खेलाडिलाई खेलकुद सामाग्री

खेलकुद मुख्य खबर समाज

दंगीशरण, १५ फागुन । दंगीशरण गाउँपालिका वडा नम्बर ४ का युवा खेलाडिहरुलाई मंगलबार खेलकुद सामाग्री वितरण गरिएको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा खेलकुद सामाग्री वितरण गरिएको हो । सामाग्री वितरण कार्यक्रमअन्तर्गत मौलीका युवा खेलाडिलाई भलिबल ३ थान, भलिबल नेट १ थान, फुटबल नेट १ जोडी, फुटबल ३ थान, फुटबल ड्रेस १५÷१५ थान, पम्प २ थान वितरण गरिएको हो । झण्डा ६ वटा, सिटी ४ वटा वितरण गरिएको हो ।
यसैगरी टोलअन्तर्गत सरिया, सुकदेवा, बैबाङ गनार र बैबाङ डवराका खेलाडी युवाहरुलाई भलिबल १ थान, फुटबल ३ थान, भलिबल नेट १ थान, फुटबल नेट १ थान, पम्प २ थान वितरण गरिएको थियो । खेलाडी युवाहरुलाई वडा नम्बर४ का वडा अध्यक्ष नेवबहादुर कँवरले प्रदान गरेका थिए  । सामाग्री वितरणपछि कार्यक्रममा बोल्दै वडा अध्यक्ष कँवरले युवा वर्गका लागि खेलकुद क्षेत्र अपरिहार्य रहेको बताउँदै खेलकुद क्षेत्रमा युवाहरु मानसिक, सामाजिक रुपमा दक्ष हुनुपर्ने बताएका थिए । उनले अबका दिनमा दंगीशरणभित्रका युवाहरु खेलप्रति अझै जागरुक भई योग्य खेलाडिको रुपमा स्थापित हुनुपर्ने बताएका हुन् । उक्त अवसरमा शिक्षा शाखा उप प्रमुख अनिल केसीले युवाहरुलाई खेलप्रति अग्रसर गराउने उद्देश्यले पालिकाले यस्तो खालको कार्यक्रम ल्याएको बताएका थिए । पालिकाभित्रका युवाहरु आगामी दिनमा अझै पनि उत्साहपूर्वक खेलकुदमा भाग लिने खालका युवाहरु उत्पादन हुने अपेक्षा लिएको बताए ।
कार्यक्रममा बोल्दै विद्यार्थी युवा खेलाडी कैलाशपति चौधरी र राजन घर्ती मगरले वडाले खेलाडि युवाहरुको समस्यालाई मध्यनजर गरी खेल सामाग्री वितरण गरेको भन्दै खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का सदस्य सुभद्री चौधरी, विमला नेपाली, विरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमराज खनाललगायतले आ–आफ्ना धारणा राखेका थिए । वडा अध्यक्ष नेवबहादुर कँवरको अध्यक्षता एवं शिक्षा शाखा उपप्रमुख अनिल केसीको प्रमुख आतिथ्यतामा खेलकुद सामाग्री वितरण कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक केशवराज डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *