- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरखै विद्युतको टोकन सिस्टम ?

खै विद्युतको टोकन सिस्टम ?

- Advertisement -spot_img

विद्युतमा सेवाग्राहीलाई सास्ती …
तुलसीपुर, २१ साउन । टोकन सिस्टम कता हरायो ? टोकन सिस्टम बन्द भएछ किन बन्द भयो ? नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरको प्राङ्गणमा विद्युत महसुल तिर्न लाइनमा उभिएका सेवाग्राहीहरुले एकअर्कालाई केहि दिन अघि सोध्दै थिए ।
टोकन सिस्टम राम्रो थियो, टोकन लिएर बेञ्च बस्न पाइन्थ्यो पालो अनुसार महसुल तिर्नु पथ्र्याे लाइन लागेर उभिन समस्या छ । यस्तै गुनासा एकआपसमा हुँदै थियो सेवाग्राहीका बीचमा यो दृष्य केहि महिनादेखि विद्युतमा दैनिक देख्न पाइन्छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै राखिएको टोकन सिस्टम बन्द गरेको छ । टोकन सिस्टम बन्द हुँदा अहिले सेवाग्राही मर्कामा परेका छन् । विद्युत महसुल तिर्न घण्टौ लाइनमा उभिनुपर्ने समस्या रहेको छ । टोकन सिस्टम हुँदा टोकन लिएर बेञ्चमा बसेर आफ्नो पालोमा विद्युत महसुल बुझाउने सुविधा रहेको थियो ।
टोकन सिस्टम बन्द हुँदा हामी सेवाग्राहीलाई विद्युत महसुल बुझाउन लाइनमा उभिनुपर्ने समस्या छ तुलसीपुर–६ का तुलसीराम घिमिरे भने, नजिककालाई त लाइनमा उभिन समस्या छ, टाढाबाट महसुल बुझाउन आएकालाई झन कस्तो समस्या होला ?
दिनभर विद्युत महसुल बुझाउनमै दिन जान्छ यस्तो छ हालत । टोकन सिस्टम नहुँदा महसुल बुझाउन आएका बृद्ध, अपाङ्ग तथा महिलाहरुलाई झन समस्यामा परेको लाइनमै लागेकी पवित्रा पुनले भनिन्, सकि नसकि बृद्ध, अपाङ्ग तथा साना बच्चासहितका महिलालाई लाईनमा उभिन समस्या छ । के कारणले टोन सिस्टम बन्द भयो सञ्चालन गर्नुपर्छ ?
टाढाका सेवाग्राहीलाई एक सय विद्युत महसुल बुझाउन एक हजारभन्दा बढी खर्च लाग्ने गर्दछ । खाई नखाई विद्युत महसुल तिर्न गयो, लाइनमा बस्नुपर्ने बाध्यता छ, टोकन सिस्टमले केहि सहजता दिएको थियो ।
अहिले यही सिस्टम पनि हटेछ शान्तिनगर–५ रगैजाका राजु परियारले भने । पश्चिम दाङबासीहरूलाई हरेक सेवामा समस्या छ, विद्युतमा झन झन्झट छ, उनले भने अब स्थानीयतह मै विद्युत महसुल बुझाउनुपर्ने व्यवस्था गर्नुपर्छ ।

टोकन सिस्टम बन्द हुँदा अहिले सेवाग्राही मर्कामा परेका छन् । विद्युत महसुल तिर्न घण्टौ लाइनमा उभिनुपर्ने समस्या रहेको छ । टोकन सिस्टम हुँदा टोकन लिएर बेञ्चमा बसेर आफ्नो पालोमा विद्युत महसुल बुझाउने सुविधा रहेको थियो ।

विद्युत महसुल तिर्नमा विभिन्न समस्याका कारण बर्षौदेखिको विद्युत नतिर्ने सेवाग्राही पनि रहेको भन्दै सेवाग्राहीलाई सहजरुपमा विद्युत महसुल तिर्ने वातारण बनाईदिन उनले आग्रह गरे ।
साथै परियार स्थानीयस्तरमा सहजरुपमा सेवा प्रदान गर्न समयमै जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने सुझाव दिए । टोकन सिस्टमले विद्युत महसुल तिर्न केही सहजता दिएको अवस्था बन्द हुँदा सेवाग्राहीहरुमा समस्यामा परेको उनीहरुका भनाई छ । विद्युत महसुल बुझाउने सेवा स्थानीय तहमा बनाउन सेवाग्राहीको आग्रह रहेको छ ।
सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा ल्याएको टोकन प्रणालीले सहजता प्रदान गर्न नसक्दा आम सेवाग्राहीहरु मर्कामा परेका छन् ।
प्रविधिको प्रयोग र उचित तरिकाले व्यवस्थापन हुन नसक्दा अहिले विद्युत प्राधिकरणमा विद्युत महसुल बुझाउने स्थानमा निकै भिडभाड र कोलाहल बढ्दै गएको छ । जसका कारण विद्युत महसुल बुझाउन काउन्टर प्रत्येक दिन जात्रामय बन्ने गरेको देखिन्छ ।
यस्तै सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा प्रदान गर्ने उद्देश्यले टोकन प्रणाली सञ्चालनमा ल्याएको भ्एपनि प्रविधिले काम गर्न नसक्दा बीच–बीचमा समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका कार्यालय प्रमुख दिपकजंग चौधरीले बताए ।

करिव एक लाखको लागतमा टोकन मेसिन सञ्चालनमा ल्याईएको भएपनि निरन्तर प्रयोगमा समस्या देखिदा सेवाग्राहीहरुलाई विद्युत महसुल बुझाउन समस्या परिरहेको उनले बताए । हामीले प्रविधिको प्रयोगले सेवा दिन खोज्छौँ,
उनले भने– तर प्रयोग गरिएका प्रविधिले नै हामीलाई धोका दिएपछि कस्को के लाग्छ र उनले भने ? कार्यालयमा एउटै टोकन मेसिन भएकाले विकल्पमा अन्य कुनै मेसिन नहुँदा यस्तो समस्या आएको बताए । बिग्रिएको मेसिन काठमाडाँै लगेर मर्मत गर्नुपर्ने भएकाले समय लागेको हो उनले भने यो समस्या समाधान गर्ने तयारीमा छाँै । १५ दिनपछि टोकन सिस्टम लागू हुने उनले बताए ।

मिटर रिडिङ हुँदैन ?

नेपाल विद्युत प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न घर–घर नआउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । मिटर रिडिङ गर्ने विद्युतका कर्मचारी नआउँदा आफै युनिट टिपेर विद्युत महसुल तिर्न जानुपर्ने अवस्था छ ।
मिटर रिडिङ गर्न नआउँदा पछिल्लो समयमा घरमा जडान भएका नयाँ मिटर बक्समा कति युनिटसम्म विद्युत खपत भयो थाहा पाउन समस्या परेको सेवाग्राही बताउँछन् । पछिल्लो समयको नयाँ सिसावाला मिटर बक्समा नयाँ सेवाग्राहीहरु कसरी चेक गर्ने भन्ने समस्यामा छन् ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here