिटो कार्यालय पुग्नुपर्छ त कहिले कहिले त अबेरसम्म पनि घर पुगिदैन’ उनले भनिन् ।
परिवारमा सबैलाई थाहा छ । ‘कार्यालयकै कामले कहिलेकाहिँ ढिला हुन्छ तर पनि किन ढिला भन्दै प्रश्न तेसाईन्छ’ उनले थपिन् । कही कतै जान प¥यो भने परिवारको अनुमति लिनुपर्छ । त्यसमा पनि सजिलै फुत्किन पाए त हो । पूरै डिटेलमा कुरा बुझाएपछि मात्रै जान मिल्छ उनले प्रदेश टुडेकर्मीलाई भनिन् ।

महिलाहरु घरकै काममा व्यस्त हुनुपर्छ अनि घर व्यवहार मात्रै सम्हाल्नु पर्छ भन्ने मान्यता पहिलेदेखि चल्दै आएको छ । त्यसकारण पनि उनीहरु स्वतन्त्र हुन सकिरहेका छैनन् उनले भनिन् । महिलाको शरीर हाउभाउलाई हेर्ने जुन सोंच छ त्यसलाई परिवर्तन गर्नुपर्छ

‘अफिस टाइम वा अन्य कुनै काममा बिजी हुँदा घर पुग्ने समय (साढे ५ बजे) सम्म घर पुगिएन भने कल आईहाल्छ’ घोराहीकी पुनम केसीले भनिन् । जहाँ छु । जस्तो अवस्थामा छु तुरुन्त भनिहाल्नु पर्छ उनले बताइन् । दाजुभाइलाई जस्तो जतिखेर जहाँ गएपनि हुँदैन र परिवार कसैले पनि केही सोधिदैन उनले भनिन् । माथि उल्लेखितहरु त उदाहरण मात्रै हो ।
हाम्रो समाजमा अझै गन्न नसक्ने संख्यामा यस्ता छोरी, बुहारी, श्रीमतीहरु छन् जुन परिवारको अनुमति विना आफूलाई सामान्य टाउको दुखेको औषधिसमेत किन्न सक्दैनन् । समाजमा यस्ता पनि नारी छन् जहाँ आफै परिवार र समाजको बन्धनमा बाँधिएर पनि स्वतन्त्रता खोजिरहेका छन् । महिलाको विषयमा जति सवाल उठ्छ प्रश्न पति त्यत्तिकै उठ्छ ।
महिलाहरुलाई महिला भएकै कारणले घरपरिवारको अण्डरमा चल्नुपर्ने हुँदा उनीहरु स्वतन्त्र हुन नसकेको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष रेणुराज भण्डारीले बताइन् । महिलाहरु घरकै काममा व्यस्त हुनुपर्छ अनि घर व्यवहार मात्रै सम्हाल्नु पर्छ भन्ने मान्यता पहिलेदेखि चल्दै आएको छ । त्यसकारण पनि उनीहरु स्वतन्त्र हुन सकिरहेका छैनन् उनले भनिन् । महिलाको शरीर हाउभाउलाई हेर्ने जुन सोंच छ त्यसलाई परिवर्तन गर्नुपर्छ उनले भनिन् पुरुष र महिलाहरुलाई हेर्ने दृष्टिकोण एउटै हुन आवश्यक रहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *