खेलकुदमा अपाङ्गताको सहभागिता

खेलकुद प्रदेश मुख्य खबर राजनीति समाज

विवेक खड्का

शारिरीक, मानसिक, वौद्धिक तथा साँस्कृतिक विकासका लागि मानिसलाई अनिवार्य रुपमा खेलकुदको आवश्यकता पर्छ । खेल एउटा अनुशासन पनि हो । यसको व्यापकतले मात्र खेलकुद र क्षमता विकास हुनेमा दुई मत छैन । खेलकुदको यही महङ्खवलाई बुझेर उमेर र अवस्थाका आधारमा मानिसलाई आफ्नो समय, अवस्था, स्थान र सुविधा अनुसार खेलकुदमा सहभागी गराइन्छ । अहिले प्रतिस्पर्धाको रुपमा होस् या अभ्यासका रुपमा खेलकुद सर्वप्रिय र सर्वव्यापी बन्दै गइरहेको छ । खेलकुदले पछिल्लो समयमा व्यापकता लिएको छ । खेलकुदको यही व्यापकता र महङ्खवलाई कायम राख्न विभिन्न निकायले विभिन्न प्रयासहरु गरिरहेका छन् । यो पछिल्लो समयको खेलकुद क्षेत्रको एउटा उपलब्धि हो । विगतमा सुस्त प्रायः भएको खेलकुदले अहिले विस्तारै गति लिनु यसको उपलब्धिको रुपमा लिन सकिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदमा सहभागिता र सक्रियता रहन्छ । उनीहरुको दक्षता र सक्रियता मोफसलबाटै शुरु हुन्छ र यसले भोलिका दिनमा राष्ट्रियस्तरमा पनि सहभागिता जनाउन सहयोगीको भूमिका खेल्छ । अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले कहिले काहिँ मात्र समावेश गराउने गरेको छ । यो दुर्भाग्य हो । यसले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदमा कुनै प्रभावकारिता ल्याउँदैन ।


खेलकुदको संस्थागत विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलसँग सम्बन्धित विभिन्न संगठनहरु गठन भएका छन् । नेपालमा पनि खेलकुदको विकास र विस्तारका लागि सरकरले २०१७ मा राष्ट्रिय खेलकुद परिषदको स्थापना गरेको छ । विभिन्न गैर सरकारी निकायहरु पनि खेलकुदको महङ्खवलाई कायम राख्ने प्रयास गरिरहेका छन । मानिसहरु रुचि तथा आफ्नो दक्षता र क्षमता अनुसार खेलकुदमा सहभागी हुने गर्छन् ।
यहाँ उठान गर्न खोजको विषय भनेको अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता र सक्रियताको हो । यस विषयमा सरकारी तथा गैर सरकारी निकाय यो समुदाय अर्थात् अपाङ्गता भएका व्यक्तिहरुको विषयमा अझै सक्रिय हुन सकेका छैनन् । जसका कारण अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता अझै पनि न्यून छ । यसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको सोचे अनुरुपको उपलब्धि भएको छैन । विशेष शिक्षा परिषद्ले अपाङ्गता भएका विद्यार्थीहरुलाई खेलकुदमा समावेश नगराएरको भने होइन । तर यो विशेष शिक्षा लागू भएका विद्यालयमा मात्र सीमित छ । यसको क्षेत्र विस्तार पहिलो आवश्यकता हो । त्यो नीति मोफसल बाहिरका विद्यालयमा कार्यान्वयन हुन सकिरहेको छैन । यो नीति मोफसलमा पनि कार्यान्वयनमा ल्याइनु पर्छ । जसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदमा सहभागिता र सक्रियता रहन्छ । उनीहरुको दक्षता र सक्रियता मोफसलबाटै शुरु हुन्छ र यसले भोलिका दिनमा राष्ट्रियस्तरमा पनि सहभागिता जनाउन सहयोगीको भूमिका खेल्छ । अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले कहिले काहिँ मात्र समावेश गराउने गरेको छ । यो दुर्भाग्य हो । यसले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदमा कुनै प्रभावकारिता ल्याउँदैन । अपाङ्गता भएका व्यक्तिहरु पनि खेल खेल्न सक्दछन् भन्ने कुरा सुन्दा अचम्म मान्नेहरु पनि हामीसँगै छन् । यो अज्ञानता यिनै निकायहरुको एउटा उपज हो । यो सचेतिकरण र कार्य क्षेत्रको अचेतपना हो । यो विषय खेलकुदको विकास र विस्तारमा लागेका जिम्मेवार पक्षले ध्यान दिनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरुको सवलता र क्षमता अनुसारको सहभागिता भएका उदाहरणहरु प्रसस्त छन् । त्यसो त अपाङ्गता भएका व्यक्तिहरु मिलेर ०५२ सालमा नेपालमा नेपाल पारालिगल ओलम्पिक कमिटीको स्थापना गरी खेलकुदमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता बढाउने प्रयास गरेको पाइन्छ ।
नेपाल पारालिगल ओलम्पिक कमिटीको स्थापना भएदेखि हजारौँ अपाङ्गता भएका व्यक्तिहरुले खेलकुदमा भाग लिइसकेका छन् । ०६४ सालदेखि यता दाङबाट पनि अपाङ्गता भएका व्यक्तिहरुले खेलकुदमा भाग लिएर सफलता प्राप्त गरेका छन् । यो अवसरले उनीहरुलाई भोलिका दिनमा अन्तर्राष्ट्रियस्तरमा नै प्रतिस्पर्धा गर्न र सफलता प्राप्त गर्न थप सहयोग गर्ने विश्वास छ । अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदमा आर्थिक उपलब्धिलाई गौण रुपमा लिइन्छ भने मानवीयता, अनुशासन, सदाचार, सदभाव, साँस्कृतिक र शारिरीक उपलब्धिमा जोड दिइन्छ । यिनै विषयलाई मध्यनजर गर्दै खेलकुदको माध्यमबाट सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । तर उनीहरुको खेलकुदमा नयाँ–नयाँ खेललाई पनि समावेश गर्नुपर्ने आवश्यकता देखिन्छ । आफूहरु थोरै खेलमा मात्र सहभागी भएको गुनासो उनीहरुको छ ।
पछिल्लो पटक अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदसम्बन्धी केही काम गर्ने उद्देश्यले विशेष शिक्षा परिषद्बाट विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता वर्षमा एक पटक सञ्चालन हुँदै आएको छ । देशका विभिन्न त्यो पनि पायक पर्ने विद्यालयहरुबाट अपाङ्गता भएका बालबालिकाहरुलाई एक ठाउँमा भेला गरी गराइने प्रतियोगिताले उपलब्धि हुँदैन । यसलाई स्थानीयस्तरदेखि जिल्ला र क्षेत्रीयस्तरमा प्रतिस्पर्धा गराई राष्ट्रियस्तरमा । लैजाने व्यवस्था गरिनुपर्छ । जसले गर्दा अपाङ्गता भएका बालबालिकाहरुमा क्षमताको विकास हुनुका साथै प्रतिस्पर्धी बन्ने र खेलप्रतिको रुचि बढ्छ । खेलकुदलाई पनि अब अपाङ्तामैत्री बनाउन जरुरी छ । राज्यको लगानी र सक्रियताले मात्र अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदप्रतिको चासो बढ्नुका साथै उनीहरु खेलमा जोडिन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *