Friday, April 19, 2024
Homeफिचरखाली हुँदै फुर्केसल्ली

खाली हुँदै फुर्केसल्ली

- Advertisement -spot_img

तुलसीपुर, ११ भदौ । दाङमा पछिल्लो केही बर्ष यता बसाई सराई गरी आउने परिवारहरुको कारण हरेक स्थानमा बस्ती बाक्लो हुने क्रम बढेको छ । बस्ती बाक्लिएसँगै व्यवस्थापनको लागि विभिन्न गतिविधिहरुसमेत भैराखेका छन् । तर दाङकै एउटा यस्तो ठाउँ छ, जहाँ पूरै बस्ती विस्तारै खाली हुने प्रायः निश्चित बन्दै छ  । दश बर्ष अघि १ सय ६८ घरधुरी रहेको हालको दंगीशरण गाउँपालिका वडा नम्बर १ मा रहेको फुर्केसल्ली गाउँमा घर संख्या वृद्र्धि हुनुको साटो घटेर अहिले त्यहाँ बसोबास गर्ने घरधुरी संख्या ५० भन्दा कम छ । साविक गोल्टाकुरी गाउँ विकास समितिअन्तर्गत सबैभन्दा बढी र घरसंख्या रहेको वडाहरुमध्ये त्यस समयमा अन्यभन्दा वडा नम्बर १ फुर्केसल्लीमा सबैभन्दा बढी घरधुरी रहेको थियो । २०१८ सालदेखि बस्ती बस्न सुरु भएको फुर्केसल्लीमा पूर्खाहरुले पशुपालनको लागि उपयुक्त स्थान भनेर रोजेको तर अहिले आएर फुर्केसल्लीमा बस्ने ९० प्रतिशत घरपरिवार ठाउँ छोडेर अन्यत्र घर बनाई सकेको स्थानीय गणेश वलीले बताए । फुर्केसल्लीबासीले लामो समयदेखि विकास र रोजगारीका विभिन्न अवसरहरुको खोजी गरे । तर बस्ती बसेको ५७ बर्ष पुग्दासमेत सिङ्गो फुर्केसल्लीमा न सडकले छुन सकेको छ न त शिक्षा स्वास्थ्य, रोजगार, आधुनिक कृषि तथा पशुपालन हरेक कुराले समस्या देखेपछि स्थानीयहरु अवसरको खोजीमा आफ्नो पुख्र्यौली ठाउँ छोड्न बाध्य भएका छन् । बस्ती खाली हुनुको अर्को मुख्य कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएसँगै त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरुले विभिन्न कुराले समस्या झेल्न थालेपछि बस्ती छोड्न बाध्य भएको वलीले बताए ।

आफूले चाहे अनुसार केही गर्न पाईदैन जे कुरामा पनि निकुञ्ज संरक्षणका लागि बसेका कर्मचारीहरुको अनुमति आवश्यक पर्छ कसरी बस्न सकिन्छ ?


एकातिर लामो समयदेखि यातायात शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता कुराहरुबाट समस्या भौग्दै आएका स्थानीय नागरिकहरुले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रको रुपमा आफ्नो सिङ्गो गाउँ नै परेपछि विभिन्न कुराले समस्या भोग्नुपरेको स्थानीय गोपी चन्दले बताए । उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भैसकेपछि यहाँ विभिन्न जनावरको संख्या बढेको छ आफूले पाल्ने पशुहरु दिनहुँ बाघले नमारेको दिनै छैन सँगै स्थानीयले आफूहरुले उत्पादन गर्ने बाली राम्रोसँग भित्र्याउनसमेत पाउन छोडेपछि अधिकांश परिवारहरु अहिले धमाधम श्रीगाउँ, हेकुली र गोल्टाकुरीमा घर बनाएर बसेका छन । अब बिस्तारै अन्यन्त्र बसाई सराई गरेर जानुको विकल्पबाहेक अरु कुनै नभएको उनी बताउँछन् । आफूले चाहे अनुसार केही गर्न पाईदैन जे कुरामा पनि निकुञ्ज संरक्षणका लागि बसेका कर्मचारीहरुको अनुमति आवश्यक पर्छ कसरी बस्न सकिन्छ निकै समस्या भएको उनले बताए । अर्कोतिर फुर्केसल्लीमा आजसम्म कुनैपनि यातायातका साधन चल्न सकेका छैनन् । गाडीका साधन भेटाउन तीन घण्टा पैदल हिडेर गोल्टाकुरीमा झर्नुपर्छ । सँगै सञ्चारका साधनले कुनै काम गर्दैन । न त राम्रो विद्यालय छ, न त स्वास्थ्य सेवा ? त्यसैले यहाँ रहेका अधिकांश परिवार अहिले बसाई सर्न बाध्य भएको चन्दको भनाई रहेको छ । राज्यको उपस्थिति भनेको एउटा विद्यालय छ, त्यो पनि ५ कक्षासम्मको । पर्याप्त दरबन्दी छैन तीनजना स्थायी दरबन्दीका शिक्षकहरु छन् विद्यार्थी संख्या २५÷३० जना छ । ५ कक्षासम्म अध्ययन पूरा गरेपछि ४÷५ घण्टा हिडेर अन्यन्त्र अध्ययन गर्न जानुपर्छ त्यसैले पनि स्थानीयहरु अन्यन्त्र बस्न बाध्य हुँदैछन । ८÷९ बर्ष अघि निकै रमाईलो थियो । धेरै घरपरिवारहरु थिए । जनसंख्या पनि निकै थियो, विकास र सामाजिक कुराहरु उठाउन र सम्बन्धित क्षेत्रमा माग गर्नसमेत सजिलो हुने गर्दथियो । तर अहिले फाटफुट घरहरु रहेका छन् । निकै गाह्रो छ । राज्यले समेत यहाँका नागरिकलाई ठगेको छ । कुनै विकासका कुराहरु लामो समय बित्दासमेत नागरिकले देख्न र भोग्न पाएका छैनन् । दाङका हरेक गाउँमा बिजुली पुगेको छ सञ्चारको राम्रो प्रभाव छ राम्रो विद्यालयहरु स्थापना भएका छन् । सँगै अधिकांश ठाउँमा स्वास्थ्य सेवा नागरिकले सजिलै प्रयोग गर्न पाएका छन् । तर फुर्केसल्लीमा यी सबैकुरा हुन कयौँ बर्ष अझै लाग्ने देखिएको कारण पनि फुर्केसल्लीमा बस्ने जो कोही परिवारको मन यहि बसौला भनेर स्थिर बन्न सकेको छैन । विद्यालयको नाममा एउटा निमावि विद्यालय त्यो पनि राज्यले सञ्चालन नगरेर स्थानीय आफैले निजी क्षेत्रबाट सञ्चालनमा ल्याएका थिए । जसोतसो सञ्चालन गरेका थिए । तर आर्थिक अभावको कारण निमावि तहसम्मको विद्यालय सञ्चालन गर्न नसकेपछि अहिले कक्षा ५ सम्म मात्रै विद्यालय सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारको अभाव छ, तर पनि राज्यले तोकेको शिक्षक दरबन्दीभन्दा कम शिक्षकहरुले विद्यालय सञ्चालन गरिरहेका छन् । राम्रो कृषि उत्पादन हुँदैन । प्रायः परिवारले ज्याला मजदुरी गरेर घरखर्च चलाएर किनेर खानुपर्ने बाध्यता रहेको छ । त्यो पनि तीन÷चार घण्टा पैदल हिडेर वा घोडाबाट ढुवानी गराएर खाद्यान्न किन्नुपर्ने बाध्यता रहेको छ । वनजंगलमा आश्रित हरेक परिवार बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा घोषणा भएपछि पशुपालनदेखि अन्य कुरामा समेत थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here