खुल्दैनन् पदाधिकारी

फिचर मुख्य खबर

अस्तव्यस्त विकास समिति …
देउखुरी, १९ असार । दाङको लमही नगरपालिका ९ रिहारमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बगार बाबा धार्मिक विकास समिति अस्तव्यस्त देखिएको छ । कानुनी मान्यताभन्दा बाहिर गएर समिति सञ्चालन हुँदा अस्तब्यस्त मानिएको छ ।
भने समितिअन्तर्गतका संरक्षित क्षेत्रहरु पनि असुरक्षित बन्दै गएका छन् । समिति स्थापना भएको १३ वर्षसम्म सभासमेत बस्न सकेको छैन । संस्था पनि नवीकरण गरिएको छैन । यस विषयमा पदाधिकारीहरु समेत अनविज्ञजस्ता देखिएका छन् ।
समितिभित्रको बेतिथिको बारेमा समितिका पदाधिकारी बोल्न मान्दैनन् । बगार बाबा धार्मिक विकास समितिका अध्यक्ष मेघसिङ पछाईको फोन उठ्दैन ।
समितिका सचिव श्यामलाल चौधरीले ‘अध्यक्षले जे भन्नुहुन्छ, मैले त्यहि लेख्ने र गर्ने हो अरु मलाई थाहा छैन’ भनेर प्रतिक्रिया दिने गरेका छन् । ‘संस्था नवीकरण गर्नका लागि सबै कागजपत्र तयार पारेर अध्यक्षलाई जिम्मा लगाएकै हो,
नवीकरण किन भएन त्यो उहाँलाई नै सोध्नुपर्छ’ सचिव चौधरीले भने । त्यहाँका स्थानीयले करिब १३ बर्षदेखि संस्थाको साधारण सभा र नवीकरण नभएको आरोप लगाउँदै आएका छन् ।
बाहिर हल्ला भए जस्तो नभए र संस्थाको नवीकरण हुँदै आएको र दुई बर्ष मात्र नवीकरण हुन् बाँकी रहेको सचिव चौधरीको दाबी छ । कानुनी लेखा परिक्षण गरिदै आएको उनको भनाई छ । अध्यक्षले भने प्रतिक्रिया दिन मानेका छैनन् ।
धार्मिक विकास समितिका अध्यक्ष मेघसिङ पछाईको मनोमानी काम गर्ने र आर्थिक कारोबार प्रष्ट नहुँदा साधारणसभा हुन नसकेको स्थानीय खिम बहादुर केसीको भनाई छ ।

स्थानीय सरकार आउनु अघि रिहार धाममा लगाईने मेलाको समेत लेखाजोखा नहुने, मेला लाग्ने सिजन आएपछि मात्र चासो दिने र मेला महोत्सव सकिएपछि संस्थाको कुनै चासो नराख्ने गरेको पाईएको छ ।

स्थानीय सरकार आउनु अघि रिहार धाममा लगाईने मेलाको समेत लेखाजोखा नहुने, मेला लाग्ने सिजन आएपछि मात्र चासो दिने र मेला महोत्सव सकिए पछि संस्थाको कुनै चासो नराख्ने गरेको पाईएको छ । बर्षौदेखि धार्मिक विकास समितिको आय–व्यय लुकाउने गरेको स्थानीय कल्पना पछाईले बताईन् ।
संस्थाका उपाध्यक्ष मेघराज पछाईले समितिले संस्थाका बिल भरपाईहरु सार्वजनिक गरेको बताए । ‘हामीले साधारणसभा गर्न लाग्दा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले साधारणसभा नगर्दै कुनै पनि काम नगर्नुस् भनेकोले सबै काम रोकिराखेका हाँै’ उपाध्यक्ष पछाईले भने । अडिट पनि हरेक बर्ष गरेका छौँ र बाँकी कुरा अध्यक्षलाई सोध्दा नै उचित हुनेछ ।
जिल्लामा रहेका अन्य मन्दिरहरुमा धार्मिक समितिले आफ्नो हिसावले काम गरिरहदा लमही नगरपालिकाले दाबी गर्नु गलत भएको उपाध्यक्ष पछाईले बताए ।
यता लमही नगरपालिकाले गुरुयोजना अनुसार रिहारधाममा काम गर्ने बताउँदै आएको छ । रिहार र जखेरा तालको डिपीआरसमेत तयार भैसकेको नगर प्रमुख कुल बहादुर केसीले बताए ।
‘नगर प्रमुख केसीले संस्था कुनै एक घरको हैन, हामीले धार्मिक स्थलका लागि भनेर डिपीआरसमेत तयार बनाई सकेकाले त्यही अनुसार काम गरौँ भन्ने ने हो’ उनले बताए । विकासका लागि बाधक नबन्न पनि नगर प्रमुख केसीले आग्रह गरेका छन् ।
धार्मिक विकास समितिका अध्यक्ष मेघसिङ पछाईले आफूले शुरुवात गरेको संस्था भनेर आफू खुसी काम गर्ने र स्थानीय सरकारले आफ्नो मातहतमा ल्याउन खोज्दा विवाद भएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । उनका अनुसार दुबै पक्षलाई सिडियो कार्यालयमा बोलाएर छलफल गराएको भए पनि सहमति नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *