- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरखेलकुदको ४५ विगाह जग्गा कब्जामा

खेलकुदको ४५ विगाह जग्गा कब्जामा

- Advertisement -spot_img

दाङ, २० पुस । जिल्ला खेलकुद विकास समिति दाङको नाममा रहेको करिब ४५ विगाह जमिन सुकुम्बासीको नाममा कब्जा भएको छ । गुठीमार्फत ०३४÷३५ सालमा खेलकुदको नाममा श्रेष्ता कायम भएको रामपुर सिमलतारामा रहेको जग्गा ३७ सालदेखि नै खेलकुदले भोग चलन गर्न पाएको छैन । घोराही उपमहानगरपालिका वडा नम्बर २ सिमलतारा (साविक रामपुर गाविस)मा रहेको खेलकुदको ४५ विगाह जग्गा पूर्णरुपमा अतिक्रमणमा परेको र सुकुम्बासीको नाममा कब्जामा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिए । खेलकुद विकास समितिको नाममा आएदेखि अहिलेसम्म त्यो जग्गा सुकुम्बासीकै कब्जामा रहेको समितिले बताएको छ ।
खेलकुद विकास समितिको नाममा रहेको ७० विगाह जमिनमा ४५ विगाह जमिक सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । अन्य केही जग्गालाई खेल पूर्वाधारको रुपमा विकास गरिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिए । बढी जग्गा भएको रामपुर सिमलतारा हो, उनले भने त्यहि जग्गा अतिक्रमणमा छ । पटक–पटक प्रयास हुँदा पनि हामीले आफनो जग्गा प्रयोग र भोगचलन गर्न पाएका छैनौँ ।

खेलकुद विकास समितिको नाममा आएदेखि अहिलेसम्म त्यो जग्गा सुकुम्बासीकै कब्जामा रहेको समितिले बताएको छ । खेलकुद विकास समितिको नाममा रहेको ७० विगाह जमिनमा ४५ विगाह जमिक सुकुम्बासीको नाममा अतिक्रमण भएको छ ।

उनले रामपुरमा रहेको जग्गाका सुकुम्बासीहरुलाई ब्यवस्थापन गर्न सकेमा त्यस क्षेत्रलाई खेलकुद प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने भएपनि केन्द्रले पहल गर्न नसक्दा जिल्लाले केही गर्न नसकेको सुनाए । उनले खेलकुदको जग्गामा ठूला–ठूला महल बनिसकेको र त्यो क्षेत्र स्थानीय बजार क्षेत्रको रुपमा विकास भइरहेको छ । अध्यक्ष डाँगीले पाँच विगाह जतिमा सुकुमबासीले पूर्वाधार निर्माण गरेको र अन्यमा खेतीपाती गरिरहेको अवस्था रहेको बताए । अहिलेकै अवस्थामा खेलकुद समितिले मात्रै ब्यवस्थापन गर्न समस्या रहेको भन्दै राजनीतिक नेतृत्व र प्रशासनले पहल कदमी गरेर त्यो जग्गाको सदुपयोग हुने बताए । खेलकुद परिषद्ले जग्गाको ब्यवस्थापनको लागि भनेर यसवर्ष पाँच लाख रुपैयाँ पठाएको भएपनि रकम कम भएका कारण कुनै काम गर्न नसकिएको बताए ।
तत्कालिन अवस्थतामा अधियामार्फत भोगचलन शुरु भएको खेलकुदको जग्गा अहिने कब्जासरह भएको खेलकुद विकास समितिका पूर्व अध्यक्ष जोगबहादुर रानाले बताए । रानाले २०३७ सालदेखि समितिले आफ्नो जग्गाको भोगचलन गर्न नपाएको भन्दै राज्यले यसको ब्यवस्थापन गर्नतर्फ ध्यान दिनुपर्ने बताए । उनले जग्गामा उत्पादित अन्नको चार भागमा तीन भाग अधियारालाई र एक भाग समितिमा आउने गरी सम्झौता भएको भएपनि त्यो सम्झौता अहिलेसम्म कार्यान्वयन नभएको भन्दै जबरजस्त अतिक्रमण बढिरहेको बताए । उनले आफ्नो कार्यकालमा एक पटक अधिया बाफतको एक बाली ल्याएको भएपनि अन्य वर्षहरुमा समितिले जानै नसकेको बताए । गुठी संस्थानबाट खेलकुदलाई जग्गा प्राप्त भइसकेपछि त्यसको संरक्षण गर्न एकजना पालेको समेत ब्यवस्थापन गरिएको थियो । तर पनि जग्गा संरक्षण गर्न नसकिएको अध्यक्ष डाँगीले बताए । खेलकुद समितिको जग्गा अतिक्रमण गरेर बसेकाहरुले भने सुरक्षित रुपमा ब्यवस्थापन भएमा आफूहरुले जग्गा छोड्ने बताएका छन् । उनीहरुले खेलकुदले उचित स्थान वा भोग चलन गरेको जग्गा छोडेर अरु जग्गा फर्काउने अवस्था आए आफूहरुले सहजै राजी हुने बताए । अहिले खेलकुदको जग्गामा स्थानीय केही अगुवाले घडेरीमा प्लटिङ गरेरसमेत बेचबिखन गर्ने गरेको पाइएको अध्यक्ष डाँगीले बताए । चार÷पाँच पटक गरेर समितिले अनुगमन गरेको र त्यो बेला किनबेचसमेत चलिरहेको देखिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here