- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरखुल्यो शिक्षक लाईसेन्स

खुल्यो शिक्षक लाईसेन्स

- Advertisement -spot_img

भक्तपुर, ४ असार । लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन शिक्षक सेवा आयोगले खोलेको छ । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।
प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्नेछन् ।
खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैछ, थपलियाले भने , यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।
जस अनुसार माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्कसहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ,
सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय सञ्चालन तथा लेखा, कानुन, बाली विज्ञान र पशु विज्ञानमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो ।
यस्तै माध्यमिक तहकै अर्काे विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित,
अंग्रेजी, कार्यालय सञ्चालन तथा लेखा, कानुन, कृषि बाली विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३ सय पूर्णाङ्कसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।
यस्तै प्राथमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय
पूर्णाङ्कको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको र निम्न माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङ्कसहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनुपर्ने छ ।
लाइसेन्सका लागि असार २२ गतेसम्म फाराम भर्न सकिने छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना नगरिने आयोगले जनाएको छ ।
प्राविका लागि ५ सय निमाविका लागि ७ सय र माविको उल्लेखित तीनै प्रकारका लागि हजार रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ । पछिल्लो पटक मावि र निमाविको लाइसेन्स २०७२ सालमा र प्राविको लाइसेन्स २०६८ सालमा खोलिएको थियो ।
लामो समयसम्म लाइसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पूरा गरेका पाँच लाखभन्दा धेरैले लाइसेन्स पाएका थिएनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here