खाने र लगाउनेको पोल्टामा तीज

विचार

हिन्दू नारीहरुको लागि यो तीज पर्व अत्यन्तै शुद्ध, पवित्र र महिमायोग्य मानिन्छ । हरेक भाद्र शुक्ल तृतीया तिथिमा पर्ने यो तीज पर्वलाई (हरितालिका तीज) भन्ने पनि गरिन्छ । धार्मिक दृष्टान्त अनुसार यो तीज पर्वको आफ्नै मौलिकता, परम्परा, रितिरिवाज र संस्कृतिमय छ ।
समयको गति, चाल, चक्रअनुसार हाम्रा धार्मिक तथा संस्कृतिको महत्व बोकेको चाडपर्वहरु बाङ्गीनुपर्छ र नाङ्गीनु पर्छ भन्ने छैन । समयको चक्र जति गतिशील भएता पनि,
समय जति परिवर्तनशील भएता पनि र समय जति विकसित र परिमार्जित भएता पनि सत्ययुग, त्रेतायुग र द्वापरयुगजस्ता अत्यन्त धार्मिक युगहरुबाट प्रचलनमा आएका र मनाइएका कुनै पनि पर्व आफू अनुकूल बनाउन खोज्नु र कोसिस गर्नु उचित होईन ।
यो तीज पर्व विशेषगरी महिला जातिसँग जोडिएको र महिला पर्व भएकोले पनि यस पर्वमा सबैभन्दा संवेदनशील महिला नै हुुनुपर्छ । यो पर्वको धार्मिक मान्यता अनुसार अत्यन्त विधि र नियमसंगत ढङ्गले कुनैपनि महिला आफ्नो तन,
मन, बचन र कर्ममा शुद्धता र पवित्रता राखेर भक्तिभावको समर्पणसहित भगवान देवदादिदेव महादेवको पूजाआजा गरिन्छ र व्रत उपवास बसिन्छ भने महिलाको जन्म र जीवन नै धन्यमा परिणत हुनसक्दछ ।
किनभने आदिकालदेखि नै भगवानले अवतार लिंदा होस् वा कुनै आसुरी शक्तिको नाश गर्दा होस् त्यस्तो बखतमा महिला शक्ति अर्थात् (देवी, लक्ष्मी तथा सरस्वतीको) प्रयोग गरेका थिए ।
त्यसैले पनि जसरी हिजो देवताको जन्म र प्रलय कालमा देवीशक्तिको प्रयोगले सबै काम सिद्ध भएको थियो त्यसरी आज पनि एउटी गृहणी नारीको पवित्र आस्था र विश्वासले सिङ्गो परिवारको नै कार्य सफलता हुने हुँदा महिलको विशेष भूमिका रहेको छ ।
सृष्टिको आदिकालदेखि नै महिलालाई पृथ्वी, धर्ती सर्जक, सिर्जन, उत्पत्ति, विनाश सबै कार्य सम्पादनमा ठूलो विजयीको भूमिकामा प्रस्तुत हुने देवीहरुनै आजका यो धर्तीका आधा आकाश ढाक्ने नारी शक्ति हुन् । नारीमा नै यो धर्ती टेकेको छ र अडेको छ ।
जसरी एउटा नारी विनाको घर शुन्य र उजाडमय बन्दछ त्यस्तै हजारौँ, लाखाँै महिलाबिनाको मुलुक पनि शुन्य र उजाड अवश्य मानिने छ । त्यसैले पनि महिलाहरुले आफ्नो शक्तिको ज्ञान र पहिचान गरेर आफ्नो पोल्टामा परेको पर्वलाई अत्यन्त सभ्य र भब्य बनाउन नितान्त जरुरी देखिन्छ । पछिल्लो समयमा नारी तथा महिला एउटै रथका पाङग्रा, घरको गृहणी,
परिवारको प्रमुख अंग, पुरुषको जीवनसाथी, सृष्टिको सर्जक, सिक्काको एकपाटो, गुड्ने गाडी वा जीवन् गुड्ने गाडीको पाङ्ग्रो, आमाको खानी, ममताको खानी, दयाको प्रतिमूर्ति, कोमलताको प्रतिक, भावुकताको गहना, सृष्टिको सौन्दर्य, सहनशीलताको उदाहरण,
धैर्यताको द्योतक, संयमताको खानी यी सबैका नामले चिनिने जानिने महिला बेला–बेलामा वुद्धिमत्ता ढङ्गले काम गर्नु निकै आवश्यक छ । यति मात्र होईन आजका नारी चूलो र चौकामा मात्र सीमित होईन सिङ्गो देश हाँक्ने र सिङ्गो देश डो¥याउने अभियानमा समेत पुरुष सरह पहँुच र पहिचान हुनुपर्दछ भनेर संघर्षमा जुडिरहेका र खटिरहेका महिला सामान्य तीज पर्वसमेत मनाउन जानेन् भने के अर्थ लाग्ला ?
त्यसैले आजका सम्पूर्ण हिन्दू नारीहरु तीज पर्वका बारेमा हाम्रो धार्मिक शास्त्र अनुसार चिरपरिचित हुन अति जरुरी छ । अर्थात् आजका नारीहरु दर खाने भनेको के हो ? तीज भनेको के हो ? ऋषिपञ्चमी भनेको के हो ? यसको धार्मिक मूल्य र मान्यता के हो ?
यो पर्वमा कस्ता खाद्य पदार्थ खान हुने र कस्ता पदार्थ नहुने ? कस्तो स्थानमा जान हुने र कस्तो स्थानमा जान नहुने ? कस्तो बोली र भाषा बोल्न हुने र कस्तो बोली र भाषा बोल्न नहुने ? कस्ता दृश्य देख्न हुने र कस्ता दृश्य देख्न नहुने ? कस्तो पहिरन गर्न हुने र कस्तो पहिरन गर्न नहुने ?
कस्तो काम गर्न हुने र कस्तो काम गर्न नहुने ? कस्तो कुरा सोच्न हुने र कस्तो कुरा सोच्न नहुने ? कस्तो कुराको कामना गर्न हुने र कस्तो कुराको कामना गर्न नहुने ? आदि इत्यादिका बारेमा थाहा पाउनुुपर्छ । जान्नै पर्छ र बुझ्नै पर्छ ।
यदि नारीमा भएको अद्भूत शक्तिलाई प्रयोगमा ल्याउने चेष्टा र जमर्काे गरिएको हो भने हरेक नारीले यावत कुरा जान्न, सिक्न, बुझ्न र बुझाउन जरुरी छ ।
यदि आजका नारीहरु यो तीज पर्व शक्तिको उपासना गर्ने, शक्ति प्राप्त गर्ने र शक्तिको प्रदर्शन गर्ने पवित्र उद्देश्यमा लागेका हुन् र छन् भने शक्तिका लागि हिजोको संस्कार र चेतना अपरिहार्य छ । यदि यो त केवल खाने र लाउनेका लागि हो र आफ्नो रुप, रंग, चाल,
ढाँचा, आडम्बर, औकात, हैसियत, घराना, कूल, खानदान, आकर्षण, मोहन, यौवन, कलागला, तडकभडक लगायतका सारा भौतिक सम्पत्ति प्रदर्शन तथा भौतिक देह प्रदर्शनका लागि हो भने नारीहरुले आफ्नो सुरक्षा आफै अपनाए हुन्छ । उनको कारणले परिवारको सुरक्षा हुने हाम्रो धर्मले आस्था र विश्वास राख्दछ ।
कुनै पनि महिलाको सकारात्मक सोच, चिन्तन, मनन्, बोली तथा व्यवहारले सारा परिवारको रक्षात्मक कवच बन्दछ भने एउटी नारीको नकारात्मक सोच, विचार र बोली, व्यवहार तथा चरित्रले सारा परिवारको विनाशको बाटोतर्फ लैजान्छ ।
महिलाले आफ्नो परिवारको विनाशको बाटोतर्फ लैजान्छ । महिलाले आफ्नो परिवारको लागि भएपनि लक्ष्मण रेखा तोड्नु हुन्न र मोड्न हुन्न । यदि आफ्नै परिवारलाई जोखिम मोलेर कुनै नारीले आफ्नो कर्म गर्न तयार हुन्छिन् भने त्यसका लागि हामी क्षमा याचना गर्दछौं ।

सृष्टिको आदिकालदेखि नै महिलालाई पृथ्वी, धर्ती सर्जक, सिर्जन, उत्पत्ति, विनाश सबै कार्य सम्पादनमा ठूलो विजयीको भूमिकामा प्रस्तुत हुने देवीहरुनै आजका यो धर्तीका आधा आकाश ढाक्ने नारी शक्ति हुन् । नारीमा नै यो धर्ती टेकेको छ र अडेको छ ।

जसरी एउटा नारी विनाको घर शुन्य र उजाडमय बन्दछ त्यस्तै हजारौँ, लाखौँ महिलाबिनाको मुलुक पनि शुन्य र उजाड अवश्य मानिने छ । त्यसैले पनि महिलाहरुले आफ्नो शक्तिको ज्ञान र पहिचान गरेर आफ्नो पोल्टामा परेको पर्वलाई अत्यन्त सभ्य र भब्य बनाउन नितान्त जरुरी देखिन्छ ।


अन्यथा हरेक नारीहरु आफ्नो स्वधर्मको बाटोमा लाग्नु र हिड्नु नितान्त जरुरी छ । खानु र लाउनु यी दुबै कुरा जीवनका लागि अति महत्वपूर्ण कुरा छन् । तर हामीले खाने कुरा आफ्नै स्वास्थ्यका लागि हितकर छ कि छैन ? त्यो जान्न नितान्त जरुरी छ ।
त्यस्तै हामीले लगाउने पोशाक पनि आफ्नै देहका लागि हो । तसर्थ कुन पोशाक र कस्तो पोशाकले हाम्रो शरीरलाई प्रतिरक्षा गर्दछ र हामीलाई सभ्य र आदर्श देखाउँदछ ? त्यतारित लाग्न र जाग्न नितान्त जरुरी छ । खाने भनेको जिब्राको लागि होइन ।
किनभने हामीले खाने खानाको गाँस हाम्रो जिब्रामा केही क्षणका लागि मात्र रहन्छ तत्पश्चात जाने, बस्ने, र हरने भनेको हाम्रो उदर तथा पेटमा हो । तसर्थ जिब्राले तीतो माानेको कुरा शरीका लागि अति फाइदा हुन सक्छ ।
जिब्राले मीठो मानेका कुरा शरीरका लागि बेफाइदा हुन सक्छन अर्थात हरेक खाद्यपदार्थ जिब्राको स्वादका लागि मात्र मध्यनजर गरेर खाने र ग्रहण गर्ने ग¥यौँ भने त्यो हाम्रा लागि घातक हुनसक्छ । हरेक मीठो र स्वादिलो कुरामा हाम्रो शरीर अडेको छैन र चलेको छैन ।
त्यसैले हामीले जहिले पनि खाना आफ्नो जिब्रालाई नसोधौँ र नसम्झियौँ । आफ्नो देह, शरीर, रोग, पाचन शक्तिलगायत सम्पूर्ण फाइदा र बेफाइदा हेरेर खाने परिकार तयार पारौँ । त्यस्तै लगाउने पोशाक पनि दृश्यका लागि अर्थात् आँखाका लागि होइन ।
लगाउने भनेको शरीरको नाङ्गो ढाक्नु, आफ्नो शरीरको प्रतिरक्षा गर्नु, आफ्नो जीवनशैली प्रस्तुत गर्नु, आफ्नो ढाँचा र नक्कलको प्रदर्शन गर्नु र आफ्नो सोच र विचारको भाव प्रकट गर्नु हो ।
आँखाका लागि देखिने अत्यन्त सुन्दर र आकर्षक कपडाहरु आफ्नै शरीरका लागि घातक पनि हुन सक्छन् । आँखाका लागि राम्रा र सुन्दर नदेखिने कपडाहरु पनि जीवन र शरीरका लागि बरदान हुन सक्छन । कपडा लगाउनुको अर्थ नाङ्गो छोप्नु हो नकि नाङ्गो अझ नाङ्गो पार्नु होइन ।
हामीले सोच्छौँ कपडा लगाएपछि नाङ्गो ढाकिन्छ । तर यदि हामीले लगाएको कपडा विधि र नियमसंगत तरिकाले बनेको र निर्मित भएको छैन भने त्यस्तो कपडा लगाएता पनि हामी नाङ्गो र उदाङ्गो देखिन सक्छौँ ।
कपडा जस्तोसुकै लगाउँदैमा नाङ्गो ढाक्न र इज्जत ढाक्न खोज्नु भएको हो भने आजका नारीहरु यसतर्फ पनि सेचत बन्नुहोस् । आदरणीय महिला आमा, दिदीबहिनी तथा चेलीबेटीहरु हो !
तपाईले आफ्नो शरीर बाहिर लगाएको कपडा तपाईका लागि सबथोक कदापि होइन, तर तपाईले लगाएको कपडा भित्रको शरीर भने सबथोक हो । त्यसैले तपाईले लगाएको कपडाले तपाईको सबथोक शरीरको रक्षा गरेको छ वा छैन ?
हेर्नोस्, विचार्नोस् र जान्नोस् । तपाईको उद्देश्य के हो ? जनताको नजरमा कपडा लगाएको पनि देखाउने र नलगाएको पनि देखाउने हो की ? जनताको नजरमा कपडामात्र देखाउने शरीर नदेखाउने हो ? विकल्प रोज्नुहोस् र खोज्नोहोस् ।
हाम्रो यो तीज पर्व खाने र लाउनेका लागि बनेको बनाइएको र प्रचलनमा ल्याइएको कदापि होइन । जन्मेको पाँच महिनादेखि खान थालेको तपाई हाम्रा लागि एकदिन खानुमा कुन महत्वको कुरा भयो र ? त्यस्तै जन्मने वित्तिकै आफ्नो आमाको धोती तथा पेटीकोटको थाङ्ना ओढेर हुर्केको जातका लागि महङ्गा र असली कपडाको के भाउ भयो र ?
बाँच्दासम्म खाने हो र लाउने हो । यसको कुनै महिमा छैन । महिमा के हो भने तपाईले गरेको कर्मबाट तपाई, तपाईको परिवार, तपाईको छिमेक, तपाईको समाज, तपाईको क्षेत्र र तपाईको मुलुकमा कस्तो प्रकारको असर र प्रभाव पार्दछ ? हामी सबै शक्तिका पूजारी हौँ । शक्तिका लागि नै भक्ति गर्ने हो । यदि भक्ति गरेर पनि शक्ति प्राप्त हुँदैन भने त्यो भक्तिको अर्थ के भयो र ?
पछिल्लो समयमा तीज जसरी खाने र लाउनेको पोल्टामा पर्न थालेको छ, यो समग्र महिलाहरुको गल्ती, कमजोरी तथा धार्मिक दृष्टान्तको जानकारी नभएको अवस्था हो ।
यसरी समय बित्दै गयो भने भोलिका दिनमा महिला नै तीजमा दुई हात बाँधेर घर बस्नुपर्ने अवस्था आउन सक्छ । कुनै पनि पर्वलाई सर्व स्वीकार्य बनाउनको लागि त्यसका आधारभूत मूल्य र मान्यतालाई कुल्चनु हुन्न, बिर्सनु हुन्न र भुल्नु हुन्न ।
यो देखासिकीको पर्व होइन । यदि तपाईलाई यसबारेमा यथेष्ठ जानकारी छ भने तदनुकूल यो पर्व मनाउनोस् । यदि तपाईलाई यो पर्वका बारेमा कुनै पनि कुरा थाहा छैन भने पुगीसरीका हिसाबले मनग्य खाएर छपक्क लाएर यो पर्वमा हात नहाल्नुहोस् ।
हामीले कुनै पनि पर्वलाई संस्कृतिमय बनाउने हो तर विकृतिमय बनाउने कदापि होइन । धार्मिक आस्था र विश्वासमा चलेको परम्परागत यो तीज पर्वलाई अति सरल, अति सहज, सर्वस्वीकार्य, अति सभ्य र अति भव्य बनाउन सकिएन र बनाउन जानिएन भने हाम्रा नारीहरुको पहिचानसमेत ओझेलमा पर्नेछ र पर्वले पनि हामी हाम्रो धार्मिक मूल्य, मान्यतामा अडेका पर्वलाई जोगाउन सबै लागि परौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *