- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरखानेपानी सुरक्षा योजना

खानेपानी सुरक्षा योजना

- Advertisement -spot_img

देउखुरी, १३ जेठ । खानेपानी डिभिजन कार्यालय घोराहीको सहयोगमा खानेपानी सुरक्षा योजनासम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आइतबारदेखि लमहीमा शुरु भएको छ ।
लमही खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको समन्वयमा कार्यक्रम खानेपानीको कार्यक्षेत्र भित्रका टोल संस्थाका अगुवा र खानेपानी संस्थाका पदाधिकारीलाई लक्षित गरेर आयोजना गरिएको हो ।
जिल्ला खोपानी डिभिजन कार्यालय घोराहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेलले सरसफाई र खानेपानी योजनासँग सम्बन्धित विषयवस्तुमा रहेर प्रशिक्षण गरिने बताए । खानेपानी योजना र सरसफाई सम्बन्धी जानकारी संस्थाका पदाधिकारीलाई हुनुपर्ने बताउँदै सिकेको सिपलाई जस्ताको त्यस्तै व्यवहारमा उतार्न आग्रह गरे ।
लमही खानेपानी संस्थाका अध्यक्ष डण्डीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले लमही नगरक्षेत्रका नागरिकले स्वच्छ खानेपानी पिउन नपाएको भन्दै खानेपानी डिभिजन,
लमही खानेपानी र स्थानीय सरकारसँग सहकार्य गरेर स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताए । उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सनम पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here