- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरखाली जग्गामा १५ हजार विरुवा

खाली जग्गामा १५ हजार विरुवा

- Advertisement -spot_img

लमही, १९ साउन । आफ्नो नगर आफै हरियाली बनाउने लक्ष्य अनुसार नगरपालिकामा विरुवा रोप्ने काम सुरु भएको छ । नगरपालिकामा भएका विभिन्न खाली जग्गामा १५ हजार बराबरका विरुवा लगाउन थालिएको हो ।
लमही नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खाली जग्गामा विरुवा लगाउने कामको थालनी गरेको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेकोे अजम्वरी सामुदायिक वनको आयोजनामा १७ बिगाह खाली जग्गामा साल, सिसौ, खयर, जाबुन, सिमललगायतका १५ हजार विरुवा रोप्ने तयारी भएको छ ।
आफ्नो नगरलाई हरियाली बनाउँदै वन जोगाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा शुक्रबार मात्रै ५ हजार ४ सय विरुवा रोपिएको छ ।
अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं नगर प्रवक्ता बिम बहादुर केसीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त वृक्षारोपण कार्यक्रममा सामुदायिक वन क्षेत्रको ‘क’ खण्डमा वृक्षारोपण गरी अभियान सञ्चालन गरिएको हो ।
उक्त वृक्षारोपण कार्यक्रमका अवसरमा नेपाली सेना, वडा प्रहरी, सशस्त्र प्रहरी, देउखुरी वातावरण संरक्षण पत्रकार मञ्च डिभिजन वन कार्यालय प्यूठान, वन उपभोक्ता समितिलगायतका विभिन्न संस्थाको सहभागितामा वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन समूहका कोषाध्यक्ष तेजबहादुर विकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here